आज

मन

By कृष्णपक्ष थापा - Thursday, May 21, 2009







तस्वीर-graphicshunt.com



त्यसो त मान्छेको जीवनमा कति कति नैतिक सामाजिक मर्यादाहरु छन, बंधनहरु छन र अलिखित नियमका घेराहरु पनि छन, तर मनले के मान्थ्यो? मायाले के मान्थ्यो ? यी हेर्नुस त ग़ज़ल भएर आज एकाएक मेरो मन पनि ती सबैसबैबाट एकछिनको लागि फुत्किएको छ,र स्वतन्त्र भएको छ पराग जस्तै... भ्रमर जस्तै...तपाइले पनि कहिलेकाही यस्तो अनुभूति गर्नु भएको छ की?







मनै त हो भ्रमर झै बरालिन सक्छ प्रिय

कुसुमका थुंगासंग अंगालिन सक्छ प्रिय



सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन

वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय



नौनी रैछ क्यारे मन? मायाचाहि आगो होकी?

हास्दा खेल्दा थाहै हुन्न, पगालिन सक्छ प्रिय



पिरतीमा रमाएर संसार जित्छु भन्छ कैले

कैले सानो बिछोडमा अतालिन सक्छ प्रिय



साइनोको के कुरा भो मिठो माया दिन्छु भन्छ

एक धर्को सिंदूर त पखालिन सक्छ प्रिय !





फेसबुकमा बाडनुस



चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. यो मन नै हो !

    साइनोको के कुरा भो मिठो माया दिन्छु भन्छ
    एक धर्को सिंदूर त पखालिन सक्छ प्रिय !

    यस्तै प्रकार को लाइन भा'को गित त मैले सुने सुने जस्तो लाग्यो है ! त्यो गित यस्तो छ:
    "एक धर्को सिन्दुर के हो र, त्यो त पखालिन सक्छ
    दिन्छु तिमीलाई चोखो माया, जो सँधै सँधै बाँचिदिन्छ..."

  2. एकदमै मनछुने गजल !!! साह्रै मनपर्‍यो मलाई त !!

  3. वाह ! वाह!!

    गजव सलल गयो यो पनि ।

    सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन
    वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय
    यो अल्लारे मनको स्वच्छन्द चरित्र र 'ठेगान' लगाउने उपाए भने एकदमै चित्त बुझ्यो है!

  4. अँ हो, ग़ज़ल कोर्नुपूर्व मलाई पनि मनको अन्तरकुन्तरमा यस्तै केही शव्द गीत जस्तो बनेर गुन्जिरहेथ्यो यै हो भन्ने चाही अहिले पक्का भयो। शायद यो गाना मैले कुनै बेला सुनेको वा पढेको हुनुपर्छ गज़बले प्रभावित भएछु, अब अंतिम सेर पनि बदल्नु पर्ने जस्तो पो लाग्यो है, हा हा ....... प्रेरणा चाहि यसकै हो ।

    अनिल र प्रवेश भाई लाइ धेरै धेरै धन्यवाद !

  5. हो दिलीपजी, तर वास भेटी हाले पनि उडी हिड़ने भुवालाइ राम्ररी संगालिन चाहि अली समय लाग्छ है।

  6. कृष्ण जी लाई पनि माया को हवा ले छोयो जस्तो छ...सच्चै नै यो गजब को अनुभूति हुन्छ क्यारे माया पनि....संसार उही नै हुन्छ तर पनि उही रहदैन...
    आह...मेरो दिल को मरुभूमि मा पनि कसैको मायाले बहार ल्याइदिएहुन्थ्यो नि...

  7. सामाजिक सम्बन्धले मात्र के गर्छ र मन पो मिल्नु पर्छ, अर्काले दीएको सम्बन्ध त मेटिन पनि सक्छ हैन र? सलल बगेको त छ्दै छ, हरेक शब्द र मर्म त्यस्तै राम्रो लाग्यो।

  8. कृष्ण जी तपाइको औसिको रातलाई नियाल्दै बिहानि मिर्मिरे को प्रतिक्षामा उज्जालो खोज्दै म पनि समाहित हुन आइपुगे तपाइको यात्रामा । यथार्तलाई बुइ चढेर कल्पनामा रमाउने तपाइको लेखन यात्राले निरन्तरता पाओस मेरो शुभकामना । राम्रो gajal ..

  9. गहकिला छन् सेरहरू । यथार्थलाई निकै सुँघेर सुवास बसेको छ ।
    सामाजिक बन्धनको फोस्रो औपचारिकताअघि मनकै नाता गाढा हुन्छ । एक धर्सो सिन्दूरको सीमाभन्दा आपसी विश्वासकै घेरा बलियो हुन्छ । तर त्यस्तो पाउन त निकै चर्को छ है !
    मनको गाथा कहिले चुलबुले कहिले दार्शनिक कसीको, यस्तै हो यो मन ।
    र पनि जाबो मन भन्न त सकिन्न । आखिर मनै त हो ।

  10. एकलकाटे>खै मायाको हावा कताबाट कुन्नी कतिबेला छोयो थाहै पाइएन, तर ज-जसलाई अझै छोएको छैन उ चाहि साह्रै भाग्यमानी हो नि फेरी ...
    दुर्जेय >भन्छन नि प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन रे, हो की क्या हो ...
    सिकारु>यो औसिको रातमा बाटो पहिल्याउदै यहासम्म आउनु भएकोमा धेरै धन्यवाद !
    धाइबा>हो धाइबा, सामाजिक बन्धनको फोस्रो औपचारिकताअघि मनकै नाता गाढा हुन्छ तर मन चाहि पक्का पनि जुझारू हुनु पर्छ अल्लारे हुनु हुन्न जसको त केही भर गर्न सकिन्न है।

  11. सुन्दर गजल!

    तेश्रो शेरमा 'पग्लिन' सक्छ को ठाऊँमा 'पगालिन' सक्छ प्रयोग गर्नुभएको होला, काफिया मिलाउन। 'पग्लिनु' र 'पगालिनु'ले एउटै अर्थ दिन्छन् र?

  12. धन्यवाद बसंतजी, हो काफियाकै लागि यो सब जोरजाम, यहानेर मन पग्लिने कुरा त चल्तिमा छदैछ, तर यो चाहि आगोले मैन "पगाल्न सक्छ" भन्ने सेन्समा हो है, जसको वाच्य परिवर्तन (आगोद्वारा) मैन "पगालिन सक्छ" भन्ने नै हुन्छ, मैन पग्लन सक्छ"लाइ आधार मानेर भाववाच्य बनाइएको हो की भन्दा चाहि यो गलत छ, धातु केलाउदा पग्लनु र पगाल्नु - लगभग विपरीत जस्तै अर्थ लागेपनि कर्मप्रधान भएर प्रयुक्त हुदा भने उस्तै अर्थ लाग्दा रहेछन।

  13. सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन
    वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय
    अति सुन्दर गजल ।बिशेष गरि यो शेर मन पर्यो ।

  14. perfect...

    i liked this one more

    नौनी रैछ क्यारे मन? मायाचाहि आगो होकी?
    हास्दा खेल्दा थाहै हुन्न, पगालिन सक्छ प्रिय

    may be some words give little bit different meaning... i liked its composition

  15. दिनेश र मिलनजी मन परेको सेर उल्लेख गर्दै प्रतिक्रया लेख्नु भएकोमा ! साच्चै भावःहरु आफ्नो दर्शन र रोजाई अनुसार फरक फरक हुन्छन र त्यसको अर्थ पनि व्यक्तिगत धारणा अनुरूप वेग्लै लाग्न सक्छन। पाठक भएर हेर्दा मैले पनि धेरै ठाउमा यस्तो अनुभव गरेको छु, र यो अनुभव पोख्दा लेखकको चाहि मन फुरुंग हुने पनि अनुभव गर्दैछु ।

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement