आज

६ दिन पछि महेन्द्रज्योतिमा पढाई सुचारु

By कृष्णपक्ष - Tuesday, February 8, 2011

राजेन्द्र न्यौपाने
माघ २५ गोरखा। महेन्द्रज्योति उच्च माध्यमिक विद्यालय बन्द भएको ६ दिन पछि २३ गतेदेखि पढाई सुचारु भएको छ । जिल्लामा क्रियाशील तीन राजनैतिक दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेवीच विद्यालयमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबारदेखि विद्यालय सुचारु गर्न पहल शुरु भएको छ ।

माओवादीका जिल्ला सेक्रेटरी चुडामणि खड्का, नेपाली काँग्रेसका सभापति हरी घले र नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेत सहित जिल्ला शिक्षा कार्यलयमा बसेको बैठकमा तीन बुँदे सहमति सहित विद्यालय खुलाउने वातारण बनाइएको थियो ।

गणित विषयका शिक्षक भाइकाजी श्रेष्ठ विद्यालयमा ७० दिन पढाउन नजाँदा गणित विषयको टेष्ट परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीहरुले च्यातेपछि विद्यालयको वातावरण १७ गतेदेखि असहज बनेको  थियो ।

विद्यालयमा नआउने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले कारवाही गर्न जिल्ला शिक्षा कार्यलय सिफारीस गरेपछि १५ जना शिक्षकले राजीनामा दिएका थिए । विद्यालय व्यवस्थापन समितिले नियम अनुसार राजीनामा स्वीकृतिका लागि जिल्ला शिक्षा कार्यलयमा पत्राचार   गरेपछि १५  जना शिक्षक मध्ये गणित शिक्षक भाइकाजी श्रेष्ठ बाहे १४ जना शिक्षकहरुले २२ गते बेलुका राजिनामा फिर्ता लिएका थिए ।

व्यवस्थापन समितिका अध्यक्षले भने गणित शिक्षक भाइकाजी श्रेष्ठले विना जानकारी ७० दिनसम्म विद्यालयमा हाजिर नभएकाले विद्यालय र विद्यार्थीको भविष्यमा समेत ठूलो क्षति पुग्ने भएकोले उनको मावि तृतीय अस्थायी दरवन्दीबाट निमावि दरवन्दीमा फिर्ता गराई रिक्त मावि दरवन्दीमा शिक्षा कार्यालयले पदपूर्तिका लागि आवश्यक प्रक्रिया चाल्नु पर्ने प्रतिक्रिया दिएका छन् । त्यसो त जिल्ला शिक्षा कार्यालयले भने शिक्षकले पढाउनु पाउनु पर्ने अधिकार रहेको जनाएको छ ।

विद्यालयको स्थगित टेष्ट परीक्षा २५ वा २६  गते हुने कुरामा द्विविधा रहेको जिशिकाले जनाएको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement