Showing posts with label feature. Show all posts
अनेसास इजरायल च्याप्टर
नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर मिति सन २०११ सेप्टेम्बर ३ शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको थियो । इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर प्रमुख अतिथि तथा अनेसास इजरायल च्याप्टरका बरिष्ठ सल्लाहकार श्याम रोक्काको अतिथि रहनुभएको थियो ।
कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर शुरू गरिएको थियो भने इजरायलमा कार्यरत नेपाली महिला अम्विका गौतमको आकस्मिक निधन भएकाले मृत आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रमलाई अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलद्वारा स्वागत गरिएको थियो भने स्वागत मन्तव्यकै अवसरमा भगवती वस्नेतद्वारा व्यस्त समयका वावजूद पनि गजलसङ्ग्रह निकालेर नेपाली साहित्यलाइ कहि न कहि ईटा थप्ने काम गर्नुभएकाले उहाँलाई बधाइ तथा कृतिको सफलताको कामनासमेत गर्नुभएको थियो ।

भगवती बस्नेतजीको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रिय सचिव हरि मानन्धर, विमोचन कार्यक्रमका सभापति कृष्णपक्ष थापा र अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलका साथमा भगवती बस्नेत स्वयं रहेर उक्त पुस्तकको विमोचन गरिएको थियो भने उक्त विमोचनमा अनेसास इजरायल च्याप्टरकि सदस्य सुमित्रा पौडेल पनि रहनुभएको थियो ।
विमोचन पस्चात पुस्तकका बारेमा बोल्नुहुदै इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाले भगवतीजीसँग सामाजिक सञ्जालहरूबाट परिचय भएदेखि हामीहरू माझ परिचित हुनुभएको थियो भने वहाँले गर्नुभएको साहित्य साधनाका कारण उहाँको साहित्य सिर्जनाका रहरहरूले उब्जाएको “रहर भो जिन्दगी” आज हाम्रो हातमा पारेको समेत बताउनुभयो ।
मन्तव्यकै क्रममा कृतिकार भगवतीजीले आफ्नो रहरै रहरमा सिर्जना गरिएको सिर्जनाहरूलाई डायरीमा मात्रै राख्दा हराउने वा महत्त्व नरहने हुनाले तिनै सिर्जनाहरूलाई केहि अग्रजहरूको सहयोगले “रहर भो जिन्दगी” पुस्तकको रूपमा परिणत गर्न सकेकिले निकै उत्साहित र हर्षित भएकिसमेत बताउनुभएको थियो भने ती सर्जकहरू ज–जस्ले भगवतीजीको यस यात्रामा हृदयदेखि सहयोग गर्नुभयो, सबैलाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मन्तव्यकै क्रमममा कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका सचिव हरि मानन्धरले भगवती बस्नेतसँगको परिचय पछि वहाँले गर्नुभएको साधनामा बारम्बार भलाकुसरी भैरहने हुनाले वहाँका यस कृतिमा सज्जित धेरै सिर्जनाहरूमा पहिले नै परिचित भैसकेका र एकापसमा सल्लाह सुझावहरू आदानप्रदान हुने हुँदा वहाँसँग साहित्यको बाटोमा धेरै समय सँगै भएकाले वहाँको “रहर भो जिन्दगी” एक उत्कृष्ट कृति रहेको भन्दै कृति भित्रैबाट पछिल्लो समयमा भगवती बस्नेतजीले व्यक्तिगत रूपमा शेयर गर्नुभएको गजल “अपुरै भो तिमीसँग हाँस्ने रहर आखिरी” वाचनसमेत गरेर सुनाउनुभएको थियो ।

कार्यक्रमको अन्तमा इजरायलको व्यस्त समयमा पनि अमूल्य समय खर्च गरेर भगवती बस्नेतको रहर भो जिन्दगीको रहरहरूमा सामेल हुन इजरायलमा कार्यरत धेरै भन्दा धेरै नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूले आ–आफ्नो सिर्जनाहरू समेत बाचन गर्नुभएको थियो । सिर्जना बाचन गर्नुहुनेहरूमा इजरायल च्याप्टरकि कार्यकारी सदस्य साहित्यकार दिप्स शाह – गजल तथा कविता, सुमित्रा पौडेल – गजल तथा कविता, कल्पना भावुक – गजल तथा मुक्तकहरू, सुनिता राई – कविता, हरि मानन्धर – गीत र स्याम रोक्काद्वारा गजल वाचन गरिएको थियो ।
विमोचन कार्यक्रममै इजरायलमा रहेर गीति एल्वम नेपाली तथा इजरायली बजारमा ल्याउनुहुने गायक ओम प्रसाद प्रसाईँले आफ्नो रचना तथा स्वरमा रहेको गीत गाएर सम्पूर्ण उपस्थित साहित्यिक मनहरूलाई मनोरञ्जन दिनुभएको थियो ।
उक्त विमोचन कार्यक्रम, च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा कार्यक्रमका बीच–बीचमा सहभागी साहित्यिक मनहरूलाई उत्साहित र मनोरञ्जन भरेर सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको समाप्ति पश्चात उक्त कार्यक्रममा सहभागीहरूलाई तीजको दर तथा खाना नास्ताको व्यवस्था गरिएको थियो ।

मधेसवादी दलका चार मन्त्रीले सपथ लिएनन्
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको एक सातापछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । पार्टी एकीकृत नेकपा माओवादीका ६ र सरकारको मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध पाँच दलका ७ जना नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सपथ गराउनु भयो ।
मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकोमा असन्तुष्ट मोहन बैद्य पक्षले भने सरकारमा जान अस्वीकार गरेपछि उनीहरुको कोटा खाली राख्दै तत्कालका लागि ६ जना मन्त्रीलाई माओवादीले सिफारिस गरेको हो ।
माओवादीबाट मन्त्री बनेका ६ जनामध्ये पाँच जना अघिल्लो सरकारमा पनि सहभागी भएका थिए भने कमला रोकाले पहिलोपटक मन्त्री बन्ने अबसर पाएकी हुन् । अघिल्लो सरकारमा १३ दिन उपप्रधान तथा गृहमन्त्री बनेका प्रकाश यसपटक उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका छन् । यसअघि उपप्रधानमन्त्रीमा सीपी गजुरेललाई पठाउने सहमति भएको भएपनि वैद्य समूहको असन्तुष्टिको फाइदा नारायकाजीले उठाएका छन् । एकताकेन्द्र मसालमा लामो समय नेतृत्वमा रहेका प्रकाश संबिधानसभा चुनावपछि माओवादीसँग पार्टी एकता गर्दै उपाध्यक्ष पदमा पुगेका थिए ।
यसैगरी अघिल्लो सरकारमा गृहमन्त्री नपाएपछि शान्तिमन्त्रीबाट राजीनामा दिएका माओवादी अध्यक्ष प्रचण्डका बिश्वासपात्र अनन्त यसपटक भने अर्थमन्त्री बन्न सफल भएका छन् । माओवादी जनसेनाका इन्चार्ज अनन्त सैन्य क्षेत्रका ज्ञाता भएपनि माओवादीमा अर्थमन्त्रालय चलाउने सक्षम उम्मेदवार नहुँदा बाबुरामसँग पनि समन्वय गर्नसक्ने खुवी भएका उनलाई अर्थमन्त्रीमा पठाइएको हो ।
उर्जामन्त्रीमा नियुक्त माओवादी सचिव पोष्टबहादुर बोगटी प्रचण्डका बिश्वासपात्र हुन, जो झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिन संचारमन्त्री भएका थिए ।
स्थानिय विकासमन्त्रीमा नियुक्त टोपबहादुर रायमाझी अघिल्लो सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए । प्रधानमन्त्री भट्टराईलाई लामो समयदेखि साथ दिंदै आएका उनी दोस्रोपटक मन्त्री भएका हुन् । भूमिसुधारमन्त्रीमा नियुक्त प्रभु साह अघिल्लो सरकारमा कानुनमन्त्री थिए, जो भट्टराईका बिश्वासपात्र हुन् ।
युवा तथा खेलकुदमन्त्रीमा नियुक्त कमला रोका भने माओवादी अध्यक्ष प्रचण्ड निकट हुन् । वाईसिएल अध्यक्ष गणेशमान पुनकी श्रीमति कमला पहिलोपटक मन्त्री बन्ने सौभाग्य पाएकी हुन् ।
सञ्चारममन्त्रीमा नियुक्त जेपी गुप्ता हालै मात्र फोरमबाट फुटेर बनेको फोरम गणतान्त्रिकका अध्यक्ष हुन् । कांग्रेसबाट राजनीति थालेका गुप्ता चतुर राजनीतिक खेलाडी मानिन्छन् । एकसमय गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहाकार रहेका गुप्ता प्रजातन्त्रकालमा पटक पटक कांग्रेसबाट मन्त्री भएका थिए भने अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरि थुनामा समेत राखेको थियो । फोरम गणतान्त्रिकको अध्यक्ष भएका लगतै गुप्ताले मधेसी मोर्चामा आवद्ध भएर अगुवाको भूमिका निभाउँदै आएका छन् । यसैगरी कृषिमन्त्री नन्दनकुमार दत्त र विनाविभागिय मन्त्री राजलाल यादव गुप्तासँगै फोरमबाट छुटि्टएर बनेको फोरम गणतान्त्रिकमा आवद्ध छन् ।
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी तमलोपाका वरिष्ठ उपाध्यक्ष हुन् । प्रजातान्त्रिक कालमा समेत नेपाल सद्भावना पार्टीबाट पटक-पटक मन्त्री भएका त्रिपाठी चतुर खेलाडी मानिन्छन् ।
सिंचाईमन्त्रीमा नियुक्त महेन्द्र यादवले हालै मात्र तमलोपाबाट छिटि्टएर तमलोपा नेपाल गठन गरेका थिए । नेकपा मालेबाट राजनीति शुरु गरेका महेन्द्र यादव एमालेबाट भौतिक योजनासहित बिभिन्न मन्त्रालय सम्हालेका थिए । महन्थ ठाकुरसँगै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका यादवले माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।
स्वास्थ्यमन्त्रीमा नियुक्त राजेन्द्र महतो सबैभन्दा धेरैपटक मन्त्री हुने भाग्यमानी नेता हुन् । लोकतन्त्र स्थापनापछि बनेका सरकारमा यसअघिको झलानाथ खनालको पालामा बाहेक अरु सबै सरकारमा उनी मन्त्री थिए । सँधै सरकारमा जान चाहने महतोले लामो सयय आपूर्ति मन्त्रालय सम्हालेका कारण उनलाई आजीवन आपूर्तिमन्त्रीसमेत भनेर ब्यङ्ग्य गरिन्थ्यो ।
मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । फोरम लोकतान्त्रिकले रक्षा मन्त्रीमा सिफारिस गरेका शरतसिंह भण्डारी, वातावरणमन्त्रीमा सिफारिस निलम बर्मा, तमलोपाले काननुमन्त्रीमा सिफारिस गरेका जितेन्द्र सोनल र तमलोपा नेपालले महिला बालबालिका तथा समाज कल्याणमन्त्रीमा सिफारिस गरेका गोविन्द चौधरी कुर्मीले भने सपथ लिएनन् ।
भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भट्टराईले १२ गते सपथ लिनुका साथै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गर्नु भएको थियो ।
यही सेप्टेम्बर २तारिख शुक्रबार साँझ इजरायलमा नवोदित गायक ओम प्रसाद प्रसाईले इजरायल मै रेकर्ड गरिएको आफ्नो पहिलो सांगीतिक एल्बम पर्खाइमाको विमोचन गरेका छन । तेल अभिभस्थित बेत बार्बर हलमा आयोजित "शायद" चलचित्रको प्रिमियर शो संगै नेपालबाट आएका कलाकार सुनिल रावल र झरना थापा लगायतको उपस्थितिमा सामुहिक रुपमा गरिएको उक्त सिडी विमोचनका अवसरमा शायदका अन्तर्राष्ट्रिय प्रवर्द्धक मोहन डोटेल, सागर भुषाल, सुमन कार्की तथा शिव केसीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा गायक ओम प्रसाईले सोही एल्वम पर्खाइमाबाट 'आज तिम्रो सम्झना' र 'मन मेरो' बोलको गीत गाएर दर्शकसामु सुनाएका थिए । 'शायद' चलचित्र प्रदर्शनको क्रममा बिच बिचमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमहरुको क्रममा सो एल्वम बिमोचन भएको थियो ।
नेपाली पप र आधुनिक गीतहरु समेटिएको सांगीतिक क्यासेट 'पर्खाइमा' भित्र सातवटा सुमधुर गीतहरु रहेका छन । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमाका गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।
आउदो सेप्टेम्बर २ तारिख "तीज" मा इजरायलको तेलअभिव स्थित हा हगाना १३५ मार्गस्थित बेतबारबर हलमा भव्य रुपमा प्रदर्शन हुन गइरहेको छ । नेपाली कथानक चलचित्र "सायाद" सिनेमाका नायक "सुनिल रावल "तथा नायिका झरना थापा" साथै 'सायद' का अन्तराष्ट्रिय प्रदर्शन संयोजक तथा मेरोसिनेमा डटकमका निर्देशक मोहन डोटेलको साथमा एक सांगीतिक कार्यक्रमसहित प्रस्तुत गरिने कुरा आयोजकले जनाएको छ ।
नेपाली संस्कृति तथा पर्यटन प्रर्बद्धनका लागि टोक्योको हिविया पार्कमा संचालित दुई दिने हिमालयन फेयर आइतवार सकिएको छ ।
बिगत चार बर्षदेखि नेपाल महोत्सवका रुपमा आयोजना हुँदै आएको यो फेयर यसपटकदेखि नाम परिवर्तन भएर हिमालयन फेयरका नाममा सुरु भएको हो । नेपाली समाज संगठन ‘नाज’को आयोजना तथा नेपाली राजदूतावास टोक्यो, जापानको परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको थियो ।
अघिल्लो बर्षभन्दा मेलामा धेरै नेपाली, जापानी तथा अन्य देशका आगन्तुकहरु आएको नाजका सल्लाहाकार भूपिगोविन्द श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न नेपाली तथा जापानी कलाकारहरुले आ-आफ्नो संस्कृति झल्कने नृत्य तथा संगीत प्रस्तुत गरेका थिए । सो अबसरमा नेपाली कलाकारहरुले लाखे नाच, धिमे नाच नेपाली लोकसंगीत प्रस्तुत गरेका थिए भने स्टलहरुमा नेपाली खानाका परिकार उपलब्ध थिए ।
मेलामा करिव ६० वटा स्टल राखिएका थिए जसमा नेपालका बिभिन्न मौलिक उत्पादन, नेपाली पर्यटन गन्तब्य लगायतका बिषयमा जानकारी राखिएको थियो । नाम परिवर्तन गरेर मेला आयोजना गरेपनि मेला अपेक्षा गरेभन्दा बढी सफल भएको दावी गरेका छन् । आइतवार बषर्ाका कारण मेला केहीवेर प्रभावित भएपनि वषर्ा रोकिएपछि आगन्तुकको भीड बढेको थियो ।
मेलामा उपस्थित भई मेला सफल बनाउन सहयोग गर्ने सवै आगन्तुकलाई नेपाली समाज संगठनका पदाधिकारी र आयोजकहरुले हार्दिक धन्यवाद दिएका छन् ।
२५ साउन, कोरिया ।
रघु त्रिपाठी
दक्षिण कोरिया माईती नेपालका प्रमुख तथा सिएनएन हिरो अनुराधा कोईराला सहितको नेपाली पत्रकारहरुको एक टोली मंगलबार कोरिया आइपुगेको छ ।
कोरियाको खाङृवन्दो, ईन्जेगुन, मान्हेमाउल स्थित फेकताम्सा गुम्बामा यहि १२ तारिख हुन गई रहेको १५ औ मान्हे पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन सो टोली कोरिया आइपुगेको हो । सन् २०११ को मान्हे पुरस्कार सिएनएन हिरो कोईरालालाई सोही दिन हस्तान्तरण गर्ने कार्यक्रम छ ।
टोलीमा कोईरालाका साथै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा एशिया पत्रकार महासंघका उपाध्यक्ष विष्णु निष्ठुरी, एशिया पत्रकार महासंघ नेपाल शाखाका उपाध्यक्ष हेमन्त काफ्ले र पत्रकारद्धय विष्णुप्रसाद सुवेदी र मनोजराज पाण्डे छन् ।
कोरियामा प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान दिने प्रजातन्त्र सेनानी तथा साहित्यकार भिक्ष् मान्हेको नाममा प्रत्येक वर्ष विश्वको मानवअधिकार,शान्ति,सामाजिक,धार्मिक,साहित्य,सांस्कृति तथा विज्ञानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई उक्त पुरस्कार प्रदान गर्दै आइएको छ ।
यसअघि उक्त पुरस्कारबाट दक्षिण अफि्रकी राष्ट्रपति नेलशन मन्डेला, कोरियाली राष्ट्रपति किम दे जुङलगायतलाई प्रदान गरिसकिएको छ ।
लिस्बोन । नेपालमा खेतीपातीको समयपछि हुने फुर्सदको समयमा धुमधामकासाथ मनाउने फाङ्गी पर्व पोर्तुगलमा शेर्पाहरुले पनि रमाइलो गरी मनाएका छन् । नाचगान, खानपीन र नव आगन्तुक शेर्पाहरुसँग परिचयसहित लिस्बोनमा रहेका सबै शेर्पाहरु भेला भएर फाङ्गी मनाएका हुन् ।
“डाँडाकाँडा काटेर को-हो को-हो जस्तो भेट भइयो, विश्वास गरेर मनपेट खोल्दै कुराकानी गरेपछि एउटै सन्तानहरु पो रहेछौं” यस्तै एतिहासिक अभिव्यक्तिको स्याब्रु नाचमा शेर्पाशेर्पिनीहरु कम्ति रमाएनन् ! समूहमा ढल्कदै नाचे, दोहोरी गाए, बेस्सरी रमाए ।
‘नेपालमा हुँदा ४-५ दिनसम्म मनाइन्थ्यो, यहाँ पनि फाङ्गी मनाउँदा नेपालमै रहेजस्तो रमाइलो लाग्यो’ युवा छेसाङ लामाले स्याब्रुमा नाच्दै भने । ‘फाङ्गीमा गाउँलेहरु एकै ठाउँमा भेला भएर दुखसुख साटासाट गर्ने, रमाइलो गर्ने, खानपीन गर्ने गरिन्छ ।’ किदुग अध्यक्ष कान्छा शेर्पाले प्रष्ट्याउनुभयो, ‘स्याब्रु नाच चाही बिहेवारी, मेलापात र वनमा चौरी चराउँदा गाइन्छ । यसमा एतिहासिक र मायाप्रीतिका शब्दहरु समावेस हुन्छन् ।’
कार्यक्रम सफलताको कामनासहित एनआरएन पोर्तुगलका उपाध्यक्ष पेम्बा शेर्पा, युरोप शेर्पा किदुग सचिव पेम छिरी शेर्पा, योगेन्द्रमिलन छन्त्याल, मिङ्गी शेर्पा र रिञ्जी शेर्पाललगायतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
किदुगलाई निरन्तर सहयोग गरेकोमा लामा सार्की शेर्पालाई खादा ओढाएर आभार व्यक्त गरिएको थियो । आगामी ल्होसारको आयोजना गर्न पेम्बा शेर्पा, निङ्मा छिरी शेर्पा, सेम स्याङ शेर्पा, केसाङ शेर्पा र ङ्वाङ ल्हामु शेर्पा गरी ५ सदस्य रहेको आयोजक समिति (लावा) गठन गरिएको छ । कार्यक्रममा सहभागीहरु सबैबीच खोलिएको रमाइलो चिट्ठामा दावा शेर्पाले प्रथम र आनन्द शेर्पाले द्वितीय पुरस्कार प्राप्त गरेका थिए ।
युरोप शेर्पा किदुगको आयोजनामा गोर्खा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता किदुग अध्यक्ष कान्छा शेर्पा र सञ्चालन सचिव धनराज शेर्पाले गर्नुभएको थियो ।