आज

उस्तै उस्तै

By कृष्णपक्ष थापा - Tuesday, March 31, 2009








परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति वा सामयिक छटपटी कुंठा , वा सबैसबै खाले भोगाईहरु समेटिन थालेको छ वा भनु ग़ज़ल दरबार कोठी वा महेफिलका परिधिहरूबाट बाहिरिएर अपरिमित भएको छ। स्वतंत्र भएको छ ।यही नया परिभाषालाइ पछ्याउदै मैले ग़ज़लभित्र राजनीति समेटेको छू, राजनीतिको चित्र कोरेको छू ।

स्वीकार्य हुनेछ भन्ने अपेक्षा सहित ।




यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै


वसन्त आयो भन्छन, कोइलीको स्वरुपमा-
कागको नौटंकी भेष छ, उस्तै उस्तै




सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै


विसंगति अन्योलपना घाऊ वर्गसंघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै


सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै

चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. sahi chha krishna jee! keep it up!

  2. jhakaas ma paryo yo gazal, krishna jee!

  3. बेजोड शब्द संयोजन छ।

    मलाई पनि लाग्छ गजललाई सुरा र सुन्दरीमा मात्रे सिमित राख्‍नु ठीक हैन (हो यो बिषयमा गजल बढि जम्छ, त्यो अर्कै कुरा हो)

    सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
    रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै




    सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
    खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै


    दुई सेरले भने देसको पुरै स्थिति ४ लाईनमा बोलेको छ ।

  4. आहा !! कस्तो राम्रो गजल दाइ !! अझै लेख्दै गर्नु ल अनि हामीलाई पढ्ने अवसर प्रदान गर्दिदै गर्नु ल !!

  5. Jhakaas rahechha krisna ji,padhirahana paaiyos tapaikaa sundar rachanaa haru.(suphi)

  6. सुनाम शिव दिलीप प्रवेश भाई र सूफी जी, तपाईहरुले मेरो ग़ज़ल पढेर मन पराई अमूल्य प्रतिक्रया दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्छु र आउदा दिनहरूमा पनि यो माया र हौसला सधै पाइरहने छू भन्ने आशा राख्छु ।

  7. gazal ramro chha, thanks for posting!

  8. बेजोड शब्द संयोजन

  9. देशको शब्द चित्रण गजलमा ! सुन्दर र शसक्त छ।

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement