आज

Showing posts with label मनोरञ्जन. Show all posts

नायिका नायिका रेजिना उप्रेती चलचित्र क्षेत्रमा आएको लामो समय भैसकेको छ । तर, भर्खरै मात्र चलचित्र क्षेत्रमा आएकी नव नायिका रागीनी खड्गी उनी भन्दा अगाडि देखिएकी छिन् । तर, यि दुईको प्रतिस्पर्धा चलचित्रमा अभिनयका हिसावले होईन, चलचित्र प्रर्दशनको हिसावले हो ।

नेपाली चलचित्र क्षेत्रका लागि नया निर्मात्री कविता श्रेष्ठले एकैसाथ दुई चलचित्र निर्माण गरेकी थिईन् । उनले चलचित्र ‘वरदान’ छायांकन सकेर ‘प्लान’ निर्माण गरेकी थिईन् । चलचित्र वरदान नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा निर्माण भएको चलचित्र हो ।




यी दुवै चलचित्रलाई निर्देशक शोभित वस्नेतले निर्देशन गरेका हुन् । तर, वरदानको छायांकन सकेर प्लानको छायांकन सुरु गरेपनि प्रर्दशनको हिसावले प्लान अगाडि आउने भएको छ । चलचित्र वरदानमा नायिका रेजिना उप्रेतीको मुख्य भूमिका रहेको छ भने वरदानमा रागिनीले पहिलो पटक अभिनय गरेकी छिन् ।

चलचित्र प्लानलाई मंसिर पहिलो सातावाट प्रर्दशनमा ल्याउने तयारी गरेको छ, निर्माणपक्षले । तर, चलचित्र वरदानको वारेमा भने अत्तोपत्तो छैन । चलचित्र वरदान भन्दा प्लान अगाडि प्रर्दशनको तयारी गर्नु आफैमा पनि अर्थपूर्ण विषय छ । चलचित्र वरदानको छायांकनको अन्तिम दिन शोभित र रेजिना विच वादबिवाद भएको थियो । यसपश्चात यी दुईवीच खासै राम्रो सम्वन्ध नरहेको चर्चा वजारमा नचलेका होईनन् । तर, जे भएपनि निर्माणपक्षले वरदान भन्दा प्लानलाई प्राथमिकता दिनुको पछाडि केही रहस्य पक्कै लुकेको हुनसक्छ ।



नायिका सञ्चीता लुइटेल यतिखेर छुट्टै पारिवारिक सुखको अनुभव गरिरहेकी छिन् । नायक निखिल उप्रेतीसँग विहे गरी पहिलोपटक आमा वन्ने तयारीमा रहेकी उनी ९ महिनाकी गर्भपति छिन् ।

नर्भिक अस्पतालकी प्रसति विशेषज्ञ डा. ज्याति अग्रवाल आगामी भदौ ४ गतेका लागी डेलिभरी डेट पाएकी सञ्चितालाई पनि थाहा छैन ,उनको गर्भभित्र छोरा या छोरी रु तर पनि उनी पहिलोपटक आमा वन्न पाउदा एक्साईटेड छिन् । छोरा छ कि छोरी छ थाहा छैन पहिलो पटक भएकाले जे भएपनि ठिकै छ, माईतमा वसेर डेलिभरी डेट कुरीरहेकी सञ्चीताले भनिन् । त्यसो त निखिलले उप्रेती पनि सञ्चिताले छोरा वा छोरी कसलाई जन्म दिदै छिन् भन्ने खुलदली लागेछ ।

उहाँले पनि मलाई मुम्बईवाट फोन गरेर सोध्नुहुन्थ्यो, उहाँलाई पनि मलाई जस्तै हाम्रो पहिलो सन्तान छोरा वा छोरी जे भएपनि फारक पर्दैन सञ्चिताले सुनाईन । सञ्चिता दुई सन्तानकी आमा वन्न चाहानछिन् । अफकोर्श म अर्को पनि वच्चा जन्माउन चाहान्छु, सञ्चिताले मुस्कुराईन , फेमिलीको हिसाबले पनि दुई सन्तान त चाहिन्छ । सवै जान त्यसै भन्नु हुन्छ । छोरा छोरी जे जन्मेपनि सञ्चिता र निखिलले आफ्नो सन्तानको नाम के राख्ने भन्ने चाँही अहिलेसमम सोचेका छैनन् ।

onlinekhabar

नयाँ फिल्म ‘ब्रेक फेल’ तीन महिनामै तयार गरेपछि नायिक ऋचा घिमिरे खुशी छिन् । अघिल्लो फिल्म तुलसीको निर्माणलाई थाती राखेर ऋचाले गत बैशाखमा ब्रेक फेलको निमार्ण सुरु गरेकी थिइन् ।

ऋचालाई यतिबेला भ्याइ नभ्याइ छ । साउन महिनाभित्र निर्माणको सबै काम सकेर भदौबाट देशब्यापी पर्दशनमा आउने उनले जानकारी दिएकी छिन् । भदौबाटै उनको फिल्म लाग्छ लाग्दैन त्यो त समयले नै बताउला ।


ऋचाका अनुसार सो चलचित्र काठमाडौंदेखि सूदूरपश्चिमसम्मका चरित्रलाई समेटिएको छ । ब्रेक फेलको ५० प्रतिसत छायाँकन सूदूरपश्चिमसम्म मै गरिएको छ । यो फिल्मले दर्शकलाई निकै हँसाउने ऋचाले बताइन् ।

यो चलचित्रको छायाँकन उनका पति शंकर घिमिरेले गरेका छन् भने ऋचाका साथमा मनोज कुमार घिमिरे, शिवहरी कार्की लगायतले अभिनय गरेका छन् ।


बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ १६, बिहिवार, नेपाल कलाकार संघको सहयोगार्थ चलचित्र पलको च्यारिटी शो गरिने भएको छ । बिहिबार साँझ ५ बजे चावहिल स्थित गोपिकृष्ण हलमा पलको च्यारिटी शो गर्न लागिएको हो । कलाकार संघको कोष बृद्धिका लागि गर्न लागिएको च्यारिटी शोमा ३००, ५०० र १००० को टिकट राखिएको छ ।

कसैलाई पनि टिकट अनिवार्य नगरिएको बताउदै निर्देशक रमेश बुढाथोकीले आफ्नै संघको कोष बृद्धिका लागी च्यारिटी शो गर्न लागिएकोले सबै कलाकारलाई चलचित्र हेरिदिन आग्ह गरेका छन् । साथै उनले कलाकार संघलाई सहयोग पुर्‍याउने उद्धेश्यले चलचित्र पलको च्यारिटीमा उपस्थित भै दिन सबै चलचित्रकर्मीलाई अनुरोध गरेका छन् ।

यता नेपाल जेसिसले चलचित्र पलको च्यारिटी देशभर गर्दै छ । जेसिसले अहिलेसम्म देशका २० भन्दा बढी स्थानमा चलचित्र पलको च्यारिटी गरीसकेको निर्देशक रमेश बुढाथोकीले जानकारी दिए । च्यारिटी शो गरेर उठेको पैसाको ६० प्रतिशत स्थानीय स्तरमा जेसिसले नै खर्च गरीरहेको समेत निर्देशक बुढाथोकीको भनाई छ ।

गोपीकृष्ण मुभिज र बुद्धमाया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र पलमा राजबल्लभ कोइराला, निशा अधिकारी, तृप्ती नाडकर, रमेश बुढाथोकी, धिरेन शाक्य, अनुप बराल, नीर शाह, बसुन्धरा भुषाल, महादेव त्रिपाठी, दिनेश डिसी, लय संगौला लगायतका कलाकारको साथमा अभिनेत्री करिष्मा मानन्धरको पनि बिशेष भुमिका रहेको छ । न्ह्यू बज्राचार्यको संगीत, किरण खरेलको गीत, राजु थापाको छायाँकन तथा रजनी पन्तको सम्पादन रहेको सो चलचित्रलाई राजु केसी, सुशिला शाक्य, चन्द्रमा राजकर्णिकार र उज्ज्वल पौडेलले निर्माण गरेका हुन् भने चलचित्रको प्रस्तुतकर्ता र लेखक कर्ण शाक्य हुन् । - फिल्मीखबर
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ १२, आईतवार - चलचित्र बितरक संस्था डिजिटल सिनेमा नेपाल (डिसिएन) ले अब चलचित्रको बितरण नगर्ने भएको छ । चलचित्र बितरणमा लगातार घाटा सहनु परे पछि डिसिएनले यस्तो निर्णय गरेको हो । पछिल्लो समय डिसिएनले स्तरिय चलचित्र बितरण गर्न नसकेका कारण लगातार चलचित्र बितरणमा घाटा सहदै आएको छ । पछिल्लो समय चलचित्र छनौट गर्दा एउटा मापदण्ड तयार गरेर मात्र छनौट गर्नुपर्ने माग डिसिएनका सदस्यहरूले गरेका थिए । तर डिसिएन ब्यवस्थापकले त्यसो गर्न नसक्दा अब बितरण नै नगर्ने भएको हो ।

खास गरी पछिल्लो समय महाप्रबन्धक अशोक शर्माले आफ्नो मन परि चलचित्र छनौट गरेको भन्दै अन्य सदस्यहरुले आपत्ति जनाएका थिए । उनिहरुले राम्रा चलचित्रलाई भन्दा पनि अशोकले आफ्ना मान्छेका चलचित्रलाई प्राथमिकतामा राखेको बताएका छन् । त्यसपछि डिसिएनले चलचित्र छनौटका लागी एउटा समिती तयार पारे पनि अशोक शर्माले नै त्यो समिति बिघटन गरेको समेत नाम नखुलाउने शर्तमा डिसिएनका एक सदस्यले बताए । उज्वल घिमिरे, छबि ओझा, बिरेन्द्र नारायण श्रेष्ठ लगायतलाई चलचित्र छनौट समितीमा राखि समिति बनाए पनि अशोकले नै त्यो समिति भङ गरेको उनको भनाइ छ ।

डिसिएनको ब्यवस्थापन पक्षले अशोकलाई केही गर्न नसके पछि घाटा सहनु भन्दा बितरण नै नगर्ने भन्दै यस्तो निर्णय लिएको बुझिएको छ । डिसिएनले गरेको यो निर्णयबाट डिसिएनका केही सदस्यहरू भने मर्कामा परेको बताएका छन् । उनिहरुले आफु डिसिएनले चलचित्र पठाइदिन्छ भनेर बस्ने गरेको तर डिसिएनले बितरण नगर्ने भए पछि हलमा चलाउनका लागी चलचित्र खोज्न भौतारिनु परेको बताएका छन् ।

यता डिसियनका महाप्रबन्धक रहेका अशोक शर्माले भने आफू माथि लागेको आरोपलाई स्विकार्दैनन् । आफू माथी लागेको आरोप सत प्रतिशत झुठो रहेको भन्दै अशोक भन्छन्, 'अहिले डिसियनको हातमा २२ वटा चलचित्र रिलिज गर्न बाँकी छ । एक बर्ष सम्मका लागि चलचित्र रिलिज गर्न पुग्ने भएकाले केहि समयका लागी मात्र डिस्ट्रिव्युसन रोकेका हौं ।' निश्चित समयका लागि डिस्ट्रिव्युसन रोकेको बताउँदै अशोक थप्छन्, 'अहिले डिसियनमा पैसा पनि फ्रिज भएको छ जसले गर्दा डिस्ट्रिव्युसन रोक्नु परेको हो । तर हामी एक बर्ष पछि पुन: डिस्ट्रिव्युसन गर्छौं ।' साभार : फिल्मीखबर
काठमाडौ, अषाढ ९ - 'किन मायामा' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दार्जिलिङका समीर प्रधान निर्मित फिल्म उपत्यकाका कम्तीमा ८ र बाहिरका २५ हलमा रिलिज हुनेछ । बुधबार फिल्मको गीति एल्बम विमोचनसँगै राखिएको पत्रकार सम्मेलनमा सहभागी हुन दार्जिलिङबाटै फिल्म निर्देशक चुनीलाल घिमिरे हतारहतार काठमाडौं आइपुगेका छन् ।

निर्देशक यसरी हतारिनुमा फिल्मका नायक कारक देखिएका छन् । 'किन मायामा' का नायक प्रशान्त तामाङ नै अभिनीत फिल्म 'अँगालो यो मायाको' पनि शुक्रबारै सार्वजनिक हँदै छ । प्रशान्त गत साता मात्रै राजधानी आएर 'अँगालो यो मायाको' को प्रमोसनमा जुटे पनि 'किन मायामा' को बुधबारे कार्यक्रममा भने अनुपस्थित रहे ।

गत वर्ष सबैभन्दा बढी व्यापार गर्न सफल 'गोर्खापल्टन' का नायक प्रशान्तको दोस्रो दरिने होडमा लागेका दुवै फिल्मले प्रदर्शनको मिति पनि जुधाएपछि प्रतिस्पर्धा चर्किएको हो । 'हामीले होइन, उहाँहरूले नै जुधाउनुभएको हो,' 'किन मायामा' को वितरक सुनील मानन्धरले रोष व्यक्त गरे, 'हामीले यसलाई काठमाडौंमा रिलिज हुने (प्रशान्तको) दोस्रो फिल्म बनाउनेबारे पहिले नै भनिसकेका थियौं ।'

'अँगालो यो मायाको' ले नयाँ वर्षकै दिन सिक्किमको गान्तोकमा पि्रमियर सो गरेर दोस्रो हुने होडमा पहिलो भए पनि प्रशान्तको ठूलो बजारका रूपमा हेरिने नेपालमा भने 'किन मायामा' बाजी मार्ने सुरमा थियो । तर 'अँगालो यो मायाको' त्यही दिन रिलिज हुने मात्रै भएन, निर्माण पक्षले नायकलाई समेत फिल्म प्रमोसनका लागि उतार्‍यो ।

'अँगालो यो मायाको' मा प्रेमीका साथै दुव्र्यसनीको भूमिकामा समेत देखिएका प्रशान्तलाई यसमा नवनायिका हषिर्ता केसीले अँगालेकी छन् भने 'किन मायामा' मा आफ्नै गायक छविमा देखिएका उनलाई नायिका सुमिना घिमिरेले साथ दिएकी छन् ।

'अँगालो यो मायाको' मा प्रशान्तले नै गाएका भए पनि महेश खड्काको संगीत रहेको 'किन मायामा' का गीतहरू कर्मा ग्याल्छेन बमजन, प्रमोद खरेल, दीपक लिम्बूसहित गायिका अञ्जु पन्तले गाएका छन् । गीत कुमार विवाहितले तीन तथा पुष्कर पराजुली र निर्देशक चुनीलालका एक-एक लेखेका हुन् ।साभार : इ कान्तिपुर
काठमाडौ, जेष्ठ २८ - मेरो खास घर त झापा, गोलधाप हो तर म आफ्नो कामले गर्दा काठमाडौं नै बस्छु । धुम्बाराहीमा तीन तले घरको पहिलो फ्लाटमा म मेरी बहिनी र दाइसँग बस्छु । घरको गेट खोल्नेबित्तिकै दुवैतिर गमलामा ढकमक्क फूल फुलिरहेका हुन्छन् । ती सयपत्री धेरै छन् ।

अर्कोचाहिँ त्यो मुटु छेड्ने फूल हुन्छ नि (हार्ट ब्रेक) हो त्यही छ । एउटा गमलामा दूबो रोपेकी छु । अर्कोमा पीपल छ । म र मेरी आन्टी (घरभेटी) मिलेर गमलालाई सजाउ'छौं । ६०/७० ओटा गमला छन् । एकछिन् घुमिरहु'झैं लाग्छ, गमला देख्नेबित्तिकै ।

गमलाको फूललाई सुम्सुम्याउ'दै अघि बढेपछि जाली भएको मूल ढोका छ । त्यसभित्र काठाको ढोका छ, लक्ष्मीको आकृति कुदिएको छ । तल दुइटा तामाको अमखोरा राखेकी छु । अब भित्र पसेपछि माथि चढ्ने भर्‍याङ आउँछ (बायाँतिर) र दाया'तिर मेरो फ्लाटको ढोका । खोल्नेबित्तिकै मेरो बैठक रुम आइहाल्छ ।

एउटा ठूलो पाटे बाघ पालेकी छु, खाला है हिहिहि । नडराउनुस् त्यो खेलौना हो । धेरैजना यसैगरी तर्सिन्छन्, मलाई क्या रमाइलो लाग्छ जिस्क्याउन । त्यो बाघलाई मैले सानो लोबेडमा सजाएर राखेकी छु । खासमा बाघ त दुर्गा देवीको प्रतीक हो, म दुर्गालाई विश्वास गर्छु, त्यही भएर पनि राखेकी हु' । साइडमा हरियो रङको डस्टबिन छ ।

त्यहा' उभिएर हेर्दा बीचमा कालो सिसा भएको टि टेबल छ । त्यसको दुवै साइडमा २/२ सिट भएका सोफा छन् । ती सोफा कार्पेट र पर्दाजस्तै हल्का कलेजी रङका छन् । त्यसमा दुइटा सिराने पनि राखेकी छु, गोलाकार !

कोठाको देब्रे कुनामा टिभी छ । १२-१३ वर्षअघि किनेको हो, २४ इन्चको छ । टिभी र्‍याकमा टिभीकै ठ्याक्कै मुनितिर सिडी प्लेयर छ । त्यसका साइडमा साउन्ड बक्स सजाएकी छु । त्यहाँ एक डेढ सय सिडीहरू छन् । त्यसमध्ये १ दर्जनजति चाहि' गजलका छन्, बाँकी कुनै नेपाली कुनै हिन्दी फिल्मका सिडी छन् ।

अब दाहिने कुनातिर एउटा र्‍याक छ । त्यसको माथिचाहि' पशुपति मन्दिराकृत गिफ्ट छ । त्यो गिफ्टचाहि' गएको तीज 'ब्युटी कन्टेस्ट' भएको थियो त्यसैमा 'टोकन अफ लभ' दिनुभएको हो ।

अर्कातिर एउटा सिसाको दराज छ । त्यसमा चाहि' मेरा कस्मेटिक्स सामान राख्छु । त्यसको तल मेरा जुत्ता/स्यान्डलहरू राख्ने गरेकी छु । त्यस छेउमा मेरो त्रिभुवन विश्वविद्यालयबाट दीक्षित बन्दा बेलाको फोटो खिचाएर ठूलो बनाइ सजाएकी छु, मैले मीनभवन क्याम्पसबाट २०६४/०६५ मा स्नातक सकेकी हु' । अनि अर्को साइडमा ३ वर्षअघि फोटो कन्सर्नमा खिचाएकी ठूलो फोटो राखेकी छु ।

अनि एउटा कुनामा बिहान कसरत गर्ने सामग्री राख्छु ।

यो बैठक कोठा सकेसम्म/भ्याएसम्म मै सजाउ'छु । शनिबारचाहि' बहिनीको स्कुल छुटी पनि हुन्छ अनि उसले सघाउ'छे । मेरो सुटिङ भएको बेला बहिनीले नै सफा गर्छे । चिटिक्क सजिएकै हुन्छ मेरो यो कोठा । तपाइ' आउनुभयो भने दङ्गै परेर बस्नुहुन्छ हिहिहि ।

(कुराकानीमा आधारित)साभार : इ कान्तिपुर
Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement