आज

मालसिरिको धून राजै..

By कृष्णपक्ष थापा - Friday, September 25, 2009

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !




मालसिरिको धून राजै, बज्छ किन आज फेरी
दशैं दुख्छ तिहार दुख्छ, प्रवासीको माझ फेरी

शरदको खुला आकाश हट्यो होला हिलो मैलो
मौसम आयो सजाउन, उस्तै सज्जा साज फेरी

देउसी भैलो साथि संगी चंगा हुन्थे आकाशमा
कतै भेटिएन यहाँ , त्यो खुसीको राज फेरी

"टिका लाउन आइज कान्छा,अब तेरो पालो आयो"
निधार छ खाली आमा, सुन्छु तिम्रै आवाज फेरी

दिनहरु त बिताउदो हो, यताउता यसै गरी
भक्कानिन्छ कृष्णपक्ष, बिरानो यो साँझ फेरी ।






चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...

  2. बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

  3. भक्कानो उमार्यो तपाईंको यो गजलले ।

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement