आज

Showing posts with label स्थानीय. Show all posts


यही सेप्टेम्बर २तारिख शुक्रबार साँझ इजरायलमा नवोदित गायक ओम प्रसाद प्रसाईले इजरायल मै रेकर्ड गरिएको आफ्नो पहिलो सांगीतिक एल्बम पर्खाइमाको विमोचन गरेका छन । तेल अभिभस्थित बेत बार्बर हलमा आयोजित "शायद" चलचित्रको प्रिमियर शो संगै नेपालबाट आएका कलाकार सुनिल रावल र झरना थापा लगायतको उपस्थितिमा सामुहिक रुपमा गरिएको उक्त सिडी विमोचनका अवसरमा शायदका अन्तर्राष्ट्रिय प्रवर्द्धक मोहन डोटेल, सागर भुषाल, सुमन कार्की तथा शिव केसीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा गायक ओम प्रसाईले सोही एल्वम पर्खाइमाबाट 'आज तिम्रो सम्झना' र 'मन मेरो' बोलको गीत गाएर दर्शकसामु सुनाएका थिए । 'शायद' चलचित्र प्रदर्शनको क्रममा बिच बिचमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमहरुको क्रममा सो एल्वम बिमोचन भएको थियो ।




नेपाली पप र आधुनिक गीतहरु समेटिएको सांगीतिक क्यासेट 'पर्खाइमा' भित्र सातवटा सुमधुर गीतहरु रहेका छन । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमाका गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।

आउदो सेप्टेम्बर २ तारिख "तीज" मा इजरायलको तेलअभिव स्थित हा हगाना १३५ मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको छ । नेपाली कथानक चलचित्र "सायाद" सिनेमाका नायक "सुनिल रावल "तथा नायिका झरना थापा" साथै 'सायद' का अन्तराष्ट्रिय प्रदर्शन संयोजक तथा मेरोसिनेमा डटकमका निर्देशक मोहन डोटेलको साथमा एक सांगीतिक कार्यक्रमसहित प्रस्तुत गरिने कुरा आयोजकले जनाएको छ ।







अन्य अपडेट लागि मेरोसंदेश डट कम हेर्नु होला । http://merosandesh.com






यही जुलाई २ तारिख इजरायलको तेल अभिभमा श्री सत्य साइ केन्द्र इजरायलको आयोजनामा भारतका ख्यातिप्राप्त गुरु योगी आनन्दद्वारा भागवत गीताको वाचन गरिने भएको छ । सो अवसरमा सहभागी हुनको लागि आयोजक संस्थाले इजरायलमा रहनु भएका सम्पूर्ण हिन्दु धर्मावलम्बिहरुलाई हार्दिक अनुरोध पनि गरेको छ ।

इजरायलस्थित तेल अभिभ शहरको नेवेशानन स्ट्रिट १६ मा रहेको काठमान्डू क्याफेमा संचालन हुने सो कार्यक्रम इजरायलमै पहिलो पल्ट गर्न लागिएको हो । शनिबार दिउसो ११ बजे देखि संचालन हुने सो कार्यक्रमको अर्को चरणमा गुरु योगी आनन्द द्वारा भक्तहरुको जिज्ञासाको समाधान पनि गर्नु हुनेछ ।

विस्तृत जानकारीको लागि आयोजक संस्था श्री सत्य साइ केन्द्र इजरायलकी अध्यक्ष सुश्री नेहा गुरुङ 0543075429 र सोही केन्द्रका सूर्य सिम्खडा – ०५४९०७४००४ लाई सम्पर्क गर्न सकिनेछ ।
इजरायलको हागना मार्ग इस्थित बेत बारबोर हलमा काठमाडौँ सिनेमा भव्यताका साथ सम्पन्न भयो इजरायलमा कार्यरत नेपाली नबिन राई, केशब कार्की , जनक सिकदेल हरुले आयोजना गर्नुभयको उक्त कार्यक्रम शुक्रबार रातको ११ बजे बाट शुरु भयको थियो कार्यक्रम को शुरुमा इजरायल स्थित विभिन्न सँग सस्थाका प्रतिनिधि राजदुता बासका प्रतिनिधि मिडिया पाटनर बिसेष नेपाल बाट आउन भयका काठमाडौँ सिनेमाका नेर्देशक नायक आकाश अधिकारी र अन्य बिदेशी ब्यक्ति हरु लाई स्टेजमा आमन्त्रण गर्नु भयको थियो श्री कृष्ण अधिकारी ले संचालन गर्नु भयको उक्त कार्यक्रममा ३५० भन्दा बढी दर्शक हरुको उपस्थिति देखिनथियो
रातको २ बजे सिनेमा समाप्त भय पछि दर्शक हरु सग सिनेमा कस्तो लग्यो भनि कुराकानी गर्दा काठमाडौँ सिनेमा ले धेरै राम्रो संदेश बोकेको रहेछ हाम्रा नेता हरुले गर्न नसकेको कुरा यो सिनेमा ले गरेको पाइयो भन्दै थीय भने काठमाडौँ सिनेमाका निर्देशक आकाश अधिकारी सग कुरा कानी गर्दा उहाले भन्नु भयो दर्शक हरुको खुसि र दर्शक हरुले दिनु भयको प्रतिकिर्य सुन्दा म यक्दमै खुसि छु र कार्यक्रम आयोजना गरेर मलाई यो इजरायल सम्म आउने अवसर दिनु हुने मेरा आयोजक साथी नबिन ,केशब ,जनक लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु उहाले बताउनु भयो
इजरायल, जेष्ठ १५ - इजरायलको तेल अबिबस्थित नेपाली दुताबासले चौधो गणतन्त्र दिवसको अबसमा नेपाली समदायबीच शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदूत बैजनाथ थपलियाले संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको संस्मरण गर्दै गणतन्त्रको प्राप्ति तथा संस्थागत सुदृढीकरणमा नेपालको राजनीतिक नेतृत्व तथा आम जनताले महत्वपुर्ण योगदान पुर्‍याएको बताए ।

उनले नेपालको गणतन्त्रले सवै बर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने हुनाले त्यसका लागि सबै राजनीतिक दल सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दिशातर्फ दलहरुबीच भएको सहमति र संविधान सभाको म्याद थप गर्न आज विहान भएको सहमतिलाई स्वागतयोग्य निकास भएको बताए ।

कार्यक्रममा इजरायलको साताव्यापी आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा पुगेका भूमि सुधार मन्त्रालयका सह सचिव माधवप्रसाद रेग्मीले गणतन्त्र दिवसको अवसरमा दूतावासले आयोजना गरेको कार्यक्रममा सरिक हुन पाएकोमा प्रशन्नता व्यक्त गर्दै सवै नेपाली समुदायमा शुभकामना दिएका थिए । उनी नेपालको कृषि विकास बैंकको संचालक समितिका बरिष्ठ सदस्यहरु तथा बैंककै कर्मचारी सम्बद्ध टोलीको नेतृत्व गर्दै आइतबार तेल अबिब पुगको थिए । कार्यक्रममा इजरायलस्थित नेपाली समुदायको तर्फबाट नवीन गिरीले गणतन्त्रको विषयमा आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा इजरायलको आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा आजै तेल अबिब आएपुगेको कृषि विकास बैंक संचालक समिति सदस्य र सोही बैंककै कर्मचारीहरु सम्मिलित भ्रमण दलका सदस्यहरु, इजरायलमा व्यवसाय गरी बसेका केही नेपालीहरु तथा विभिन्न पेशामा कार्यरत नेपालीहरु लगायत राजदूतावासका अधिकृत तथा कर्मचारी परिवारको समेत समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा राजदूतावासका तर्फबाट एक जलपान समेत राखिएको थियो ।


जाउ है सबै....... हेर्नलाई "काठमाण्डौ"जाउ

आउदो जुन १० र ११ तारिखमा इजरायलको तेलअभिवको हाहगाना मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको नेपाली कथानक चलचित्र काठमाण्डौ नायक आकाश अधिकारीको साथमा । टिकट दर ९० शेकल मात्र । सहिद स्मृती अस्पताल चौपट्टा नवलपरासीको सहयोगार्थ ।



For the first time most quality Nepali movie KATHMANDU is going to be released in Israel after success in USA and Europe Please do not miss it.



After success shows in USA and Europe the quality movie KATHMANDU is going to be released in Israel on Ha-hagana - 135, Beit Barbour Hall on June 10th (Friday) and 11th (Saturday)..sharp... 9 pm the movie will be shown in full Screen as the first full screen Nepali movie show in Isarel dedicated to Poor and needy people of Nepal (Ticket rates 90 nis).



The most important motive of screening this movie is that we are going to provide the charity for the hospital named “Sahid Smriti Samudayik Hospital” in remote place called Chaupatta in Nawalparasi district.



Organizer contact us - Nabin Rai– 0547258640/ Keshav Karki- 0547297935/ Janak Sigdel - 0547215629)

Click to enlarge:



नेपाली दुतावास इजरायल द्वारा लोकतन्त्र दिवसमा उपस्थितिका लागि निमन्त्रणा :
इजरायलस्थित नेपाली दुतावासले यही बैशाख ११ गते (२४ अप्रिल २०११) आइतवारका दिन दुतावासको परिसरमा लोकतन्त्र दिवस मनाउन गइरहेको हुँदा सम्पूर्ण इजरायलवासी नेपालीहरुमा उपस्थितिका लागि अनुरोध सहित सुचना जारी गरेको छ ।

नेपाली नयाँ बर्ष २०६८को उपलक्ष्यमा इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार के सी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्य लगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो ।

नया बर्षको शुभकामना आदान प्रदान संगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुतज्यु, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो ।

शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए । भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली " नजलाउ " लिएर नेपाल देखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो ।

कार्यक्रमको दोश्रो चरणमा इजरायलको कृषि क्षेत्रमा कार्य गरि स्वदेश फिर्दै गरेका सहृदयी मित्र नर्बु शेर्पाको बिदाई पनि गरिएको थियो । यसपटकको जिरे खुर्सानी साँझमा सामुदायिक सेवाका नाउमा खुलेका अनेकौं संघ संस्थाका प्रतिनिधिहरुलाई मन्चमा आमन्त्रित नगरी, त्यस्ता व्यक्तिहरु जसले निस्वार्थ भावले बिभिन्न क्षेत्रबाट सामाजिक कार्य गर्दै आए, र जसले विशेष गरी कार्यक्रम सफल बनाउन उल्लेख्य योगदान दिए, साथ् र सहयोग गरे, उनीहरुलाई प्रशंसापत्र वितरण गरियो । नाउमात्रको संस्था खोलेर मन्चमा आसिन हुने प्रवृत्तिको बिरोध स्वरूप यसो गरिएको कुरा मेरोसंदेशका संचालक कृष्णपक्षले बताए ।

सो अवसरमा नेहा गुरुङ साइराम , विजय विष्ट, जीवन खड्का, नबिन गिरी, दिनेश दुलाल, मिन्गुर शेर्पा, तेन्जिंग शेर्पा, मिलन डल्लाकोटी, राजु सुवेदी, शिव केसी,सुर्य बस्याल, सानु मानन्धर, सुर्य सिंखडा, शंकर चौलागाईं,पेम्बा शेर्पा, केशव दाहाल, निमा शेर्पा, नेत्र दंगाल, जीवन थापा, सागर भुषाल, कुमार पौडेल, यम क्षेत्री, मोहन श्रेष्ठ लगायतका व्यक्तित्वहरु प्रशंषित भएका थिए ।

राति नौ बजे देखि बाह्र बजे सम्म संचालित सो कार्यक्रम रुपा घिमिरे र कृष्ण अधिकारीले संचालन गर्नु भएको थियो ।

गत मार्च ५ तारिखका दिन शेर्पा संघ इजरायलले "२१३८ च्याक मो च्योद लो " ल्होसार कार्यक्रम सम्पन्न गरयो।कार्यक्रमको सुरुवातमा शेर्पा संघ इजरायलको अध्यक्ष आङ्ग छिरिंग शेर्पाले शुभकामना मन्त्यब्य ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम नर्बु छिरिंग शेर्पा र सुश्री ल्हेमी शेर्पाले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा अथितिहरु :-लुम्बि...नी समाज इजरायलका चिरन्जीवी पाण्डे, ह्योल्मो समाज इजरायलका लामा गोपाल ह्योल्मो, तामांग समाज इजरायलका सुन्दर लामा, NRN इजरायलका जिबन खड्का, तमु समाज इजरायलका बेल गुरुङ, मिलाप मिनिस्ट्रीका दौलत राई, श्री सत्य साइ केन्द्र इजरायलकी नेहा गुरुङ त्यसैगरी समाजसेवी :- श्री कृष्णा अधिकारी, नर्बु शेर्पा, सुमन श्रेष्ठ, सानु श्रेष्ठ, पेम्बा शेर्पा, दिनेश दुलाल, दाली शेर्पा, माया लामा शेर्पा, मणि कड़ेलका साथै डि जे बिपिन तामांग, क्यामरामेन सुरज श्रेष्ठ र भिडियोग्राफर रुपा घिमिरेलाई आसन ग्रहण गराएको थियो सोहि कार्यक्रममा ह्योल्मो समाज इजरायलका ग्यामी ज्यावा ह्योल्मोलाई विशेष धन्याबाद दिनु भएको थियो । करिब बेलुकी ८ बजे बाट संचालन भएको कार्यक्रममा गीत,नृत्य र विशेष सेप्रु नृत्यले दर्शकहरुलाई मन्त्रमुग्न पारेको थियो। गीत गाउने क्रममा शेर्पा संघ इजरायलका सह-सचिब छिरिंग लामा शेर्पा, गायक देव कुमार चौधरी र मेरोसंदेश डट कमका ओम प्रसाई साथै नृत्य तर्फ छोटी शेर्पा र संगीता लामाले आ-आफ्नो कलालाई प्रस्तुत गर्नु भएको थियो। सोहि कार्यक्रममा कलाकार विजय बिस्ट र गायक देव कुमार चौधरीलाई सम्मान पनि गरिएको थियो। लगभग ३०० जना उपस्थिति रहेको कार्यक्रममा विभिन्न परिकारका स्वादिस्ट खानपिनहरुको पनि ब्यबस्था गरिएको थियो ।करिब बिहान ६ बजे सम्म संचालान भएको कार्यक्रममा शेर्पा संघ इजरायलका पासांग शेर्पाले कार्यक्रमको बिसर्जन गर्नु भएको थियो। उक्त ल्होसार कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट करिब ७ हजार सेकेल आर्थिक सहयोग संकलन भएको शेर्पा संघ इजरायलले बताउनु बताउनु भएको छ ।
श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५
औँ जन्मॊत्सबकॊ अबशरमा हाफ्टमान स्ट्रिट ०६ नं हल ,तेलअभिबमा एक बिशेष कार्यक्रमकॊ आयॊजना गरि अत्याधिक मात्रामा (इजरायली,नेपाली र भारतीय गरि २०० भन्दा धेरै ) भक्तजनहरू सहभागी भइ भजन,कृतन गर्नुका साथै बर्थ डे केक काटेर भब्य रूपमा जन्मॊत्सब कार्यक्रम सम्पन्न गरियॊ, उक्त कार्यक्रमकॊ उद्घघाटन नेपाली दुताबास,इजरायलकॊ द्वितीय सचिब बिष्णु गौतम ज्यूद्वारा बत्ति बालेर सुभारम्भ गरियॊ भने कार्यक्रम तालिका अनुसार लगातार तिन घण्टा जत्ती अनबरत नेपाली र हिन्दि भाषाका सुन्दर र कर्णप्रीय भजनहरू गाइए पश्चात इजरायली साइ सेन्टरका बरिष्ठ साइरामद्वारा बर्थ डे केक काटिएकॊ थियॊ ।
कार्यक्रममा श्री सत्य साइ केन्द्र इजरायलका अध्यक्ष नेहा गुरूङ (साइरामद्वारा) साइराम र धर्मकॊ परिचय र बाबाकॊ तर्फबाट भक्तजनहरूलाइ पाठाइकॊ शुभकामना सन्देश अंग्रेजी र नेपाली भाषामा सुनाउनु भएकॊ थियॊ अन्त्यमा उक्त हल उपल्ब्ध गाराइदिनु हुने इजरायली साइ सेन्टरका अध्यक्ष (इजरायली) लाइ बिशेष धन्यबाद र अन्य इजरायल स्थित संघसस्थाका प्रतिनिध,मिडीया पार्टनर,साइ अपार्टका सदस्यहरू र कार्यक्रम संयॊजकत्व गर्नुहुने बिबिध समुहहरूलाइ पनि हार्दिक धन्यबाद दिदै अन्तमा आरती भजन गाएपछि तहाँ उपस्तथीत सबै भक्तजनहरूले क्रमशः साइरामकॊ चरणमा

दण्डबत गरि आशिर्षबाद लिएका थिए र कार्यक्रमकॊ अन्तमा बर्थ डे कॊ प्रसाद ग्रहण गरि सबै साइरामहरू मिलेर इजरायलमा पनि साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ कार्यक्रम हर्सॊल्लासका साथ भब्य रूपमा सफल बनाइयॊ भन्दा युक्तीसंग हुनेछ ।


नमस्ते नेपाल इन्टरटेन्मेन्ट प्रा.लीको आय़ोजनामा अपाङ्ग पुनर्स्थापना केन्द्रको सहयोगार्थ स्वरुप श्री पाल्देन शेर्पा द्वारा  २० र २१ अगस्त २०१० का दिन इजरायलको प्रमुख शहर तेलअभिवमा नमस्ते नेपाली साँझ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली राजदूतवास इजरायलका नव नियुक्त मिनिष्टरल काउन्सिलर तथा उपियोग प्रमुख रमेश प्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सुरुवात प्रमुख अतिथीको शुभकामना मन्तव्य सँगै गरिएको थियो ।
चर्चित गायक(मङगोलीयन हर्ट) राजु लामा र हाँस्य टेलिश्रृङ्खला जिरे खुर्सानीका लेखक/निर्देशक जितु नेपाल (मुन्द्रे)द्वारा आफ्नो कला प्रस्तुत्त गरिएको थियो भने इजरायलमा रहेका कलाकारहरु द्वारा आफ्नो गायन तथा नाच प्रस्तुत्त गरेका थिए
उक्त कार्यक्रममा गायक राजु लामाद्वारा आफ्ना चर्चित गित तथा भर्खरै बजारमा आएका नयाँ गितहरु पनि प्रस्तूत गरिएको थियो भने हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)ले पनि आफ्नो प्रस्तुती प्रस्तुती बाट दर्शकहरुलाई हसाउन सफल भएका थिए। उक्त कार्यक्रममा नेपालमा रहेका अपाङ्ग बालबालिकाहरुको भिडियो समेत प्रस्तुत्त  गरिएको थियो ।




















नेपाली कामदार सहयोगी मञ्च इजरायलको आयोजनामा १३ अगस्त २०१० शुक्रवार इजरायल स्थित तेल अभिव को हाहगना(बेतवारवार) हलमा नेपाली नृत्य प्रतियोगिता २०१० सम्पन्न भएको छनेपाली कला र संस्कृतिलाई सम्मान गर्दै इजरायलमा कार्यरत नेपाली समुदायहरुबीचमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त नृत्य प्रतियोगितामा वाह्र प्रतियोगीहरु.  क्रमश:- पेम्लु शेर्पा ,हेमराज उप्रेती,मधु गुरुङ, रती महरजन,स्वस्तिका श्रेष्ठ,रेनु तमाङ, हिस्सी डोमा शेर्पा ,कविता छेत्री,योङ्जोम लामा,ज्ञान कुमारी खडगी,प्रमिला थापा,प्रमिला गुरुङ,रहेका थिए 
            थान प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाली कामदार सहयोगी मञ्च इजरायलकी अध्यक्ष श्रीमति ऋतु गिरीको सभापतित्व रहेको उक्त कार्यक्रममा आफ्नै गीत छनौट चरण, निर्णायले दिएको गीतमा नृत्य प्रस्तुत गर्नुपर्ने चरण र अन्तिम चरण गरी तीन वटा चरणमा कार्यक्रम संचालन गरिएको थियो जसको पहिलो चरणमा प्रतियोगीले आफैले छनौट गरेको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने दोश्रो चरणमा निर्णाँयक मण्डलले दिएको गीतमा दुई दुई मिनेट मात्र नृत्य प्रस्तुत गर्नुपर्ने थियो त्यस्तै दोश्रो चरण अन्तर्गत पहिलो राउन्डमा १२ जना प्रतियोगीहरु मध्ये ४ जना प्रतियोगिताबाट वाहिरिएका थिए । त्यस्तै निर्णायकले गीत छनौट गरी आफ्नो नृत्य प्रस्तुत गर्ने दोश्रो चरणको दोश्रो राउन्डमा बाँकी ८ प्रतियोगीहरुले पुन: दुई दुई मिनेटसम्म नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै दोश्रो राउन्डबाट ८ प्रतियोगीहरु मध्येबाट अन्तिम चरण फाइनलकोलागि उत्कृष्ट ४ प्रतियोगीहरुलाई छनौट गरिएको थियो भने अन्तिम चरणमा निर्णायक मण्डलले दिएको गीतको पूर्ण अंश नृत्य प्रस्तुत गर्नुपर्ने थियो । जसबाट आफू भित्र गुम्सिएर रहेको प्रतिभालाई प्रस्फुटन गराउदै भिमेश्वर नगरपालिका - १२ चरिकोट, दोलखा निवासी पेम्लु शेर्पाले पहिलोस्थान चुम्न सफल भएकी थिइन । त्यस्तै झापा निवासी हेमराज उप्रेतीले दोश्रो स्थान हासिल गरेका थिए । पोखरा निवासी मधु गुरुङले तृतिय स्थान हाँसिल गरेकी छिन्
कार्यक्रमको शुरुवात हुनुपूर्व कार्यक्रम संयोजक तेन्जिङ शेर्पाद्वारा कार्यक्रमको ढाँचा प्रस्तुत गर्नुकासाथै आयोजित कार्यक्रमका उद्देश्यहरु प्रस्तुत गर्नुभएको थियो कार्यक्रमलाई सफल पार्नकोलागि सहयोग पु-याउनुहुने सम्पूर्ण सहयोगीहरु. प्रायोजकहरु लगायत सम्पूर्ण उपस्थितहरुलाई धन्यवाद दिनुभएको थियो 
अन्त्यमा कार्यक्रमको समापन गर्नुहुँदै कार्यक्रमका सभापति श्रीमति ऋतु गिरीद्वारा विजेता प्रतियोगीहरुलाई वधाई दिंदै कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगी तथा अन्य सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अर्जुन जयसवाल,
तेल अभिभ इजरायल

मेरो सन्देश डट कमको आयोजनामा १९ जुन २०१० शनिवारको दिन तेलअभिवको सेन्ट्रल बसपार्क नजिकैको चिल्ड्रेन पार्कमा मेरो सन्देश सांस्कृतिक साँझ सम्पन्न भएको छ ।

उल्लेख्य नेपाली कामदारहरु तथा इजरायली नागरिकहरुको समेत उपस्थिती रहेको उक्त सास्कृतिक कार्यक्रम इजरायलबाट संचालित मेरो सन्देश डट कमको चिनारीकोलागि गरिएको वताइएको छ ।

मेरो सन्देश डट कमकी सह कार्यक्रम निर्देशिका प्रिया शर्माको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिकालागि नेपाली राजदुतावास इजरायलका माहामहिम राजदुतलाई निमन्त्रणमा गरिएपनि उहाँ लगायत दुतावासका कुनै पनि कर्मचारीको उपस्थिती नरहेकोले प्रमुख अतिथीको आशन रिक्त रहको कार्यक्रम आयोजक मेरो सन्देश डट कमका संचालक कृष्ण थापाले जानकारी दिनुभयो ।


Keep patience. Images are being loaded.


कार्यक्रमकी सभापति प्रिया शर्माद्वारा दिप प्रज्वलन गरी शुरुवात गरिएको उक्त कार्यक्रमको सुरुवातमा इजरायलमा रहेका सामाजिक संघ-संस्थाका प्रतिनिधीहरु, नेपाली कामदारहरुको सहयोगको लागि स्थापना भएका इजरायलीहरुलाई संचालित सामाजिक संघसंस्थाका प्रतिनिधीहरु,इजरायलबाट संचालित एक मात्र अनलाइन न्यूज मिडिया नेपाल इजरायल डट नेटका प्रतिनिधि लगायतका व्यक्तित्वहरुलाई आशन ग्रहण गराइएको थियो ।

कार्यक्रममा मेरो सन्देस डट कमकी कार्यालय व्यवस्थापक रुपा घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भने कामदारहरुको हत हितको निम्ति स्थापना गरिएको क्वाख्ले ओभदिमकी रोनी नामक इजरायली महिलाले नेपाली भाषामै मन्तव्य दिएकी थिइन । मन्तव्यमा क्वाख्ले ओभदिम नेपाली कामदारहरुको आफ्नै संस्था भएकोले यसलाई आफ्नै संस्थाको रुपमा ग्रहण गरी सहयोग गरिदिनुहुन सम्पूर्ण इजरायलमा कार्यरत कामदारहरुलाई अनुरोध गरेकी थिइन । त्यस्तै आफ्नो मन्तव्य दिंदै ३० वटा मुलुकको भ्रमण पुरा गरी ३१ औ देशको भ्रमण गर्ने क्रममा इजरायल आइपुगेका विश्व साइकल यात्री धनेश्वर क्षेत्रीले भ्रमणको क्रममा भोगेका अनुभवहरु सुनाएका थिए ।



मेरो सन्देश डट कमका कार्यक्रम निर्देशक दिनेश प्रसाईद्वारा उद्घोषण गरिएको विभिन्न नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुती रहेको उक्त कार्यक्रममा वाद्यवादक कमल पोखरेलले सारङ्गी र बाँसुरी बजाएर दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए भने इजरायलको विभिन्न समसामयिक विषयलाई लिएर हाँस्य व्यङ्ग्य नाटकपनि प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रस्तुत गरिएको समसामायिक विषयमा आधारित कलाकारहरु यसोदा घिमिरे, दिनेश प्रसाई, कृष्ण थापा, ओम प्रसाई, रुपा घिमिरे, श्याम रोका र रितु गिरीद्वारा प्रस्तुत नाटक कार्यक्रमको केन्द्र विन्दु रहेको थियो भने पेमा लामा, रेणु लामा, नोर्की लामा र थेन्दु लामाद्वारा रिमिक्स गितमा गरिएको डान्सले दर्शकहरुलाई खुवै नचाएको थियो र कार्यक्रम प्रस्तोता दिनेश प्रसाईको कुशल उद्घोषणले दर्शकहरुलाई कार्यक्रमको अन्त्यसम्म मनोरन्जन प्रदान गरेको अनुभव गर्न सकिन्थ्यो ।

कार्यक्रममा रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत क्यान्सर पिडित ल्हाक्पा शेर्पाको सहयोगार्थ दर्शक तथा विभिन्न संघसंस्थाहरुबाट संकलित २४७५ अमेरिकी डलर क्यान्सर पिडित ल्हाक्पा शेर्पालाई तथा विश्व भ्रमणमा रहेका साइकिल यात्री धनेश्वर क्षेत्रीको सहयोगार्थ दर्शकहरुबाट संकलित १००० शेकेल (इजरायली करेन्सी) साइकिल यात्री क्षेत्रीलाई कार्यक्रम आयोजक मेरो सन्देश डट कमले हस्तान्तरण गरेको थियो ।

शनिवर साँझ ८ बजेबाट शुरु भएको कार्यक्रम रातको साढे एघारबजे सम्म चलेको थियो ।


तस्विर : अर्जुन जयसवाल, आशिका श्रेष्ठ, नरेश सैंजु

Since the investigation on Unity Life International's fraud saga is being held in Nepal, Nepalese consulate & embassy in the different countries have started to aware Nepali society in the respected country.Nepalese embassy of Israel has also announced a notice regarding the matter, quoting not to deal with any unauthorized agency and unity life international.

Nepal and Israel signed an agreement with an aim to contribute to the achievement of national goals of agricultural development, promote exchange of technical and scientific knowledge for the benefit of the agricultural sectors in both countries.

Minister for Agriculture and Cooperatives of Nepal Mrigendra Kumar Singh Yadav, who visited Israel from 14-18 March, and Minister of Agriculture and Rural Development of Israel Shalom Simhon signed the agreement to this effect.

The visit of minister Yadav also coincided with the celebration of 50th Anniversary of the establishment of diplomatic relations between Nepal and Israel.

As per the pact, the two countries will also exchange data and experience on agricultural policies and their implementation and encourage cooperation between their respective associations, organisations and private sector.

The signing of the framework agreement is expected to pave the way for extension and deepening the collaboration in agriculture sector for the mutual interest of Nepal and Israel.
 
     


 Israel has reopened its agriculture sector for Nepali workers after a hiatus of three years.

Israeli firm Ross 2001 Projects Ltd recently placed demand for 40 Nepali male workers through Asia Link Service Ltd, a Nepali recruiting agency, a highly placed source at the Ministry of Foreign Affairs (MoFA) told myrepublica.com on Wednesday.


Israel - a lucrative destination for Nepali women - has stopped issuing visa to Nepali caregivers since last April, citing irregularities such as overcharging by manpower agencies in Nepal and Israel, increasing trend of using flying visa and lack of work skills of Nepali jobseekers.

Israel has proposed Nepal to involve International Organization for Migration (IOM) in the recruitment process as a condition to open Israeli jobs for Nepali workers.

Bishnu Prasad Gautam, second secretary at Nepali Embassy in Tel Aviv, has stated in the letter sent to the MoFA that the manpower agency has submitted the demand letter to the embassy for verification of the authenticity of demands placed by the employer company.

“We made necessary inquiry about the demands placed by the Israeli employer and we have been informed by Israel´s Ministry of Interior Affairs that there is no problem for receiving Nepalis as agricultural workers,” Gautam has stated in the letter.

The embassy has urged the manpower agencies to utilize the employment opportunity in Israel by exercising ethical practices in sending process. The embassy also suggested the government to immediately address the concerns raised by Israel to create favorable environment to reestablish agriculture sector in Israel as the major employment generating sector for Nepali youths.

Hansa Raj Wagle, former general secretary of Nepal Foreign Employment Agencies (NAFEA), said Israel´s offer to reopen its agriculture sector to Nepal was a great opportunity for Nepal. “We have to promote good sending practice to reap maximum benefits from the offer,” Wagle said. He further added that about 1,000 Nepalis were engaged in Israel´s agriculture sector till 2007 when Israel stopped recruiting Nepali workers.

Israel has been sourcing workers mainly from Thailand, the Philippines and Vietnam for its agriculture sector.

Nepali manpower agents said Israel might have shifted its attention to Nepali workers as Thai workers are finding more lucrative jobs in agriculture sector in other developed countries.

Israel is home to around 12,000 Nepalis, mainly female workers, and a majority of them work as caregivers.

my republica


The fortunes of hundreds of Nepali migrant workers are overshadowed by the snail’s pace progress in reopening an overseas destination. Israel has kept the door closed for Nepali workers since April 24 last year.

Despite promises from Nepali outsourcing agencies, the Ministry of Labour and Transport Management (MoLTM) and diplomatic efforts of the Ministry of Foreign Affairs (MoFA), Israel is reluctant to allow Nepalis in. “Destination Israel is uncertain,” said Sthaneshwor Devakota, executive director of Foreign Employment promotion Board (FEPB). “The ball is in Israel’s court.”

According to Devakota, the Israeli government has broken the promise it made during the visit of Minister for Labour and Transport Management Mohammed Aftab Alam on August 24. “It promised to open Israel for Nepalis within a week,” he said. Israel has asked MoLTM to punish 17 outsourcing agencies of Nepal but the ministry has not obliged.

Outsourcers here believe the Israeli claim is just a sham. “Actually, Israel wants to phase out the involvement of outsourcing agencies and bring in the International Organization of Migration (IOM),” an outsourcer said. Prevailing foreign employment laws of Nepal do not permit IOM to work in this sector.

“IOM cannot work within the existing legal framework,” said Devakota, “However, it can assist in monitoring.”

MoLTM has already sent a draft proposal to Israel promising

formation of a strong monitoring mechanism with involvement

of IOM.

“We are awaiting the response to the draft sent in the beginning of November,” he added. Israel has alleged that Nepali workers are unskilled, that there is discrimination between male and female workers by Nepali outsourcers and that the incoming workers are weak in Hebrew language.

However, DoFE and outsourcing agencies involved in the Israel business have set a standard last June — reduction of service fee to $3,400 and minimum levels of training and knowledge of Hebrew language.


Agencies
Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement