आज

डायरीको पाना

By कृष्णपक्ष थापा - Sunday, November 7, 2010



प्रकरण १

च्यातिएको डायरीको पाना कसैले भेट्यो लेखिएको थियो -

" कहिलै नहिडेको यो बाटो, यो ठाउँ वा परदेश नियतिको चौरस्तामा पठाएर तिमीले छोडी गएपछि फेरी किन मलाइ खोज्दै खोज्दै लखेट्दै लखेट्दै पछ्छ्याई रहन्छन रातभरी निसास्सिएर बिहान फुत्किएको हुस्सु जस्तो तिम्रो झुठो प्रेम र प्रेमालापका निष्ठुरी स्मृतिहरू ? किन किन ? कहिलै नफर्कने गरि तिम्रो साथ् कतै छुटे पनि हरेक बिहान किन मेरो परेलीको डिलैनेर जिस्काउन आउँछ तिम्रो नक्कले आँखा झिमिक झिमिक ....?"

यो उनैको हस्ताक्षर हुनुपर्छ , एउटाले तुरुन्तै अनुमान लगायो ।

उनी हराइन कुनै अस्पष्ट सम्झना जस्तै, फ़ेरिईन् कुनै अस्थीर मौसम जस्तै । त्यो एकलास सुनसान जंगलको बिरानो ढुंगा जहाँ कोही देउता सम्झेर पुज्न किन जान्थ्यो अचेल ? उनको स्मृतिमा वाल्यकालका धेरै समयहरु सल्बलाउन थाल्छन। जतिबेला हरेक थोत्रा टालाटुली पुतली हुन्थे र प्रत्येक ढुंगाहरु देउता । केटाकेटी न थियौं - उनि फिस्स हास्छिन । त्यही ढुंगा जस्तै उनी एक्ली भईन ।

एक्लै हुनु कतै मेटिनु, बिलाउनु वा पुरिनु जस्तै हुदो रहेछ, उनी मेटिईन कुनै प्रेमिकाले बालुवामा कोरेको कविताजस्तो वा रुखको बोक्रामा खोपिएको प्रेमको संकेत जस्तो । समय न रहेछ - कति छिटो बिर्सिईएं म केटाकेटीको सपना जस्तो ।

कसैसंग गुनासो पनि छैन, तर एउटा प्रश्न भने सधै तेर्सिई रहन्छ उनको मनमा - सबै ठिक हुदा हुदै किन म अरुभन्दा फरक ? किन असामान्य ? न उनको प्रश्न कसैले बुझ्छ, न प्रश्नको कारण नै । आफैमाथि सोध्छिन, प्रश्न माथि प्रश्नका खातहरु उनी ।उसको त के कुरा? रंगीचंगी धागो बटुलेर कतै नौलो ठाउँमा जालिमाया बुनिरहेको होला, वसन्त फुल्ने याममा भुलेर प्रेमको गीत गाइरहेको होला। साच्चै छोडेर जानेको सम्झना कति धेरै हुदो रहेछ? हठात यो दर्शन माथि विश्वास बढ्छ ।

विदेश आएको पनि २ बर्ष भैसकेछ ।

त्यो अभागी दिन किन लेखियो जसले बाध्यताको पखेटा हालेर उनलाई विदेश पठायो र एक्लो बनायो । "हुन त मान्छे सधै एक्लै न त छ, साथहरु त केवल भ्रम मात्र हुन्" आफुलाइ सम्झाउनुको बिकल्प थिएन । कहिले काही बाटोमा हिड्दा हिड्दै बोलाउथ्यो उ - उनको प्रेम । कहिले ढोका ढकढक गर्थ्यो , सबेरै दैलो खोल्दा टुप्लुक्कै झुल्कन्थ्यो । कहिले त आफ्नै विछ्यौनामा हुन्थ्यो पल्टिरहेको - कुनै अबोध बालक जस्तै । प्रेमका दुश्मनहरुले बन्द गरेको पर्खाल नाघेर नेपाल देखि कसरी आइपुग्यो उ यति सजिलै ?

तर ती सब सपनाहरु हुन्थे, अवचेतन दिमागमा छापिएको उसको तस्वीर निन्द्राको घरभित्र खेलिरहेको .. मात्र तस्वीर । उसले त चटक्क छोडेर गैसकेको थियो, बिरानो गाउँमा अँध्यारो गल्लीको बेबारिस ढुंगा जस्तै ।

प्रकरण २

प्रवासी समाजको कार्यक्रम
वूडमान्डू क्लब, तेल अभिभ

वक्ताहरुले बोल्ने क्रम सकिएपछि " महिला स्वर इजरायल"कि प्रतिनिधि र रेस्पेक्ट टु वर्कर्स संस्थाकी स्वयम सेविकाले अलिकति समय मागेर सुनाइन - महिला हराएको सुचना ।

करिब दुइ बर्ष अघिदेखि यहाँ काम गर्दै आउनु भएकी एउटी महिला मानसिक सन्तुलन विक्षिप्त भएको अवस्थामा हराउनु भएको छ । एउटा नेपालीको नाताले उनलाई उपचार गर्नु , सहयोग गर्नु र समयमै नेपाल फर्काउनु हाम्रो कर्तव्य हो । त्यसैले यहाँहरुमध्य जो कसैले देख्नु भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, नेपाली दुतावास वा निम्न सामाजिक संस्थाहरुमा निम्न अनुसारका नम्बरहरुमा खबर गरि दिनु हुन बिनम्र अनुरोध गर्दछु ।

हुलिया -- गहुँ गोरी, अग्ली, यस्ती, अन्दाजी यति बर्षकी ।
सम्पर्क -- यति यति यति ।

तर उहाँ अलि रिसाहा हुनुहुन्छ, नचिनेको मान्छे अगाडी जाँदा पिट्न पनि सक्नु हुन्छ नि, ख्याल गर्नु होला है ।
एउटा अनिच्छित हाँसोले त्यो पुरै हल धेरैबेर गुन्जिई रह्यो ।

डायरीका ती हरफहरु लेख्ने मान्छे, सबैको आँखा छलेर सुटुक्क बाहिर निस्किएको कसैले पत्तै पाएन ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement