आज

नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको अध्यक्षमा जीवनाथ शिवाकोटी निर्विरोध निर्वाचित

By कृष्णपक्ष - Monday, February 7, 2011

माघ २४ काठमाडौं ।  नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको अध्यक्षमा जीवनाथ शिवाकोटी निर्विरोध निर्वाचित हुनु भएको छ । महासंघका अध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष गोविन्द आचार्य, महासचिव पोषण केसी, सचिव रामजी दाहाल र केन्द्रीय प्रतिनिधि दिपक पाण्डेको उपस्थितिमा आज भएको दोस्रो अधिवेशनबाट शिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यसअघि, साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष झाले महासंघले संचार गृहमा काम गर्ने श्रमिक तथा पत्रकारहरुको कल्याण कोष स्थापना गर्ने कार्य अघि बढाएपनि संचार गृहका संचालकहरुको असहयोगका कारण कल्याण कोष स्थापनामा अफ्ठ्यारो परेको बताउनु भयो । उँहाले श्रमजिवी ऐन एउटा संचार गृहमा काम गर्ने सम्पूर्ण श्रमिकहरुको ऐन भएकाले पत्रकारहरुको मात्र ऐनका रुपमा नलिन आग्रह गर्दैै यसलाई कार्यन्वयन गर्ने तर्फ सबै श्रमिक वर्गको सहयोग र समर्थन आवश्यक रहेकोमा जोड दिनु भयो । उँहाले नेपालका संचार क्षेत्रमा देखिएका समस्या समाधान तथा मुद्दाहरुलाई अघि बढाउन नयाँ बनेको सरकार सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।

साधारण सभाले केन्द्रीय पार्षदमा राजन शर्मा, गणेश वस्नेत, डिल्ली वस्याल, मनोज घिमिरे, शान्तिराम कार्की, सन्तोष खड्का, कमल राना र गार्डिका वज्रचार्यल चयन भएका छन् । त्यस्तै कार्यसमितिको उपसभापतिमा सरिता पौडेल, सचिवमा निर्मल दाहाल, कोषाध्यक्षमा कृष्णदेव रुपाखेती र सहसचिवमा सुजना श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा नवराज तिमल्सिना, मनोज पाण्डे, असिन राई, अनिल श्रेष्ठ चयन भएका छन् । तीन सदस्य भने कार्यसमितिले पछि चयन गर्ने छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement