इजरायलमा नमस्ते नेपाल इन्टरटेन्मेन्ट प्रा.लीको आय़ोजनामा
By कृष्णपक्ष - Monday, August 23, 2010
नमस्ते नेपाल इन्टरटेन्मेन्ट प्रा.लीको आय़ोजनामा अपाङ्ग पुनर्स्थापना केन्द्रको सहयोगार्थ स्वरुप श्री पाल्देन शेर्पा द्वारा २० र २१ अगस्त २०१० का दिन इजरायलको प्रमुख शहर तेलअभिवमा नमस्ते नेपाली साँझ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली राजदूतवास इजरायलका नव नियुक्त मिनिष्टरल काउन्सिलर तथा उपियोग प्रमुख रमेश प्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सुरुवात प्रमुख अतिथीको शुभकामना मन्तव्य सँगै गरिएको थियो ।
चर्चित गायक(मङगोलीयन हर्ट) राजु लामा र हाँस्य टेलिश्रृङ्खला जिरे खुर्सानीका लेखक/निर्देशक जितु नेपाल (मुन्द्रे)द्वारा आफ्नो कला प्रस्तुत्त गरिएको थियो भने इजरायलमा रहेका कलाकारहरु द्वारा आफ्नो गायन तथा नाच प्रस्तुत्त गरेका थिए।
उक्त कार्यक्रममा गायक राजु लामाद्वारा आफ्ना चर्चित गित तथा भर्खरै बजारमा आएका नयाँ गितहरु पनि प्रस्तूत गरिएको थियो भने हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)ले पनि आफ्नो प्रस्तुती प्रस्तुती बाट दर्शकहरुलाई हसाउन सफल भएका थिए। उक्त कार्यक्रममा नेपालमा रहेका अपाङ्ग बालबालिकाहरुको भिडियो समेत प्रस्तुत्त गरिएको थियो ।









