Showing posts with label फरक. Show all posts
२७ साउन, पर्वत । छोरीहरुको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिन गएका बाबु नै हत्यारा रहेको खुलासा भएको छ । पर्वतको पिपलटारी गाविसबाट १३ दिन अघि बेपत्ता भएका नविना र नमूना तिवारीलाई उनीहरुकै बाबु कृष्णप्रसादले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । प्रहरीले शुक्रबार पर्वतमा पत्रकार सम्मेलन गरी बेपत्ता भनिएका नवीना र नमुना तिवारीलाई बाबु कृष्णप्रसादले ज्यूँदै खोलामा फालेको जानकारी दिएको हो ।
कृष्णप्रसादले आर्थिक अभावका कारण छोरीहरुको हत्या गरी आफूले पनि आत्महत्या गर्ने योजना बनाएको बयान दिएका छन् । १३ दिनअघि राती साढे एघार बजे दुई छोरीलाई मोदी खोलामा फालेको कृष्णप्रसादले प्रहरीसाग स्वीकारेका छन् ।
तिवारीले साउन १५ गते १ लाख रुपैया फिरौतीको माग गर्दै छोरीहरुको अपहरण भएको भनी प्रहरीमा जाहेरी दिएका थिए । मृतक बालिकाकी आमा कामको सिलसिलामा इजरायलमा हुनुहुन्छ ।
अपहरण काण्ड रहस्यमय भएको भन्दै प्रहरीले पहिलेदेखि नै बाबु कृष्णप्रसादलाई निगरानी राखेको थियो ।

दीपेन्द्र बडुवाल
भरतपुर, श्रावण २६ -
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक महिलाको घाँटीको 'थाइराइड' क्यान्सरको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले पाठेघर नै झिकेर फयाँकिदिएका छन् ।
नाक, कान र घाँटी -ईएनटी) रोगअन्तर्गत शल्यक्रियाका लागि भर्ना भएकी बिरामीको चिकित्सक जितेन्द्र परियारले चरम लापरबाहीपूर्वक बिहीबार बिहान पाठेघर झिकिदिएका हुन् ।
रूपन्देही शंकरनगर-३ की छमकुमारी बोहराको स्त्रीरोग विशेषज्ञ परियार लगायतको टोलीले गलत शल्यक्रिया गरेको अस्पतालले पुष्टि गरेको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ अनीलविक्रम कार्कीले बिहीबार बिहान मेसिन बिग्रेको जनाउँदै बिरामीका आफन्तलाई शल्यक्रिया सरेको जानकारी गराएका थिए ।
उनले आउँदो आइतबार बिरामीलाई अस्पताल ल्याएर भर्ना गरेपछि मंगलबार शल्यक्रिया गर्ने भन्दै घर जान भनेका थिए । 'बिरामीलाई घर लाने तयारी गरेर आयौं,' बिरामीका काका पूर्णबहादुर खत्रीले भने, 'एक्कासि अपे्रसन सकेर निकालेको देखेपछि झस्क्यौं ।' उनले घाँटीको भाग खुला देखेपछि बिरामीको पेट हेर्दा चिरिएको बताए । गलत शल्यक्रिया भएको भन्दै आपत्ति जनाएपछि चिकित्सकले 'गल्ती भएकालेे 'थाइराइड'को पनि उपचार गरिदिने' आश्वासन दिएर थामथुम पार्न खोजेका थिए ।
नन्द धनकुमारी खत्रीका अनुसार छमकुमारीको २ महिनाअघि एउटा थाइराइडको शल्यक्रिया भएको
थियो । 'अर्को थाइराइड फ्याँक्नुपर्ने भनेकाले ल्यायौं,' चरम लापरबाही भएकोमा आक्रोश पोख्दै उनले भनिन्, 'एकतिर घर लैजाऊ भन्ने, अर्कोतर्फ जानकारीसम्म नदिई शल्यक्रिया गर्न लगेर पाठेघर फालिदिन मिल्छ ?'
'मेजर अपे्रसन' गर्नुपर्ने भन्दै चिकित्सकले बोलाएकाले आफन्त बिरामी लिएर बुधबार आएका थिए । उनको बिहान ८ बजे देखि १२ बजेसम्म शल्यक्रिया चलेको थियो । अपराह्न लापरबाहीको अनुसन्धान गर्न अस्पताल प्रशासनले निमित्त कार्यकारी निर्देशक डा. भोलाप्रसाद रौनियारकोे संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा विभिन्न विभागीय प्रमुख र वरिष्ठ चिकित्सक छन् ।
पत्रकार भेटमा समितिका प्रवक्ता एवं ईएनटी विभाग प्रमुख डा. डेज गौतमले घाँटीको 'थाइराइड' क्यान्सरको शल्यक्रिया हुनपर्नेमा चिकित्सकले लापरबाही गर्दा पाठेघरको शल्यक्रिया हुन पुगेको स्विकारे । अस्पतालका अनुसार
अर्की बिरामी केशमाया गुरुङको पाठेघरको शल्यक्रिया गर्नुपर्ने थियो । उनको ठाउँमा 'भुलवश' छमकुमारीको शल्यक्रिया गरिएको
हो । 'गाइनोको टिमले शल्यक्रिया गरेको हो,' उनले भने, 'गल्तीले यस्तो भयोे ।'
गौतमका अनुसार बिरामीलाई 'अप्रेसन थिएटर'मा लग्नुअघि नर्सलाई जिम्मा लगाइन्छ । रोगअनुसार शल्यक्रिया कक्ष्ामा लगिन्छ । 'कमन रुममा' लगेर बिरामीसँग समस्याबारे सोधिन्छ । शल्यक्रियाअघि बिरामीका आफन्तले सहमति जनाउनुपर्ने हुन्छ ।
'अस्पतालको गल्ती हो,' स्त्री रोग विभाग प्रमुख विनिमा श्रेष्ठले भनिन्, 'युनिटको गल्ती होइन ।' सामूहिक समस्या भएकाले समितिले छानबिन गर्ने बताइन् । निमित्त निर्देशक रौनियारले शल्यक्रियाअघि विभिन्न चरणमा 'चेकिङ' हुने बताए । चिकित्सकको गल्ती भएकोमा लुकाउनुपर्ने केही नभएको उनले बताए । बिरामीको अवस्था स्थिर रहेको बताउँदै उनले भने, 'बाँकी उपचार गर्छौं ।' ३२ वषर्ीया छमकुमारीका श्रीमान्को निधन भइसकेको छ । उनकी १४ वषर्ीया छोरी छिन् ।
kantipur
बर्दिवास, वैशाख २६- साढे दुई वर्षको एक बालकको बाबु आफै भएको दाबी दुई पुरुषले गरेपछि अन्यौल भएको छ। चन्दन साह नामका बालकलाई जिल्लाको पडौल-३ का रामबाबु साह र धनुषा सपही-९ का सञ्जीव साहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको छलफलमा आआफ्नो छोरा भएको दाबी गरेका हुन्।
सपही-९ का सञ्जीवले आफ्नी पत्नी रीनादेवी र छोरा चन्दनलाई पडौल-३ का रामबाबुले भगाएर बेपत्ता बनाएको उजुरी दिएका आधारमा जिप्रका महोत्तरीले हिजो दुवैथरिलाई कार्यालयमा भेला गराउँदा यस्तो दाबी आएको प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले जानकारी दिए।
सञ्जीवले आफ्नी पत्नी र छोरालाई चार महिनाअघि रामबाबुले भगाएको आरोप लगाए पनि रामबाबु र रीनाले भने चार वर्षअघि नै आफूहरुले राजीखुसी बिहे गरेको बताएका छन्।
रीनाले रामबाबुसँगको सम्बन्धबाट छोरा चन्दन जन्मेको बताएकी छिन् भने सञ्जीवले आफ्नी पूर्वपत्नी रीनाले गलत बयान दिएर आफ्नो सन्तान अरुलाई सुम्पिन खोजेकी आरोप लगाएको जिप्रका महोत्तरीले जनाएको छ।
नौ वर्षअघि सञ्जीवसँग बाबुआमाले बिहे गरिदिए पनि आफूले चारवर्षअघि नै उनलाई छाडेर रामबाबुसँग बिहे गरेपछि चन्दन जन्मेको रीनाको भनाइमा रामबाबुले समर्थन जनाएका छन्।
एउटा अबोध बालकमा दुईजनाले आफू बाबु भएको दाबी गरेपछि दुवैको डिएनए र बालकको डीएनए परीक्षण गराई अदालती प्रक्रियाबाट नाता छिन्न सुझाव दिइएको प्रनाउ यादवले बताए।
आफ्नो छोरा भएको दाबी गर्ने सञ्जीवले चन्दनको जन्मटिप्पणी र आफू रीना तथा चन्दनसँगै भएको फोटो प्रमाणका रुपमा पेस गरेका छन्। तर रीनाले ती दुवै प्रमाण गलत भएको बताएकी छिन्।
एउटा बालकमाथि दुई पुरुषको दाबीको कुरा जिल्लामा नौलो भए पनि जिप्रका महोत्तरीले भने दुई वर्षअघि यस्तै विवाद डिएनए परीक्षणबाट छिनोफानो भएको जनाएको छ। -गोपालप्रसाद बराल/ रासस

हङकङ, वैशाख - ड्रागन एयरकी प्रमुख एयर होस्टेस अरुणा गुरुङलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले ‘कस्टमर सर्भिस एक्सिलेन्स अवार्ड' ले सम्मान गरेको छ। गतवर्ष बेइजिङबाट हङकङ आउने क्रममा खराब मौसमको कारण विमानलाई धैर्यतासाथ मकाउमा आपतकालील अवतरण गराई चालक दलसहित तीन सय यात्रुको जीवन बचाएको सम्मान स्वरुप गुरुङ सहितको टिमलाई अवार्ड दिइएको हो।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा मंगलबार आयोजना गरिएको ‘कस्टमर सर्भिस एक्सिलेन्स प्रोग्राम' मा विमानस्थलका प्रमुख कार्यकारी अधिकृत स्ट्यानले हुइ ९क्तबलभिथ ज्गष् ज्यल(अजगलन० ले गुरुङसहित चालक दलका सदस्यहरूलाई ‘टिम अवार्ड' ले सम्मान गरे। २२ वर्षअघि ड्रागनमा एयर होस्टेसको काम पाएपछि रोजगार भिसामा हङकङ आएकी गोर्खा सैनिक परिवारकी गुरुङ छ वर्षदेखि ‘इनफ्लाइट सर्भिस मेनेजर' को रुपमा कार्यरत छिन्। चालक दल सहित १५ सदस्यीय टिमको इन्चार्ज रहेकी गुरुङले धैर्यतासाथ यात्रुलाई विश्वासमा लिएर आपतकालीन अवतरण सहज बनाएको बताइएको छ।
यो सम्मान आफ्नो २२ वर्षे व्यावसायिक जीवनकै खुसीको क्षण भएको अरुणाले बताइन्। "हङकङमा बस्न नसकेको जहाज मकाउमा अवतरण गराएर चालक दलका सदस्य सहित तीन सय यात्रु सुरक्षित घर फर्किँदा निकै खुसी लागेको थियो", आफ्नो पेशागत जीवनको सबभन्दा अविस्मरणीय घटना सम्झँदै गुरुङले भनिन्, "अहिले अवार्ड पाउँदा अकल्पनीय घटनाले प्रेरणा र अवसर पनि सिर्जना गर्दोरहेछ भन्ने लाग्यो।"
समारोहमा तीन वटा टिम, तीन जना विमानस्थल कर्मचारी र तीन वटा कम्पनी गरी नौ अवार्ड प्रदान गरियो। तीन सय आवेदनमध्येबाट अवार्डका लागि उत्कृट टिम छनोट गरिएको बताइएको छ। कार्यक्रममा कार्यकारी प्रमुख हुइले उत्कृष्ट दक्षता प्रदर्शन गरी अवार्ड पाउने कर्मचारीहरूलाई बधाई दिँदै ‘विमानस्थलको विश्व स्तरको सेवालाई अझ् राम्रो बनाउनका लागि मिहिनेत गर्न' कर्मचारीलाई आग्रह गरे।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले दुई साताअघि मात्र एयरपोर्ट काउन्सिल इन्टरनेशनल वर्ल्डबाट विश्वकै उत्कृष्ट विमानस्थलको अवार्ड पाएको थियो। दैनिक एक लाख ४० हजार यात्रुलाई सेवा दिँदै आएको विमानस्थ सुरक्षा, सरसफाई र सुविधाको हिसावले विश्वकै उत्कृष्ट ठहरिएको हो।चीनका २३ वटा शहर सहित पूर्वी र दक्षिण एसियाली शहरमा उडान गर्ने ड्रागन एयर क्याथे प्यासेफिकको सिस्टर एयरलाइन्स हो। यसले हङकङ-काठमाडौँ सातामा छ वटा उडान गर्दै आएको छ। एक हजार छ सय एयर होस्टेस रहेको ड्रागनमा गुरुङलाई पछ्याउँदै अर्की एक जना नेपाली पनि काम गर्दैछिन्। साभार : इ कान्तिपुर

स्मृति ढुंगाना, काठमाडौं, वैशाख ६- सुटिङमा अभिनय गर्दा निर्देशकको ‘कट'मा रोकिने कलाकारहरू सुटिङबाहिर भने आफै ‘कट' गर्न थालेका छन्। फिल्मको ‘कट' मुखले बोलेर गरिन्छ भने गैरफिल्मी ठाउँमा कलाकारले गर्ने ‘कट'मा कैंची अनिवार्य छ।
ब्युटी पार्लर, रेस्टुरेन्ट, स्कुल/कलेज र पसलको उदघाटनमा रिबन काट्ने फिल्म कलाकारको संख्या पहिलेभन्दा बढेको छ। पारिश्रमिक नपाउँदा सुटिङ रोक्नेसम्म अधिकार राख्ने कलाकारहरू कैंची चलाउन भने उदार छन्। उनीहरू निःशुल्क हाजिर हुन्छन्।
कैंची चलाउने मामिलामा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरदेखि भर्खरै स्थापित कलाकारसमेत उत्तिकै सक्रिय देखिन्छन्। आफ्नो उपस्थितिले नयाँ कामको सुरुवात गर्नेलाई हौसला पुग्ने ठानेर सित्तैमा जाने गरेको बताउँछिन् करिश्मा। ‘ठूला संस्थादेखि साना पसलको निःशुल्क उद्घाटन गरेकी छु। अचेल यस्तो काममा धेरै निम्ता आउन थालेको छ,' उनी भन्छिन्।
निम्तो बाक्लिन थालेपछि पारिश्रमिक लिएरमात्र कैंची चलाउने सोचमा पुगेको उनी बताउँछिन्। यो काम ‘करिश्मा फाउन्डेसन' मार्फत् हुने उनले जानकारी दिइन्। ‘अब भने मलाई रिबन कटाउनेले पैसाको व्यवस्था गर्नुपर्छ,' कति पैसा लिने भन्ने कुरा कार्यक्रमको प्रवृत्तिमा भरपर्ने उनले जनाइन्। सामाजिक हितका कार्यक्रममा भने पैसा नमाग्ने उनको प्रण छ।
उद्घाटन कार्यक्रमको निम्ता आए पनि आफू नजाने गरेको अभिनेत्री रेखा थापा बताउँछिन्। अहिलेसम्म आफूले तीनवटा कार्यक्रममा रिबन काटेको उनलाई सम्झना छ। यस्ता कार्यक्रममा निःशुल्क सहभागी हुनु हुँदैन भन्ने उनको मान्यता हो। ‘कसैले बोलाउँछ भने पक्कै पनि पैसाको कुरा हुनुपर्छ। ६० हजारदेखि एक लाखसम्म माग्छु म,' यति पैसा तिरेर आफूलाई कार्यक्रम उद्घाटन गराउने मान्छे भने रेखाले पाएकी छैनन्। बरु पैसा दिने शर्तमा बोलाएर रित्तो हात फर्काएको अनुभव छ उनीसँग।
नजिकका साथीभाइको निम्तोमा करिब चारवटा कार्यक्रमको उद्घाटन गरेकी छिन् अभिनेत्री नन्दिता केसीले। तर, यस्ता कार्यक्रमबाट न उनले पैसाको अपेक्षा गरेकी छिन् न त कसैले दिएका नै छन्। पुराना कलाकारले ‘ट्रेन्ड' बिगारेकाले नयाँलाई समस्या परेको उनी गुनासो गर्छिन्। ‘सिनियर कलाकार सित्तैमा उपस्थित हुन्छन्। हामीले पैसा माग्दा नराम्रो भइन्छ,' नन्दिताको पीडा छ।
यस्तो काम निःशुल्क गर्न नहुने बताउँछन् अभिनेता राजवल्लभ कोइराला पनि। तर, उनले पनि अहिलेसम्म यस्तो सेवा निःशुल्क दिँदै आएका छन्। ‘अब त कार्यक्रम हेरेर पैसाको माग गर्छु,' उनी भन्छन्, ‘कम्तिमा एक घन्टाको १० हजार त लिनै पर्ला नि।'
मिस नेपाल भएपछि सुगरिका केसीको हातबाट धेरैले रिबन कटाए। उनलाई यस्तो कामबाट पैसा पाइन्छ भन्ने हेक्का नै भएन। ‘खोइ, यसबारे कसैलाई पनि थाहा छैन जस्तो छ। माग्न पनि समस्या नै हुन्छ होला,' उनी भन्छिन्। पैसा नदिए पनि उपहार र सहुलियत पाउनुपर्ने उनको धारणा छ। विदेशतिर सेलिब्रेटीको रेटिङ हुने भएकोले यो ठूलो कुरा भए पनि नेपालमा यसको अभ्यास नै सुरु हुन नसकेको देख्छिन् उनी। ‘एउटा कार्यक्रमबाट कम्तीमा ४० हजार त पाउनै पर्ने हो,' सुगरिकाले तोकिन्।
शौचालय बाहेक सबैथरी कार्यक्रमको उद्घाटनमा पुगेको बताउँछन् हास्यकलाकार दीपकराज गिरी। तर, कतैबाट पैसा नपाएको उनले बताए। स्कुलका कार्यक्रममा भने उनले पैसा लिन थालेका छन्। ‘यस्ता कार्यक्रमको पैसा सडक बालबालिकाको नाममा खोलिदिएको खातामा जान्छ,' उनले ५० हजारभन्दा बढी रकम लिने गरेको समेत बताए। उनी नेपाली कलाकारले रकम लिएर मात्र उद्घाटन गर्ने पारम्परा सुरु गर्नुपर्नेमा जोड दिन्छन्। पछिल्लो समयमा पैसाको कुरा गर्न थालेपछि आयोजकलाई आफूलाई रिबन काट्ने निम्तो दिन छाडेको अनुभव अभिनेत्री ऋचा घिमिरेको छ। ‘सबै कलाकार एकमत भए कसैले पनि निःशुल्क काम लगाउँदैनन्,' उनले सुझाइन्। उनी पनि कार्यक्रम हेरी न्यूनतम २० हजार रुपैयाँ पाउनुपर्ने बताउँछिन्।
रिबन काटेको कति?
(नाफामुखी कम्पनी वा कार्यक्रमको उदघाटन गरेबापत कलाकारहरूले अपेक्षा गरेको शुल्क)
कलाकार न्यूनतम/पारिश्रमिक
करिश्मा मानन्धर कार्यक्रम अनुसार
रेखा थापा ६० हजार
राजवल्लभ प्रति घन्टा १० हजार
दीपकराज गिरी ५० हजार
ऋचा घिमिरे २० हजार
नन्दिता केसी कार्यक्रम अनुसार
सुगरिका केसी ५० हजार
साभार : नागरिक न्यूज

कायरो (एजेन्सीहरू),
वैशाख १ - आन्दोलनबाट अपदस्थ इजिप्टका पूर्वशासक होस्नी मुबारकलाई अस्पतालमै नियन्त्रणमा लिइएको छ । मुटुको समस्याले अघिल्लो दिन अस्पताल भर्ना भएका उनलाई मुद्दा अधिकारीले १५ दिनका लागि पक्राउ आदेश दिएका छन् । भ्रष्टाचार र आन्दोलनमा अधिकार दुरुपयोगको अभियोगमा अनुसन्धानका क्रममा ८२ वर्षीय मुबारकसहित उनका छोराहरू अला र गमाललाई प्रहरीले गिरफ्तार गरेको हो । गत फेब्रुअरीको व्यापक आन्दोलनपछि मुबारकको ३० वर्षे शासन ढलेको थियो । तर, उनलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै राजधानी कायरोमा सर्वसाधारणले प्रदर्शन जारी राखेका थिए ।
सरकारका अनुसार आन्दोलनमा ३ सय ६० जना मारिएका थिए । तर अधिकारवादी समूहहरूले भने ८ सयको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । मुबारक परिवारको सम्पत्तिबारे स्पष्ट तथ्यांक नभए पनि एक अर्बदेखि ७० अर्ब डलरसम्म हुन सक्ने अनुमान छ । भ्रष्टाचार गरी उनले सम्पत्ति थुपारेको विपक्षीले आरोप लगाएका छन् । संवाददाताहरूका अनुसार स्वास्थ्य समस्याले उनमाथि कारबाही रोकिन सक्ने आशंका सर्वसाधारणको छ ।
सत्ता छाडेदेखि नै मुबारक रेड सी रिसोर्टमा बस्दै आएका छन् । उनका छोराहरूलाई तोराह कारागारमा राखिएको छ, जहाँ पूर्वप्रधानमन्त्री, सत्तारूढ पार्टीका प्रमुखलगायतलाई भ्रष्टाचार अभियोगमा राखिएको थियो । उनका दुवै छोरा पक्राउ गर्न माग गर्दै मंगलबार पनि कायरोमा करिब २ हजार सर्वसाधारणले प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा गमाललाई मुबारकले सत्ता सुम्पिने अनुमान गरिएको थियो ।
मुबारक, उनका पत्नी र छोराहरूमाथि मुलुकबाहिर जान मुबारकको पतनपछि सरकार सञ्चालन गरिरहेको सैन्य अधिकारीले रोक लगाएका छन् । उनको परिवारको सम्पत्ति फ्रिज गरिएको छ । ट्युनिसियाबाट सुरु आन्दोलनको लहर इजिप्ट हुँदै उत्तर अफ्रिका र मध्यपूर्वमा फैलिएको छ । साभार : इ कान्तिपुर

इटहरी साउन २०- इटहरीस्थित राजमार्गछेउछाउ तथा बसपार्कमा खुलेका होटल–रेष्टुरेण्ट एवम् क्याबिन रेष्टुरेण्टहरुमा छापा मार्ने क्रममा इप्रकाबाट खटिएका प्रहरीले नै युवतीहरुको अश्लील भिडियो खिचेको पाइएको छ । प्रहरीले खिचेको भिडियो बाहिर जाने डरले युवतीहरु त्रसित छन् । इटहरीको बसपार्क तथा पश्चिम लाइन क्षेत्रमा सञ्चालित क्याबिन रेष्टुरेण्टहरुमा १० जनालाई आपत्तिजनक अवस्थामा पक्राउ गर्ने क्रममा खिचिएको आपत्तिजनक भिडियो र नग्न तस्विर प्रहरीका मोबाइलमा पाइन थालेको छ । अधिवक्ता केदार भण्डारीले कसैको अश्लील भिडियो र तस्विर खिच्न नपाइने बताए ।
इटहरीको आमा समूहले आफ्ना बालबच्चा र श्रीमान्हरुलाई समेत बिगार्ने कार्य भइरहेको भन्दै केही समयदेखि अवैध यौन गतिविधिको निगरानी र नियन्त्रण अभियान चालिरहेको अवस्थामा इटहरी प्रहरीले बुधबार त्यस क्षेत्रका होटलमा छापा मारेको थियो । छापा मार्ने क्रममा केही प्रहरीले भिडियो र तस्विर खिचेको बताइएको छ । प्रयास महिला समूह, सुनसरीकी अध्यक्ष प्रीती सुब्बाले तस्विर तथा भिडियो खिचेर चरित्र हत्या गर्ने नपाइने जनाइन् । महिलाहरुको अस्तित्वमा नै धक्का पुग्ने भएकोले यस्तो कार्य गर्न नमिल्ने उनको धारणा छ । प्रहरीले बुधबार छ युवतीसहित चार पुरुषलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही चलाएको छ । युवतीमध्ये अधिकांशले आफूहरु आफ्नै खुशीले यो पेशामा संलग्न भएको बताएका छन् भने केहीले भने बाध्यताबश पेशामा आउनु परेको बताएका छन् । यो पेशामा अधिकांश महिला ग्रामीण क्षेत्रबाट आउने गरेको र तीमध्ये अधिकांशका श्रीमान् विदेशिएको तथ्य फेला परेको छ । इप्रकाका इन्स्पेक्टर महेन्द्र श्रेष्ठले भिडियो र तस्विर खिच्ने साधन आफूहरुसँग नभएको बताए । व्लाष्ट