आज

Showing posts with label समाचार. Show all posts


मधेसवादी दलका चार मन्त्रीले सपथ लिएनन्





१८ भदौ, काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको एक सातापछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । पार्टी एकीकृत नेकपा माओवादीका ६ र सरकारको मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध पाँच दलका ७ जना नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सपथ गराउनु भयो ।

मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकोमा असन्तुष्ट मोहन बैद्य पक्षले भने सरकारमा जान अस्वीकार गरेपछि उनीहरुको कोटा खाली राख्दै तत्कालका लागि ६ जना मन्त्रीलाई माओवादीले सिफारिस गरेको हो ।

माओवादीबाट मन्त्री बनेका ६ जनामध्ये पाँच जना अघिल्लो सरकारमा पनि सहभागी भएका थिए भने कमला रोकाले पहिलोपटक मन्त्री बन्ने अबसर पाएकी हुन् । अघिल्लो सरकारमा १३ दिन उपप्रधान तथा गृहमन्त्री बनेका प्रकाश यसपटक उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका छन् । यसअघि उपप्रधानमन्त्रीमा सीपी गजुरेललाई पठाउने सहमति भएको भएपनि वैद्य समूहको असन्तुष्टिको फाइदा नारायकाजीले उठाएका छन् । एकताकेन्द्र मसालमा लामो समय नेतृत्वमा रहेका प्रकाश संबिधानसभा चुनावपछि माओवादीसँग पार्टी एकता गर्दै उपाध्यक्ष पदमा पुगेका थिए ।

यसैगरी अघिल्लो सरकारमा गृहमन्त्री नपाएपछि शान्तिमन्त्रीबाट राजीनामा दिएका माओवादी अध्यक्ष प्रचण्डका बिश्वासपात्र अनन्त यसपटक भने अर्थमन्त्री बन्न सफल भएका छन् । माओवादी जनसेनाका इन्चार्ज अनन्त सैन्य क्षेत्रका ज्ञाता भएपनि माओवादीमा अर्थमन्त्रालय चलाउने सक्षम उम्मेदवार नहुँदा बाबुरामसँग पनि समन्वय गर्नसक्ने खुवी भएका उनलाई अर्थमन्त्रीमा पठाइएको हो ।

उर्जामन्त्रीमा नियुक्त माओवादी सचिव पोष्टबहादुर बोगटी प्रचण्डका बिश्वासपात्र हुन, जो झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिन संचारमन्त्री भएका थिए ।

स्थानिय विकासमन्त्रीमा नियुक्त टोपबहादुर रायमाझी अघिल्लो सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए । प्रधानमन्त्री भट्टराईलाई लामो समयदेखि साथ दिंदै आएका उनी दोस्रोपटक मन्त्री भएका हुन् । भूमिसुधारमन्त्रीमा नियुक्त प्रभु साह अघिल्लो सरकारमा कानुनमन्त्री थिए, जो भट्टराईका बिश्वासपात्र हुन् ।

युवा तथा खेलकुदमन्त्रीमा नियुक्त कमला रोका भने माओवादी अध्यक्ष प्रचण्ड निकट हुन् । वाईसिएल अध्यक्ष गणेशमान पुनकी श्रीमति कमला पहिलोपटक मन्त्री बन्ने सौभाग्य पाएकी हुन् ।

सञ्चारममन्त्रीमा नियुक्त जेपी गुप्ता हालै मात्र फोरमबाट फुटेर बनेको फोरम गणतान्त्रिकका अध्यक्ष हुन् । कांग्रेसबाट राजनीति थालेका गुप्ता चतुर राजनीतिक खेलाडी मानिन्छन् । एकसमय गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहाकार रहेका गुप्ता प्रजातन्त्रकालमा पटक पटक कांग्रेसबाट मन्त्री भएका थिए भने अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरि थुनामा समेत राखेको थियो । फोरम गणतान्त्रिकको अध्यक्ष भएका लगतै गुप्ताले मधेसी मोर्चामा आवद्ध भएर अगुवाको भूमिका निभाउँदै आएका छन् । यसैगरी कृषिमन्त्री नन्दनकुमार दत्त र विनाविभागिय मन्त्री राजलाल यादव गुप्तासँगै फोरमबाट छुटि्टएर बनेको फोरम गणतान्त्रिकमा आवद्ध छन् ।

भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी तमलोपाका वरिष्ठ उपाध्यक्ष हुन् । प्रजातान्त्रिक कालमा समेत नेपाल सद्भावना पार्टीबाट पटक-पटक मन्त्री भएका त्रिपाठी चतुर खेलाडी मानिन्छन् ।

सिंचाईमन्त्रीमा नियुक्त महेन्द्र यादवले हालै मात्र तमलोपाबाट छिटि्टएर तमलोपा नेपाल गठन गरेका थिए । नेकपा मालेबाट राजनीति शुरु गरेका महेन्द्र यादव एमालेबाट भौतिक योजनासहित बिभिन्न मन्त्रालय सम्हालेका थिए । महन्थ ठाकुरसँगै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका यादवले माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

स्वास्थ्यमन्त्रीमा नियुक्त राजेन्द्र महतो सबैभन्दा धेरैपटक मन्त्री हुने भाग्यमानी नेता हुन् । लोकतन्त्र स्थापनापछि बनेका सरकारमा यसअघिको झलानाथ खनालको पालामा बाहेक अरु सबै सरकारमा उनी मन्त्री थिए । सँधै सरकारमा जान चाहने महतोले लामो सयय आपूर्ति मन्त्रालय सम्हालेका कारण उनलाई आजीवन आपूर्तिमन्त्रीसमेत भनेर ब्यङ्ग्य गरिन्थ्यो ।

मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । फोरम लोकतान्त्रिकले रक्षा मन्त्रीमा सिफारिस गरेका शरतसिंह भण्डारी, वातावरणमन्त्रीमा सिफारिस निलम बर्मा, तमलोपाले काननुमन्त्रीमा सिफारिस गरेका जितेन्द्र सोनल र तमलोपा नेपालले महिला बालबालिका तथा समाज कल्याणमन्त्रीमा सिफारिस गरेका गोविन्द चौधरी कुर्मीले भने सपथ लिएनन् ।

भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भट्टराईले १२ गते सपथ लिनुका साथै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गर्नु भएको थियो ।

कपिलदेव खनाल

२६ साउन, नुवाकोट । एकीकृत नेकपा माओवादीका सचिव तथासञ्चार मन्त्री पोष्टबहादुर बोगटीले अब डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुने दावी गर्नु भएको छ ।

भट्टराईको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेस र मधेसवादी दलहरुले समेत सर्मथन गर्ने उहाँको भनाई छ ।

क्रान्तिकारी पत्रकार संघ नुवाकोटले बिहीबार विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारमन्त्री बोगटीले माओवादी नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार निर्माण हुने दावी गर्नुभयो ।

‘सहमतिको सरकार गठन गर्नका लागि यो सरकारले आधारभुमी तयार पार्ने छ’ मन्त्री बोगटीले भन्नुभयो । अर्को प्रसङ्गमा मन्त्री बोगटीले राष्ट्रिय सुरक्षा नीतिको निर्माण गरेर मात्रै सेना समायोजन हुने बताउनु भयो ।
गोरखा , अषाढ ६ - जेठ १६ गते
तान्द्राको सिद्धकाली माविका प्रधानाध्यापक गोकुल लामिछानेले विद्यालय व्यवस्थापन समिति दबाबमा राजीनामा दिए । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईनिकट भएको भन्दै लामिछानेलाई संस्थापन पक्षको दबाबमा समितिले राजीनामा गर्न लगायो । राजीनामापछि अस्थायी शिक्ष्ाक तथा संस्थापन पक्षका मानिने पशुपति ढकाललाई प्रधानाध्यापक बनाउने निर्णय गरियो । निर्णय नमान्ने भन्दै अभिभावक तथा विद्यार्थीले २१ दिनदेखि विद्यालय बन्द गरेका छन् ।

जेठ २५ गते

गणेश मावि थुमीमा कांग्रेस र माओवादी कार्यकर्ताले साताअघि एकलौटी विद्यालय व्यवस्थापन समिति बनाएको भन्दै एमाले कार्यकर्ताद्वारा अर्को समिति गठन गरियो । समिति गठनको दिन एमालेनिकट युवा संघद्वारा विद्यालयका अभिभावक र अन्य दलका कार्यकर्तामाथि आक्रमण भयो । त्यसपछि शान्तपूर्ण तवरले पढाइ हुन सकेको छैन ।

असार २ गते

सदरमुकामबाट गएका माओवादी कार्यकर्ताद्वारा नवजागृति चण्डी उच्चमावि अश्राङका दुई शिक्षकसहित तीन जनामाथि आक्रमण भयो । आक्रमणमा शिक्ष्ाक निमप्रसाद भट्ट, मोहमत इसाद मियाँ र अभिभावक टेकराज पाण्डे घाइते भए । दुई विद्यार्थी संगठनको बोर्ड राख्नेबारेको विवादमा वार्ता गरेर बाहिर निस्कने क्रममा उनीहरूमाथि माओवादी जिल्लास्तरका नेताको उपस्थितिमा आक्रमण भएको हो ।

त्यसपछि विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द छ ।

असार ३ गते

अश्राङमा कांग्रेसनिकट शिक्षकमाथि भएको आक्रमणलाई लिएर विन्द्रावती उच्चमावि मसेलमा नेविसंघले पठनपाठन बन्द गर्‍यो । विरोधस्वरूप विद्यालय बन्द गर्ने नेविसंघको निवेदन प्रधानाध्यापकले बिहान प्रार्थनाको समयमा पढेर सुनाउँदै गर्दा नेविसंघ र क्रान्तिकारीबीच झडप भएको थियो । झडपमा दुवैतर्फका १५ विद्यार्थी घाइतेका थिए । गम्भीर घाइते अनिश बरामको काठमाडौंमा उपचार भइरहेको छ । विवादबारे अभिभावकबीच आइतबार

बैठक बस्ने तयारी हुँदै गर्दा वाईसीएलले घेरा हालेपछि कक्ष्ाा सुरु हुन सकेन । पठनपाठन प्रभावित भएको छ । करिब तीन साताभित्र यहाँका विद्यालयमा भएका यी घटना प्रतिनिधिमात्र हुन् । तीन दलले स्थानीय तहमा राजनीतिक प्रभुत्व देखाउन विद्यालयलाई प्रयोग गर्ने गरेका छन् । शान्ति प्रक्रियापछिको सर्वदलीय संयन्त्रबाट काम गर्न थालेपछि विद्यालय व्यवस्थापन समिति निर्माण, शिक्षक सरुवा/बढुवा, प्रधानाध्यापक नियुक्तिलगायत विषयमा विवाद नभएको रेकर्ड छैन ।

गाउँ तहमा जुन राजनीतिक दलको प्रभुत्व छ उसैले विद्यालयमाथि आफ्नो रवैया देखाउने गरेको छ । केही समययता माओवादीभित्रको अन्तरसंघर्षको मारमा समेत विद्यालय परेका छन् । दलनिकटका शिक्ष्ाक संघ/संगठनको कारणले पनि बढी मात्रामा विद्यालय तथा विद्यार्थी पीडित छन् । कतिपय विद्यालयमा कमजोर भएको संघ/संगठनले पार्टीलाई विद्यालयमा प्रवेश गराउँछन् ।

यस्तो प्रवृत्तिले राजनीतिक अस्थिरता भएको जिल्ला शिक्ष्ाा अधिकारी लोकनाथ पौडेलले बताए । 'सबैतिर निर्वाचित प्रतिनिधि नभएकाले सर्वदलीय सहमतिका नाममा काम गर्ने हुँदा समस्या भएको हो । समन्वय गर्दासमेत हामी विवादमा पर्छौं,' पौडेलले भने, 'शिक्षा समितिले वैधानिकता नपाउँदा पदेन सदस्यमात्र छन् । यसले विद्यालयको वातावरण शान्तिपूर्ण बनाउन सकिएको छैन ।'

दलहरूले भने विद्यालयमा राजनीतिक हस्तक्षेपको विषयमा एकापसमा आरोप/प्रत्यारोप गरेका छन् । माओवादी जिल्ला सेक्रेटरी चूडामणि खड्काले विद्यालयमा दलीय हस्तक्षेप नभएको दाबी गरे । 'शान्ति प्रक्रियामा आएपछि सामाजिक सत्ता माओवादी नेतृत्वमा भएकाले अन्य दलले लगाउने आरोपमात्र हो,' उनले भने ।

कांग्रेस र एमालेले भने आफूहरूले नभई माओवादीले विद्यालयमा विद्यार्थी संगठन र वाईसीएल प्रयोग गरी हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

'विद्यालयमा राजनीतिक इच्छा राखेर हस्तक्ष्ाेप गर्नु गैरराजनीतिक गतिविधि हो,' कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले भने, 'प्रशासन मूकदर्शक भएर बस्ने गरेकाले अराजकता बन्द हुन सकेको छैन ।'

एमाले जिल्ला अध्यक्ष रामशरण बस्नेतले भने आफूहरूको नभई माओवादी हस्तक्षेप बढी भएको बताए । 'कहिलेकाहीं हामी देखिए पनि कारण भने माओवादी नै हुन्,' उनले भने, 'विद्यालयमा हुने यस्ता गतिविधिको हामी विरोध गर्छौं ।'साभार : इ कान्तिपुर

काठमाडौ, जेष्ठ ३१ - इन्टरनेट चलाउन साइबर क्याफे वा सूचना केन्द्र जाने गर्नुहुन्छ ? त्यस्तो हो भने अबदेखि आफ्नो परिचयपत्र बोक्न नभुल्नु होला । नत्र तपाईं इन्टरनेट चलाउन पाउनु हुनेछैन । नियामक निकाय दूरसञ्चार प्राधिकरणले तीन महिनाभित्र साइबर क्याफे वा सूचना केन्द्रलाई ग्राहकको परिचयपत्र हेरेर मात्र चलाउन दिन पाउने व्यवस्था गरेको छ ।

परिचयपत्र हेर्न र ग्राहकको सम्पूर्ण जानकारी राख्ने व्यवस्था लागू गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । 'साइबर क्याफे व्यवस्थापन गर्न ल्याइएको यो प्रावधानपछि यसअघि सेवा प्रदायक र साइबर क्याफेबीच जस्तोसुकै सम्झौता भए पनि त्यो खारेज भई नयाँ व्यवस्था लागू हुनेछ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने ।

उनका अनुसार क्याफे जानेले नागरिकता, सवारी चालक अनुमतिपत्र वा विद्यार्थी परिचयपत्र देखाउनु पर्नेछ । परिचयपत्रका आधारमा क्याफेले इन्टरनेट चलाउने ग्राहकको विवरण राख्नु पर्नेछ । विदेशी नागरिकले साइबर क्याफेबाट इन्टरनेट चलाउन पासपोर्ट देखाउनुपर्ने उनले बताए ।

'तीन महिनाभित्र यो व्यवस्था लागू गरिसक्नुपर्छ,' न्यौपानेले भने, 'त्यसभित्र पनि परिचयपत्र र ग्राहकको सम्पूर्ण लगत राख्ने व्यवस्था लागू नगरी क्याफे तथा केन्द्रले सेवा दिएको पाए कारबाही हुनेछ ।' साइबर क्याफेबाट धेरै आपराधिक घटना हुने गरेको तर अपराधी पत्ता लगाउन कठिन भएकाले यो व्यवस्था गरिएको उनले बताए ।

परिचयपत्र हेरेपछि त्यस आधारमा ग्राहकको सम्पूर्ण व्यक्तिगत जानकारी राख्नुपर्छ । 'व्यक्तिगत जानकारी साथै कुन समयमा साइबरमा पसेको, कति समय इन्टरनेट चलायो र कुन कम्प्युटरबाट चलाएको हो सम्पूर्ण विवरण राख्नुपर्छ,' उनले भने, 'साइबरबाट आपराधिक क्रियाकलाप बढेकाले यस्तो व्यवस्था गरेका हौं ।'प्राधिकरणले यसरी राखिने ग्राहकको विवरण गोप्य हुनुपर्ने बताएको छ ।

'सुरक्षा निकायले माग गरेको अवस्थामा मात्र ग्राहकको विवरण उपलब्ध गराउनुपर्छ,' उनले भने, 'अन्य बेलामा यो गोप्य हुनुपर्छ ।' तीनवटा सुरक्षा निकाय, गृह मन्त्रालय र सञ्चार मन्त्रालयका प्रतिनिधिबीच पटक-पटक भएको छलफलपछि साइबर र प्रविधिको माध्यमबाट हुने अपराध नियन्त्रण गर्न यस्तो गरिएको उनले बताए ।

युवाहरूले साइबर क्याफेबाट अश्लील सामग्री हेर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । 'धेरै मुलुकमा यस्तो व्यवस्था लागू भएको छ,' उनले भने, 'ती मुलुकमा यसबाट हुने अपराध नियन्त्रणमा समेत सहयोग पुगेको पाइएको छ ।'

यस्तै प्राधिकरणले क्याफे वा केन्द्रले अपारदर्शी रूपमा सेवा शुल्क निर्धारण गर्ने गरेको गुनासो आएको अवस्थामा सरकारले ग्राहकसँग लिने महसुल दर सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । उपभोक्ताले जुनसुकै प्रयोजनका लागि इन्टरनेट सेवा लिए पनि कानुनले निषेध गरेको क्रियाकलाप गर्न नपाइने र अनुमतिपत्र प्राप्त गरेको प्रदायकको मात्र सेवा लिनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ ।साभार : इ कान्तिपुर
इजरायलको हागना मार्ग इस्थित बेत बारबोर हलमा काठमाडौँ सिनेमा भव्यताका साथ सम्पन्न भयो इजरायलमा कार्यरत नेपाली नबिन राई, केशब कार्की , जनक सिकदेल हरुले आयोजना गर्नुभयको उक्त कार्यक्रम शुक्रबार रातको ११ बजे बाट शुरु भयको थियो कार्यक्रम को शुरुमा इजरायल स्थित विभिन्न सँग सस्थाका प्रतिनिधि राजदुता बासका प्रतिनिधि मिडिया पाटनर बिसेष नेपाल बाट आउन भयका काठमाडौँ सिनेमाका नेर्देशक नायक आकाश अधिकारी र अन्य बिदेशी ब्यक्ति हरु लाई स्टेजमा आमन्त्रण गर्नु भयको थियो श्री कृष्ण अधिकारी ले संचालन गर्नु भयको उक्त कार्यक्रममा ३५० भन्दा बढी दर्शक हरुको उपस्थिति देखिनथियो
रातको २ बजे सिनेमा समाप्त भय पछि दर्शक हरु सग सिनेमा कस्तो लग्यो भनि कुराकानी गर्दा काठमाडौँ सिनेमा ले धेरै राम्रो संदेश बोकेको रहेछ हाम्रा नेता हरुले गर्न नसकेको कुरा यो सिनेमा ले गरेको पाइयो भन्दै थीय भने काठमाडौँ सिनेमाका निर्देशक आकाश अधिकारी सग कुरा कानी गर्दा उहाले भन्नु भयो दर्शक हरुको खुसि र दर्शक हरुले दिनु भयको प्रतिकिर्य सुन्दा म यक्दमै खुसि छु र कार्यक्रम आयोजना गरेर मलाई यो इजरायल सम्म आउने अवसर दिनु हुने मेरा आयोजक साथी नबिन ,केशब ,जनक लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु उहाले बताउनु भयो




आउदो जुन १० र ११ तारिखमा इजरायलको तेलअभिवको हाहगाना मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको नेपाली कथानक चलचित्र काठमाण्डौका नायक आकाश अधिकारी आज रातको ८ बजे इजरायल आइपुग्नु भयको कुरा आयोजक केशब कार्की ले बताउनु भयो थप जानकारी केही समय पछी दिनेनै छौ
विराटनगर, जेष्ठ २४ - सञ्चारकर्मीमाथि सांघातिक आक्रमण गर्नेलाई प्रशासनले ज्यान मार्ने उद्योग मुद्दामा कारबाही चलाउने भएको छ । आफूहरूविरुद्ध समाचार लेखेको भन्दै एमाले निकट युवा संघ र युथफोर्स कार्यकर्ताले नागरिक दैनिकका यहाँस्थित संवाददाता खिलानाथ ढकाललाई आइतबार राति मरणासन्न कुटपिट गरेका थिए । पत्रकार महासंघ मोरङ शाखाले सोमबार घटनाबारे प्रशासनमा ज्ञापन र प्रहरीमा किटानी जाहेरी दिएपछि प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । दोषीमाथि तत्कालै कारबाही चलाउन आफूलाई गृहमन्त्री र प्रधानमन्त्रीका निजी सचिवको निर्देशन आइसकेको जानकारी अधिकारीले दिए ।

सख्त घाइते ढकालको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको नाकको हड्डी भाँचिनुका साथै अनुहार, हात र ढाडमा चोट लागेको छ । कुटपिटमा संलग्न युवा संघ नगर संयोजक रोहित कोइरालालाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ ।
नगर संयोजक कोइरालाले पटकपटक टेलिफोन गरी ढकाललाई 'सानो काम छ' भन्दै बेलुकी ट्राफिक चोकमा बोलाएर अपहरण शैलीमा शिक्षा कार्यालय नजिक जनपथ टोल पुर्‍याइ मोबाइल खोसेर कुटपिट गरेको पीडित ढकालले बताए । उनका अनुसार युथफोर्स मोरङका संयोजक तथा युवा संघका उपाध्यक्ष पर्शु बस्नेतको निर्देशनमा कोइराला र बस्नेतका पूर्वचालक मनोज राईले आक्रमण गरेका हुन् । राई फरार छन् ।

संघ अध्यक्ष रविन थापा र फोर्स संयोजक बस्नेतले सोमबारै संयुक्त विज्ञप्ति जारी गरी घटनामा आफ्ना संगठनको संलग्नता नरहेको दाबी गरेका छन् । प्रेस चौतारी र मानव अधिकार तथा शान्ति समाजले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण भएको आक्रमणको विरोध जनाएका छन् ।साभार : इ कान्तिपुर



भक्तपुर, जेष्ठ २० - २१ औँ शताब्दीको युगलाई वैज्ञानिक युग मानेर धामीझाँक्री र तन्त्रमन्त्रप्रति अन्धविश्वास रहे पनि भक्तपुरको सानोठिमीका मगर समुदायले मृत आत्मको चिरशान्तिको कामना गर्दै बिहीबार खली खाएका छन् ।

मगर गाउँमा आत्रय गोत्र भएका मगरहरुले अन्धविश्वास र विज्ञानलाई समेत चुनौती दिँदै आगोमाथि नाचेर आफन्तको मृतआत्माको चिर शान्तिको कामना गदैँ वायु बोलाई खली खाएका हुन् । आफन्तको मृत आत्माको चिर शान्तीको कामना गदैँ ४४ घरका मगर समुदायले पाच वटा रुखको दाउरा बालेर भुङग्रो बनाएको थियो । त्यही भुङ्ग्रोमा खाली खुट्टा नाचेर खली खाएका हुन् ।

'अकालमा मृत्यु भई काँचो बायु बनेका आफन्तहरुको आत्माको शान्तिका लागि वायु बोलाई खली खाएको हो' मगर गाउँका उद्धव थापामगरले भने, 'परम्परागत देखि मनाउदै आएको कार्यलाई निरन्तरता दिन वायु बोलाई खली खुवाइएको हो ।' बिभिन्न घटनामा मृत्यु भएका आफन्तहरुको वायु नबोलाएमा काँचो वायुले कुल र परिवारमा समेत अनिष्ट पैदा गराउने धामिर्क विश्वास रहेको छ ।

अकालमा मृत्यु भएका आफन्तको वायु बोलाएमा घरमा अनिष्ट नहुने र उनीहरुको आत्माले शान्ति पाउने विश्वास रहेको छ । वायु बोलाई खली खुवाएमा घरमा अनिष्ट नहुने, पिसाच लगायतले दुःख दिँदैन धामी सुरेशकुमार राउतले बताए । उनी आफुले ६० भन्दा बढी खली विभिन्न स्थानमा खुवाएको बताउँछन् । खली खाएपश्चात पछि कूलायनलाई २ वटा बोकाको बली दिइएको थियो ।

'सुरुमा वायु बोलाई खली कुरामा बिश्वास नलागेपनि आफेना आफन्तको घटनाका बारेमा सबै कुरा बताउँदा यसप्रति विश्वास जाग्यो,' विद्युत प्राधिकरणमा कार्यरत प्रदिप थापामगरले भने-'आगोमा हाम फाल्न पनि कुनै डर हुदैन । गुरुले आगोमा जान कहिले आदेश देला जस्तो हुन्छ ? आगोमा हाम फालि हालौ जस्तो जोश हुन्छ ।'

डाङ्ग्रे बनेका मनिस राउत नौ कक्षामा अधययनरत छन् । उनले १० पटक यसैगरी आगोको भुङ्ग्रोमा नाचिसकेका छन् । काँचो वायुलाई पाको बनाउनका लागि वायु बोलाई खली खुवाउने चलन छ । ४५ दिन अघिदेखि वायु बोलाउन सुरु गरेको थियो ।साभार : इ कान्तिपुर
काठमाडौं, जेष्ठ १९ - तत्कालिन राजा वीरेन्द्रको बंशानाश हुने गरी भएको दरवार हत्याकाण्डको बहीबार दस वर्षपुरा भएको छ । वि.सं. २०५८ साल जेठ १९ गते नारायणी दरबारमा आयोजित शाही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज्ञी श्रुति, युवराज निराजनलगायत राजपरिवारका १० सदस्यको हत्या भएको थियो । हत्याकाण्डको दस वर्षपुग्दा पनि विश्वासिलो अनुसन्धान हुन सकेको छैन ।

हत्याकाण्डपछि गठित छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले पारीवारीक तनावमा राजपरीवारका सदस्यको हत्या गरेको र पछि आफूले आत्महत्या गरेको प्रतिवेदन सार्जनिकन गरेको थियो । तर प्रतिवेदन कसैले विश्वास गरेका छैनन् ।

हत्याकाण्डलाई 'ग्रायण्ड डिजाइन' को संज्ञा दिएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । राजपरिवारमा राजा विरेन्द्र लोकप्रिय राजाका रुपमा चिनिन्छन् ।साभार : इ कान्तिपुर
काठमाडौ, जेष्ठ १३ - विभिन्न संघसंगठनहरुले आव्हान गरेको बन्दको प्रभाव राजधानीमा बिहानैदेखि परेको छ । बन्दकर्ताले कान्तिपुर टेलिभिजनको गाडी सहित अन्य केही सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् ।

वनस्थलीमा कान्तिपुर टेलिभिजनको गाडीमा आगजनी गरिएको छ । पुतली सडकबाट मोटरसाइकलमा पछ्याउँदै आएको केही तीन जनाले उक्त गाडीमा आगजनी गरेको हो । चुरे भावर राष्ट्रिय एकता पार्टी(हिमालयभक्त प्राधानाङ अध्यक्ष रहेको) ले बन्दको अवज्ञा गरेको भन्दै केही गाडी जलाइएको जिम्मेवारी लिएको छ । संविधानसभाबाट संविधान निर्माण नभएको खण्डमा संविधानसभा विघटन गरी नागरिक समाजको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनेपर्ने उक्त पार्टीले माग गरेको छ ।

त्यस्तै,लोकन्थलीमा नेपाल यातायात,मैतीदेवीमा माइक्रोबस तथा बसुन्धरामा एउटा ट्याक्सीमा आगजनी गरिएको छ । महानगरी प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बिहान ५ बजेको समयमा राजधानीमा तीनवटा सवारी साधनमा आगजनी गरिएको बताए । आगजनीमा संलग्न रहेको आशंकमा दुई जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

कान्तिपुर टिभीको बा.५.च.९३७५ नम्बरको मारुती भ्यान,जडीबुटीमा बा.१.ख ७३२४ नम्वरको नेपाल यातायात र डिल्लीबजारमा बा.१.ज ६२५५ नम्बरको माइक्रोबसमा आगजनी भएको एसएसपी नेपालले जनाए । त्यस्तै वसुन्धरामा एउटा ट्याक्सीमा क्षति पुर्‍याइएको छ । कान्तिपुर टिभीको गाडीमा आगजनी गरिएकोमा नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाले उक्त कार्यको बिरोध गर्दै दोषी उपर कारवाहीको माग गरेको छ ।

धनकुटा/यसैबीच ब्राम्हण समाज नेपाल र खस क्षेत्री एकता समाज आदिवासी जनजातीले गरेको बन्दको कारण पूर्वाञ्चलका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ । नयाँ संविधान निर्माण गर्न र खस क्षेत्रीलाई आदिवासी जनजातीमा समेट्नु पर्ने,खसान राज्य कायम गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन लगायत माग राख्दै खस क्षेत्र एकता समाजले आज एक दिने बन्दको आव्हान गरेको विज्ञप्ति मार्फत जनाएको छ । यसैगरी नागरिकलाई जातका आधारमा विभेद नगर्न, राज्य पुनसंरचनालाई जातिय आधारमा नबनाउन, जातिय सद्भाव र राष्ट्रिय एकता कायम गर्न, शान्ति र संविधान निर्माण लगायत १० सुत्रीय माग राख्दै बन्द आव्हान गरिएको जनाएको छ । बन्दको असर पुर्वका १६ जिल्ला सदरमुकाम तथा मुख्य बजारमा परेको छ ।

दुवै जातीय समुहले गरेको बन्दका कारण कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड हुँदै सञ्चालन हुने धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुममा यातायात ठप्प रहेको छ । शिक्षण संस्था, उद्योगकारखाना, बजार पसल समेत बन्द भएका छन् । चितवनमा पनि ब्राम्हण समाजले गराएको बन्दले जनजीवन प्रभावित बनेको छ ।
काठमाडौ, जेष्ठ १२ - शान्ति प्रक्रिया र संविधानसभाको म्याद थप लगायतका बिषयमा सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक प्रधाननमन्त्री निवास बालुवाटारमा जारी छ ।

संविधानसभाको म्याद सकिन दुई दिन मात्र बाँकी रहेका बेलामा तीन दलका शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका हुन् । बुधबार गोकर्ण रिसोर्टमा भएको छलफलले सहमति खोज्ने जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारका बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, भिव रावल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, रामशरण महत र मिनेन्द्र रिजाल सहभागी छन् ।

तीन दलको शीर्ष नेताले बिहीबार बिहान राष्ट्रपति रामवरण यादवलाई भेटेका थिए । साभार : इ कान्तिपुर
काठमाडौ, जेष्ठ ११ - पूर्व सांसदहरूले शान्ति र संविधानका लागि दबाब सिर्जना गर्न बुधबारबाट भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन् । अबज्ञामा सहभागी पूर्व सांसदहरुलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व साँसद मञ्चले बानेश्वरस्थित संविधानसभा भवन अगाडि ७ दिनदेखि जारी राखेको रिले अनशनमा प्रहरीले मंगलबार बिथोलेपछि भद्र अवज्ञा आन्दोलन थालेका हुन् ।

सरकारले सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी संविधानसभा भवन वरपरका सडकमा जुलुस, र्याली, धर्नालगायतका कार्यक्रम गर्न नपाउने गरी गत सोमबारदेखि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।संविधान प्रदत्त शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई नै समाप्त गरेर सरकारले आफूहरूको शान्तिपूर्ण रिले अनशनलाई बिथोल्ने काम गरेकाले सोही ठाउँमा भद्र अवज्ञा आन्दोलन सुरु गरिएको पूर्व सभामुख तारानाथ रानाभाटले जानकारी दिए ।

बिहान ७ बजेबाट प्रारम्भ गरिएको सो भद्र अवज्ञा आन्दोलन सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
नेपालको अन्तरिम संविधानमा समेत स्पष्ट व्यवस्था गरिएको शान्तिपूर्ण ढङ्गले सभा, जुलुस र धर्ना बस्न पाउने अधिकारलाई सरकारले बेवास्ता गरेर कानुनी राज्यको उपहास गरेको मञ्चका सदस्य होमराज दाहालले बताए । मानवअधिकारकर्मी र नागरिक समाजका अगुवा भद्र अवज्ञास्थल पुगेर धर्नामा बसेका पूर्वसभासद्हरूको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग र भनाइलाई सरकारसमक्ष पुर्याउने बचन दिएका थिए ।

प्रहरीले भद्र अवज्ञा आन्दोलनमा सहभागी भएका पूर्व सभामुख रानाभाटलगायत १५ भन्दा बढी सभासद्लाई पक्राउ गरेको मञ्चले जनाएको छ । साभार : इ कान्तिपुर


सिन्धुपाल्चोक, जेष्ठ ८ - अवैज्ञानिक र अब्यवहारिक ढंगले चिनियॉ वस्तुको मुल्यांकन वृद्धि गरेको भन्दै ब्यापारीले तातोपानी भन्सारबाट हुने ब्यापरिक कारोवार आइतवारदेखि बन्द गरेका छन् । भन्सार कार्यालयका अनुसार ब्यापारीले कुनै पनि सामान छुटाएका छैनन् भने राजश्व संकलन ठप्प भएको छ ।

भन्सारले चीनबाट नेपाल पैठारी हुने मालवस्तुमा २ दिन अघिदेखि लागू हुने गरी १० देखि १ सय ५० प्रतिशतसम्म मुल्यांकन वृद्धि गरेको थियो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले कम गुणस्तर वस्तुको पैठारी हुने यो नाकाको मुल्यांकन अन्य भन्सार सरह गरेको र यसबाट चोरी निकासीले प्रस्रय पाउने भन्दै समस्या नसुल्झेसम्म कारोवार नगर्ने निर्णय गरेको छ । भन्सार विभागको निर्देशन वमोजिम तयारी पोशाक, कपडा, छाता, ब्याग, जुत्ता, चप्पल, छाला प्लाष्टिक र आलमुनियमका सामान, ट्वाईलेट पेपर, माटाका भॉडा, इलेक्ट्रोनिक सामानलगायत अधिकांश वस्तुमा मुल्यांकन वृद्धि गरिएको छ ।

भन्सार ऐनले पैठारीकर्ताले घोषणा गरेको मुल्यलाई आधार मान्नुपर्ने प्रष्ट नीति भएपनि गुणस्तरियका सामान आयात हुने अन्य भन्सार र चीनको स्थानीय बजारमा उत्पादित न्युन गुणस्तरका सामानको मुल्यांकन एउटै नहुने दावी संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरे ।भन्सार ऐनमा ब्यवस्था भएको कारोवार मुल्यलाई आधार मानेर मुल्यांकन तोक्नु पर्ने माग उनको छ । भन्सार प्रमुख निर्मलहरि अधिकारीले भने स्थानीय सीमा बजारको मुल्य, अन्य नाकाबाट हुने कारोवार, स्वदेशी बजारको मुल्यलाई आधार मानेर मुल्यांकन बढाएको वताए ।

उनले मुल्यांकनको मुख्य आधार सिआईएफ नीतिलाई नै भएपनि ब्यापारीले खरिद मुल्यलाई जस्ताको तस्तै नदेखाएको अवस्थामा बजार अनुगमनका आधारमा यस्तो निर्णय लिने अवस्था आएको वताए । ब्यापारी र भन्सार प्रशासनबीच तातोपानी नाकामा वार्ता भइरहेको छ । चीनसँगको प्रमुख ब्यापारिक नाका बन्द हुँदा दैनिक ९० लाख राजश्व संकलन रोकिएको छ । खासा क्षेत्रमा रोकिएका र तातोपानी भन्सार यार्डमा प्रवेश गरेका करोडौं सामान वोकेका कन्टेनर अलपत्र छन् । साभार : इ - कान्तिपुर
पोखरा, जेष्ठ ६ - सबै जातिको अधिकार सुनिश्चित गर्न र ब्राम्हण जातिलाई पनि आदीबासी सुचिकृत गर्न माग गर्दै ब्राम्हण समाजले शुक्रबार पश्चिमाञ्चल बन्द आव्हान गरेको छ । बन्दका कारण पश्चिमाञ्चालका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ ।

गुल्मी
मा बन्दका कारण विहानै देखि लामो तथा छोटो कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । कलकारखाना, पसल, शिक्षण संस्था सबै ठप्प छन् । बन्दकै कारण भारतीय राजदुतावासले बैशाख ४ गते देखि शुरु गरेको भारतीय पेन्सन क्याम्प समेत प्रभावित भएको छ ।

पाल्पा- जातीय आधारमा आरक्षणको व्यवस्था गरी ब्राम्हणलाई भेदभाव गरेको र जातीय आधारमा संघीयताको परिकल्पना गरिएको विरोधमा ब्राम्हण समाजले गरेको पश्चिमाञ्चल विकास क्षेत्र बन्दको पूर्ण प्रभाव पनि परेको छ । यातायातका साधन ठप्प छन् । बन्द आयोजक समाजले बिहानैदेखि चोक चोकमा नाराबाजी गरेका छन् । बन्द गराउन समाजका कार्यकर्ता बजार बजार डुलेका छन् ।

बुटवल आसपासको जीवन पुर्ण प्रभावीत भएको छ । यहाँका कलकारखाना , बजार , शैक्षिक सस्था , व्यापारीक प्रतिष्ठान सबै ठप्प छन् । बिहानैदेखि प्रद्धर्शनमा उत्रेका ब्राम्हण समाजका कार्यकर्ताका कारण राजमार्ग , मुख्य तथा भित्री सडकमा कुनै पनि सवारीका साधन चलेका छैनन् । बन्दकर्ताले कक्षा ११ को परीक्षा संचालन हुन दिएपनि सवारी चल्न नदिंदा विद्यार्थीहरुले सास्ती भोग्नु परेको छ ।

बन्दमा कान्तिपुरलाई अवरोध


ब्राम्हण समाजका केही युवाहरुले भरतपुरबाट पत्रिका बोकेर आएको कान्तपुरको गाडीलाई पोखराको अमरसिंहचोकमा अवरोध पुराएका छन् ।हाम्रो समाचार नछाप्ने पत्रिकालाई छाडदैनौ भन्दै बन्द गराउन बसेका केही युवाले कान्तिपुरपुरको गाडीलाई अवरोध गरेका हुन ।समाजको पश्चिमाञ्चल बन्दको क्रममा अघिल्लो दिन नै काान्ितपुरलाई निसाना बनाएर उनिहरुले पत्रिका वितरणमा अवरोध पुराउने योजना बनाएको सुत्रले बतायो । घटनाबारे थाहा पाएपछि प्रहरीले अवरोध हटाएर पत्रिकाको गाडीलाई छुटाएको थियो ।

बागलुङ- ब्राहृमण समाजले आयोजना गरेको बन्दको कारण बागलुङ लगायत धौलागिरी अञ्चलको जनजीवन प्रभावित भएको छ ।जातीय राज्यको विरुद्ध समाजले गरेको बन्दले यातायात, कलकारखाना, व्यपार ठप्प भएको हो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।समाजका सदस्यहरु विहानैदेखि नारावाजी गर्दै बजार बन्द गराउन हिडेपछि बजार पूर्ण ठप्प भएको हो । सवारी साधन नचल्दा सयौं यात्रुहरु अलपत्र अवस्थामा परेका छन् । बन्द सफल बनाउन समाजले विहिवार साँझ मसाल जुलुस समेत प्रर्दशन गरेको थियो ।

पर्वत
जिल्लाको जनजीवन पनि बिहानै देखि प्रभावित बनेको छ । बन्दकाकारण धौलागिरी अञ्चलबाट चल्ने लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । समाजसंग आबद्ध कार्यकर्ताले बिहानैदेखि सडकमा निस्किएर प्रर्दशन गरीरहेका छन् । कार्यकर्ताले समाजको झण्डा बोकेर बजार पसल बन्द गराउंदै हिंडेका छन् । साभार : इ कान्तिपुर

काठमाडौ, जेष्ठ ५ - पूर्व युवराज पारश शाहले दरवारमार्गस्थित याक एण्ड यति होटल परिसरमा रहेको रोयल क्यासिनामा मंगलवार मध्यराती हात हालाहाल गरेका छन् । रोयल क्यासिना शाहको बहिनी प्रेरणा शाहको श्रीमान राजबहादुर सिंहको स्वामित्वमा छ ।

समाचार श्रोतका अनुसार शाहले क्यासिनोमा कार्यरत सुरक्षाकर्मी टेकबहादुर चन्दलाई कामबाट निकालेको झोंकमा जनरल मेनेजर शैलेन्द्र शमशेर राणालाई दुर्व्र्यवहार गरेका थिए । शाहले मेनेजर राणालाई भनाभनका क्रममा हात समेत हालेपछि केही समय क्यासिनामा तनाव उत्पन्न भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार भनाभनकै क्रममा हातहालाहालको स्थिती उत्पन्न भएपछि खालमा खेलिरहेको जुवाडे र कर्मचारीहरु समेत लाखापाखा लागेका थिए । आफनो कारणले क्यासिनोमा भागाभागको स्थिती सिर्जना भएको देखेपछि पारस क्यासिनोमबाट करीब १५ मिनेटमै बाहिरिएका थिए । जनरल मेनेजर राणाले भने पूर्वयुवराज शाह र आफूबीच कुनै हातपात र चर्चामा आए जस्तो घटना नभएको बिज्ञप्ती जारी गरेर बताएका छन ।साभार : इ कान्तिपुर

इनरुवा, जेष्ठ ५ - भारतीय ठेकेदारले समयमा भुक्तानी नदिएको भन्दै स्थानीय कामदारले तीन दिनयता कोसी नदी बीचमा सुनसरी पश्चिम कुशाहामा काम रोकेका छन् । कोसीको पूर्वी तटबन्धलाई पानीको दबाबबाट बचाउन निर्माण थालिएको पाइलट च्यानल खन्ने कामदारले ज्याला भुक्तानी नपाएका हुन् ।

काम रोकिएपछि पूर्वी तटबन्धमा पानीका बहाव बढेको छ भने स्परहरूमा कटान सुरु भएको छ । तत्काल तटबन्धमाथिको पानीको दबाब नहटाए यस वर्ष तटबन्धले पुनः खतरा निम्त्याउने स्थिति देखिएको छ । ०६५ भदौ २ गते पूर्वी तटबन्ध भत्कँदा नेपाल र भारतका हजारौं बासिन्दा घरबारविहीन बनेका थिए । कोसीलाई पश्चिमतर्फ फर्काउनै योजनाअनुरूप सुनसरीको पश्चिम कुशाहामै रहेको हावामहल नजिकबाट बीच कोसीमा पाइलट च्यानल खनिएको थियो ।

३० मिटर चौडाइ र दुई मिटर गहिरो च्यानल ६ किलोमिटरसम्म खन्नका लागि कोसी योजनाले १२ करोड भारतीय रुपैयाँमा भारतीय ठेकेदार कम्पनी धर्ती डेजर्सलाई दिएको थियो । उक्त कम्पनीबाट भारतीय अर्को कम्पनी गुरु कन्ट्रक्सनले 'पेटी कन्ट्रयाक्ट' मा च्यानल खन्ने काम लिएको थियो । च्यानल खन्ने कामअन्तर्गत कामदारले ६ मध्ये चार किलोमिटर खनिसके पनि ठेकेदार कम्पनीबाट पेटी कन्ट्याक्टरमा काम लिएका गुरु कन्ट्रक्सनले रकम भुक्तानी नदिएपछि काम रोकेका हुन् । च्यानल खनाउने काम गराइरहेको गुरु कन्ट्रक्सनका अजित सिंह केही दिनयता काम हुने ठाउँमा पनि नआएको भुक्तानी माग्दा आलटाल गर्न थालेपछि बाध्य भएर काम रोकेको कामदारले बताए ।

उक्त च्यानल खन्ने काम मे १५ सम्ममा सक्नुपर्ने थियो । कोसी योजनाको क्यालेन्डरअनुसार कोसीमा कुनै पनि काम १५ मे भन्दा अघि गर्नुपर्ने हुन्छ । १५ मे पछि बाढीको समय भन्दै तात्कालिक कामहरूमात्र गर्ने गरिएको छ ।

आफूहरूले स्थानीयस्तरमा काम गराउँदा भारतीय ठेकेदारले एक रुपैयाँ पनि नदिएकाले बाध्य भएर काम रोकाउनुपरेको स्थानीयस्तरमा काम गराइरहेका मनोज यादवले बताए । उनले भारतीय ठेकेदारमाथि अहिलेसम्म काम गरेबापत एक करोड ८० लाख बक्यौता रहेको र रकम भुक्तानी नदिएसम्म काम सुचारु नहुने बताए ।

यसैबीच कोसीको पूर्वी तटबन्धबाट पानीको दबाब हटाउन सुरु गरिएको प्यालट च्यानल खन्ने काम रोकिएपछि पुर्वी तटबन्धमाथि पानीको दबाब बढेको छ । मंगलबारदेखि कोसीमा पानीको बहाव पनि बढेको छ । बुधबार बिहान साढे ९ बजेसम्मको मापनमा कोसी ब्यारेज भएर २० हजार क्युसेक पानी बहाव छ । वर्षाअगावै सप्तकोसीका स्परहरू क्षतिग्रस्त हुन थालेका छन् । तटबन्धलाई सुरक्षित बनाउने स्परहरू नै क्षतिग्रस्त बन्न थालेपछि वर्षातमा कोसीको पूर्वी तटबन्ध एकपटक फेरि जोखिममा पर्ने स्थिति देखिएको छ । कटानले कोसी ब्यारेजबाट ११ दशमलव ९० किलोमिटरमा रहेका नयाँ स्परहरू क्षतिग्रस्त हुन थालेका हुन् ।साभार : इ कान्तिपुर
काठमाडौ, जेष्ठ ३ - भगवान् बुद्धको २५५५ औँ जन्म जयन्तीको अवसरमा मंगलबार राजधानी र मुलुकका बिभिन्न जिल्लाहरुमा विविध कार्यक्रमहरु आयोजना गरि मनाइएको छ । बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । राजधानीको बुद्धनगरस्थित श्री सञ्जय साई सेवा अर्गनाइजेसन, नेपालद्वारा यहाँ विविध कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइयो ।

यसै अवसरमा बिहान नगर सङर्कीतन, लक्ष्य अर्चना पूजा र शान्ति र्याली गर्नुका साथै विशेष भजनकीर्तन तथा प्रवचन कार्यक्रमको आयोजना गरियो । सो अर्गनाइनेसनका संरक्षक सञ्जय साई बाबाले कार्यक्रममा उपस्थित भक्तजनलाई भगवान् बुद्धको शान्तिको सन्देशबारे प्रकाश पारेका थिए । सो अवसरमा सञ्जय साई बाबाले ११ जना बुद्ध भिक्षुलाई भिक्षादान दिए । कार्यक्रममा संविधानसभाका सभासद् आनन्द भन्तेले बुद्धको सन्देश व्यवहारमा उतार्नेतर्फ सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरी बुद्ध जयन्तीकै अवसरमा श्री सञ्जय साई सेवा अर्गनाइजेसन, नेपालद्वारा ‘रक्तदान महादान’ भन्ने विशेष नाराको साथ बुद्धनगरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा आश्रमका पदाधिकारी, सेवादल र भक्तजन गरी १५० ले रक्तदान गरेका छन् ।
कार्यक्रमको शुभारम्भ गर्र्दै अर्गनाइजेसनका संरक्षक श्री सञ्जय साई बाबाले रक्तदानजस्तो मानव सेवाको कार्यमा सबैले सहभागिता जनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । बुटवलमा भगवान् बुद्धको २५५५ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रमसहित मनाइरहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबार बिहान मायादेवी मन्दिर र बुद्धसँग सम्बन्धित क्षेत्रहरूमा सरसफाइ, बुद्ध प्राथना, माआयानी, बज्रयानि, थेरवादी गुरु भिक्षु तथा लामा गुरुहरूबाट धार्मिक पूजा सम्पन्न भएका छन् । बिहान लुम्बिनीमा शान्तिर्याली निकाल्ने तथा बौद्ध र विश्व सम्पदास्थल सम्पदाहरूको फोटो प्रर्दशनी गरिने कार्यक्रम भयो । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा मुख्य कार्यक्रम भएको थियो । कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापानको हिरोसिमा र नागासाकीका मेयरद्धयलाई ५० हजार अमेरिकी डलर प्रदान गरिएको छ ।

मुख्य कार्यक्रममा सहभागि हुन यहाँ उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरूलगायत आएका थिए । भारतबाट कपिलवस्तु प्रवेशको मुख्य नाका चाकडचौडामा अन्तर्राष्ट्रिय शान्तिद्वारको शिलान्यास भएको छ । बुद्ध भगवान्को २५५५ औं बुद्ध जयन्तीको अवसर पारेर जिल्ला विकास समिति कपिलवस्तुले उक्त कार्यको थालनी गरेको हो । भारतले कृत्रिम कपिलवस्तुको रुपमा अलिगढवा क्षेत्रलाई प्रचारप्रसार गरिरहेकै विषयलाई चुनौती दिँदै भारतीय नाकाबाट नेपाल प्रवेशतर्फ प्रवेश गर्ने मुख्य नाकामा प्रवेशद्वारको शिलान्यास गरिएको हो ।

नेपालको प्रवेशद्वारको सिधा दक्षिणमा भारतको नक्कली कपिलवस्तु प्रवेशद्वार रहेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापामगर र कपिलवस्तुका प्रजिअ लक्ष्मणकुमार थापाले एक बृहत् समारोहबीच संयुक्तरुपमा सोमबार उक्त प्रवेशद्धारको शिलान्यास गरेका थिए । जिल्ला विकास समिति कपिलवस्तुले चालु आवबाट खर्च हुने गरी उक्त प्रवेशद्वारको लागि रु १३ लाख बजेट उपलब्ध गराएको स्थानीय विकास अधिकारी चिरन्जीवी भण्डारीले बताए । रासस

मुटुरोगी निशा मिश्र गत शुक्रवार नेपाल फर्किसकेकी छिन् । कतारस्थित हमाद हस्पिटलबाट डिस्चार्ज भएलगत्तै हाल उनीलाई काठमाडौंको बाँसवारी स्थित गंगालाल हृदयरोग केन्द्रमा उनका परिवारजनले थप उपचारको लागि भर्ना गरेका छन् । नेपालबाट उनका परिवारजनले कतारमा फोन सम्पर्क गरी थप उपचारको लागि काठमाडौंको अस्पतालमा भर्ना गरिसकिएको जानकारी गराउँदै र पिडित मिश्रको लागि यति ठूलो सदाशयता देखाउँदै मानवीय तथा आर्थिक सहयोग पुर्‍याउने कतारवासी नेपाली प्रति आभार तथा कृतज्ञता व्यक्त गरे ।

कतारमा उनी अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएपछि पत्रकार रवि भट्ट "रोषी", समाजसेवी लक्ष्मण खतिवडा र व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं राती नै हस्पिटलमा गई उनको अवस्थाको बारेमा जानकारी लिएर कतार स्थित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र नेपाल कतार अनलाइन लगायत विभिन्न देशका नेपाली अनलाइन मिडियामा उनको समाचार प्रकाशन भएपछि उनको उपचारको लागि आर्थिक संकलन सुरु भएको हो । उनको पारिवारिक अवस्था अति कमजोर भएको हुँदा उपचारको लागि धेरै नै खर्च लाग्ने भए पनि कतारबाट प्राप्त सो रकमले ठूलो राहत पुग्ने उनका परिवारजनले बताए । कतारमा बस्ने नेपालीहरुबाट देखाएको जस्तै मानवीय ससंवेग अग्रसरता अरु राष्ट्रमा बस्ने नेपाली दाजुभाईहरुले पनि देखाएर सहयोग गरेमा उनी बाँच्ने उनका परिवारजनले बताए ।

समाजमा भएको हरेक गतिविधीलाई सवै समक्ष सञ्चार माध्यमबाट प्रवाह गरेर महत्वपुर्ण भूमिका निर्वाह गर्दै पिडित निशा मिश्रलाई सहयोग जुटाउन अहम् भूमिका निर्वाह गर्ने सञ्चारकर्मी तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गरे । "केटो राम्रै देखेर १५ बर्षको उमेरमा नै छोरीको विहे गरेर विराटनगरमा दियौँ । केटाको नराम्रो आचरणले गर्दा छोरी त्यहाँ बस्न सक्ने बातावरण नै बन्न सकेन । दुधे बालक च्यापेर माइतमा बस्दै गर्दा एउटा छोरो त जे काम गरेर पनि पढाउन र पालनपोषण गर्न सक्छु । मलाई सम्पत्ति होइन म र मेरो छोरालाई आश्रय मात्र दिनु है आमा" भनेर छ बर्षको छोरो निशान्त माइतमा छोडेर कतार कमाउन गएकी छोरीको त्यो हालत देख्दा विगतमा छोरीले भनेको कुरा सम्झँदै आमा सीता मिश्रले रुँदै फोनमा बताईन् । कतारबाट राजधानी तथा अनलाईन पत्रिकामा प्रकाशित समाचार पढे पछि विभिन्न जिल्लाका युवाहरुको सक्रीयतामा यति धेरै रकम संकलन गरीएको थियो ।

यसरी आर्थिक सहयोग संकलन गर्नेहरुमा कतार स्थित हमाद अस्पतालका कर्मचारीहरुबाट २ लाख, गोरख चन्द तथा दिलिप राईको पहलमा ८००००, गौरव पालको पहलमा २५६००, नवोदित मोवाइल पुस्तकालय २५४००, कोमल सिंह २०००० रुपैँया, सावित्री गिरीको पहलमा २०००० रुपैँया, श्रीमती कन्चन चौँलागाईं २००००, लक्ष्मण खतिवडा २००००, अलि विन अलि प्रिन्टिङ प्रेसका सुनिल कुमार घलानको पहलमा १४१९६, नरेन्द्र सेन १००००, महेश जोशी १००००, सन्तोष पराजुली १००००, हिमाल गिरी १००००, बद्री प्रसाद पाण्डे १००००, स्यांग्जा सहयोग समाज १००२०, चुणामणी कार्की १००००, ववी श्रेष्ठ २०००, अर्जुन प्रसाद भट्टराई ५०२०, जुनु कार्की २४००, नरेन्द्र भट्टराई ५०००, उमेश अधिकारी २०००, अमिता राई २०००, महिमा श्रेष्ठ २०००, युवराज दाहाल १०००, प्रकाश खरेल २८००, प्रकाश सापकोटा १०००, उमेश दाहाल १००० रहेका छन् । त्यस्तै गरी अरुहरुबाट संकलित रकमहरुको प्राप्त विवरण अनुसार कतारबाट मात्र ५ लाख भन्दा माथि संकलन भईसकेको र आर्थिक सहयोग संकलन कार्य जारी नै रहेको पनि जानकारीमा आएको छ । उनको सहयोगको लागि काठमाडौं महाराजगञ्ज स्थित एसविआई बैँकमा खाता खोलिएको छ । एसविआई बैँकको खाता नं। २०४१५२४१४०१७५२ रहेको छ ।

शर्मिलाका पतिले बीच सडकमा कुटिरहँदा भुवन भनिरहेका थिए, 'यो पागल हो, यो बेकुब हो’

काठमाडौं,लक्ष्मण सुवेदी - फिल्मको पर्दामा गुन्डाहरूलाई 'रामधुलाइ' गर्दै आएका अभिनेता भुवन केसीले शनिबार बीच सडकमा वास्तविक 'धुलाइ' भेटेका छन् । 'रिल लाइफ'मा झगडापछि कुर्सीमा आराम गर्ने भुवनले 'रियल लाइफ'मा कुटाइ खाएर भाग्नुपर्‍यो ।

भुवनलाई बाटो छेकेर, गाडीबाट तानेर कुट्ने व्यक्ति उनकै नयाँ 'गर्लफ्रेन्ड' का पति हुन् । सम्पत्तिका लागि आफ्नी श्रीमती शर्मिला डंगोललाई बरालेको भन्दै उनका पतिले भुवनलाई हातपात गरेका हुन् ।

दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध तोडेको घोषणापछि भुवनले २ वैशाखमा वरदान फिल्मको मुहूर्तमा ललितपुर कुपन्डोलमा बुटिक चलाउँदै आएकी शर्मिलालाई आपनी 'लेटेस्ट गर्लफ्रेन्ड' भनेर चिनाएका थिए । उनैै 'लेटेस्ट गर्लफ्रेन्ड' का पतिले भुवनलाई शनिबार दिउँसो ११:४५ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका हुन् ।

भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन्, छेउमा भुवन थिए । तर, उनीहरूको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो ।

मोटरसाइकलमा सवार पुरुषले आक्रोशित स्वरमा शर्मिला र भुवनलाई 'गाडी रोक' भन्दै कराइरहेका थिए । शर्मिलाले ती पुरुषको आदेशको वास्ता नगरी गाडी हाँकिरहेकी थिइन् । केही बेरपछि ती पुरुषले गाडी अगाडि लगेर मोटरसाइकल तेस्र्याए । शर्मिलाले बाध्य भएर गाडी रोकिन् । मोटरबाइकबाट झरेर ती पुरुषले हेल्मेटले भुवन बसेको गाडीको सिसा फुटाउन थाले । आत्तिएका भुवनले सिसा खोले । यही मौकामा उनले गाडीभित्र हात छिराए र भुवनको कपाल भुत्ल्याउँदै चिच्याए, 'साले झर, तँसँग हिसाबकिताब गर्नु छ ।'

भुवन पनि 'नायक' हुन्, झट्ट किन मान्थे ? शर्मिलाले मोटरबाइक तर्काएर गाडी हाँक्न खोजिन् । तर, ती पुरुषले दिएनन् । उनी भुवनलाई समातेको समात्यै भए । त्यसपछि भुवन गाडीबाट झरे । ती पुरुषले भुवनको टाउकोमा लगातार हेल्मेटले हाने । एक, दुई, तीन । प्रत्यक्षदर्शीले ६ गन्न भ्याएका थिए, भुवन भाग्न सफल भए । तर, यतिन्जेल शर्मिलाका पतिले भुवनलाई हेल्मेटले मात्रै होइन, चार-पाँच मुक्का र दुई-तीन लात्ता पनि हानिसकेका थिए । घटनाका प्रत्यक्षदर्शी बालकोटनिवासी राजन ढुंगानाका अनुसार शर्मिलाका पतिले भुवनलाई तथानाम गाली गर्दै पिटेका थिए । भुवन भने 'यो बेबकुफ हो, यो पागल हो' भन्दै कराइरहेका थिए ।

शर्मिलाका पतिले भुवनलाई हेल्मेटले टाउकोमा हानिरहँदा भुवनले हातले छेक्ने कोसिस गरेका थिए । तर, उम्कन उनलाई झन्डै पन्ध्र मिनेट लागेको थियो । त्यसैबीच सडकछेउ रहेका ट्राफिक प्रहरी पनि 'द्वन्द्वस्थल' मा आइपुगे । ट्राफिक प्रहरीलाई भुवनले यो साले बेबकुफ हो, यो बहुलाएको छ भन्दै भागेका थिए । 'भुवन भीडबाट निस्किएर कोटेश्वर चोकतिर भागे,' प्रत्यक्षदर्शी राजनले भने ।

भुवन भाग्नुअघिसम्म भीडले के भएको हो भन्ने ठम्याउनै सकेको थिएन, गाडीले कतै दुर्घटना गराएर भागेकाले झगडा भएको होला भन्ने अनुमान मात्र थियो । तर, शर्मिलाका पतिले नै सबै कुरा बताएपछि भीड छक्क परेको थियो । भुवन भागेपछि शर्मिलाका पति हेल्मेट बोकेर गाडीमा चढेका थिए । उनले पत्नी शर्मिलालाई सम्झाउने कोसिस गरेका थिए । तर, शर्मिला सुन्न तयार थिइनन् । सार्वजनिक स्थलमा झगडा भएको भन्दै ट्राफिकले सो गाडी महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वर लगेको थियो ।

'पछि पनि गाडी शर्मिलाले चलाइन् । उनका पति पहिला अभिनेता भुवन बसेको सिटमा बसे । ट्राफिक प्रहरी पछाडिको सिटमा बसे,' प्रहरी वृत्तसम्म पुगेका प्रत्यक्षदर्शी राजनले भने, 'ट्राफिक प्र्रहरीमा पुगेपछि ट्राफिकले डंगोल दम्पतीको लाइसेन्स लिए । शर्मिलाको लाइसेन्सबाट ती पुरुष उनका पति हुन् भन्ने पुष्टि भएपछि प्रहरीले तत्कालै छाडिदियो ।' केही बेरपछि दुवैजना प्रहरीबाट बिदा भए ।

महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वरका प्रहरी निरीक्षक प्रेमराज जोशीले भने घटनाको विस्तृत विवरण दिन चाहेनन् । 'पति-पत्नीको झगडा रहेछ । पछि मान्छे पठाएर गाडी लगे,' उनले भने, 'हामी पुग्दा पिटाइ खाने मान्छे भागिसकेको थियो । हामीले देख्न पाएनौँ । तर, प्रत्यक्षदर्शीले अभिनेता भुवन केसी हुन् भन्दै थिए ।' यससम्बन्धमा अभिनेता भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् । - नयाँ पत्रिका


जाउ है सबै....... हेर्नलाई "काठमाण्डौ"जाउ

आउदो जुन १० र ११ तारिखमा इजरायलको तेलअभिवको हाहगाना मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको नेपाली कथानक चलचित्र काठमाण्डौ नायक आकाश अधिकारीको साथमा । टिकट दर ९० शेकल मात्र । सहिद स्मृती अस्पताल चौपट्टा नवलपरासीको सहयोगार्थ ।



For the first time most quality Nepali movie KATHMANDU is going to be released in Israel after success in USA and Europe Please do not miss it.



After success shows in USA and Europe the quality movie KATHMANDU is going to be released in Israel on Ha-hagana - 135, Beit Barbour Hall on June 10th (Friday) and 11th (Saturday)..sharp... 9 pm the movie will be shown in full Screen as the first full screen Nepali movie show in Isarel dedicated to Poor and needy people of Nepal (Ticket rates 90 nis).



The most important motive of screening this movie is that we are going to provide the charity for the hospital named “Sahid Smriti Samudayik Hospital” in remote place called Chaupatta in Nawalparasi district.



Organizer contact us - Nabin Rai– 0547258640/ Keshav Karki- 0547297935/ Janak Sigdel - 0547215629)
Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement