आज

नया बर्षको कामना यसरी...

By कृष्णपक्ष थापा - Saturday, December 26, 2009

आज यौटा तान्का टासेर सबैमा नया बर्षको शुभकामना दिन चाहन्छु ।

वौद्ध धर्म र जेन परम्पराको प्रभाव तान्काको आत्मा हो । चौधौं शाताव्दी लामो इतिहास बोकेको यो कविताको लोकप्रियताको कसी मानयोशु काव्य संकलनलाइ लिन सकिन्छ, यद्यपि आजपनि यसको चेतना प्रभाव, शक्ति र क्षमताप्रति उत्तिकै विश्वाश छ । नया बर्षको शुभकामना दिने केहि पृथकपनाको खोजि गर्दै म हज्जारौं बर्ष पछाडी फर्किएको छु, "साहित्यको सिमा हुदैन, यो कुनै देशको पनि हुदैन त्यसैले यतिखेर तान्का यहाँ मेरो भएको छ" । कसको/के विधा भित्र्याइस हँ भनेर औंला उठाउनेहरुलाई मेरो रेडिमेड जवाफ । यो तांका कामना हो नया बर्षको, यसको सौन्दर्य जस्तो सुकै देखिए पनि, शास्त्रीय संरचना भित्र लेखिएका यी हरफहरुको प्रभाव सबैको मन मस्तिष्कमा पुगोस र ऋचामन्त्र झैं अनुभूत र ग्रहण होस् ।

यसरी शुरु हुन्छ ....



ए प्रमिथस!
धपक्क भइ केहि
उदायो हेर
अब तिमी खोज्नेछौ
अग्नी हैन उज्यालो ।




मुसोरुपी कुचीले कम्प्युटरको भित्तालाई क्यानभास मानेर कोर्दा यस्तो भयो ।यो चित्र वा ग्राफिक कन्सेप्टसंग तान्काको कुनै प्रत्यक्ष सम्बन्ध भने छैन है :)

चिरबिर चिरबिर, become a fan on फेसबुक

  1. कृष्णपक्ष जी, तान्का सटिक र मिठासले भरिएको छ । मैले खोज्ने गरेको ‘रुपान्तरण’लाई स्पर्श गर्नुभएछ ! अब अरुको आलोचना गरेर बस्ने बानी त्यागि दिनुपर्छ हामीले । आफुलाई चाहिने ‘उज्यालो’ हामी आफैँले खोज्नुपर्छ जस्तो लाग्छ । अनि मात्र सबैतिर उज्यालो रुपान्तरित हुनेछ । तान्कामय टाँसोका लागि धन्यवाद है ।

  2. उत्तिकै निर्मल शुभकामना तपाईंलाई पनि नयाँ वर्ष (सन २०१०) को !

  3. जेन कथा वा 'जेन वाक्य' भित्र पुरै उपनिषद अटेको हुन्छ रे !
    सानो देखिने चार लाईनका वाक्य र छ लाईनका कथाले जीवनको पुरै रहश्यलाइ उजागार गर्छन ।

    माथीको चार लाईनमा पनि मैले बुझेको भन्दा अरु गुण कुराहरु पक्कै छन तैपनि जे जती बुझें त्यो पनि अलौकिक नै छ ।

    साधारण देखिने तपाईको चित्र पनि विशेष छ है!

    नयाँ बर्षको हार्दिक शुभकामना सहित ।

  4. हा हा..रेडिमेड जवाफ घत पर्यो मलाई नि । त्यसोभए मैले नि लिए यो तान्का sms मा फर्वार्ड गरिदिन्छु । बुझै बुझुन् नबुझे नबुझुन् ।

    चित्र पनि मनपर्यो मलाई त । innovative creation!!

    अन्तमा तपाईलाई नि हेप्पी २०१०!!

  5. कृष्ण जी ! ह्यापी ब्लगिंगको साथै नव बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !

  6. नव बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !

  7. लौ त तपाई लाइ र अरु सबै साथीहरुलाई नि सुभकामना !

  8. तान्का संगै प्रस्तुत शुभकामना बोकेका हरफहरुले थोरै शब्दमा हजारौ नवबिहानी उज्यालो खोजेको आभास हुन्छ मेरोमा चित्रले प्रस्फुटन हुने मौका पाएन सायद कनेक्सनको खराबी होला

    कृष्ण जी नयाँ बर्षा २०१० को मंगलमय शुभकामना !!

  9. नव बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना है कृष्णजी।

  10. पूर्वको मधुरो घाम फेरिएकै छैन
    बदलियो नारा तर काम फेरिएकै छैन
    नयाँ केही भएकै छैन
    पुरानो केही गएकै छैन
    अनि कुन मनले व्यक्त गरूँ खुसी ?
    गर्नु परेकै छ अप्ठेरोको सामना
    यो बेलामा भन साथी,
    कुन शब्दले दिऊँ
    नयाँ वर्षको शुभकामना ?

  11. तान्काका बारेमा खोजीनीति गर्ने हुटहुटि जगाईदिनुभयो, धन्यबाद!

    कृष्णजी र यहाँ पाल्नुहुने पारखी पाठकहरु सबैमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

  12. शुभकामनाको यो तरिका पनि राम्रो लाग्यो | कृष्णपक्षजीको यो साल सुखद रहोस, शुभकामना !

  13. कृष्णजी र यहाँ पाल्नुहुने पारखी पाठकहरु सबैमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement