आज

१४ बुँदे सहमति कार्यान्वयनको माग राख्दै नुवाकोटका शिक्षकहरुले आज जिल्ला शिक्षा कार्यालय घेराउ

By कृष्णपक्ष थापा - Thursday, February 3, 2011

माघ २०, नुवाकोट ।
शिक्षकका पेशागत संगठनहरु र सबै सरोकारवाला संघ संस्थाहरुको सहमतिमा गत वर्ष भएको १४ बुँदे सहमति कार्यान्वयनको माग राख्दै नुवाकोटका शिक्षकहरुलेल आज जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् ।

वर्षौंदेखि अस्थायी रहेका शिक्षकहरुलाई प्रकृया पु¥याएर स्थायी गर्ने मन्त्रिपरिषदको निर्णयलाई उल्टाउँदै हालै सरकारले खुल्ला प्रतिष्पर्धाबाट स्थायी गर्ने निर्णय गरेपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

अस्थायी शिक्षकलाई प्रकृया पु¥याई स्थायी गर्ने, शिक्षकहरुलाई निजामति सरह सुविधा दिइ विदाइ गर्ने तथा प्रावि द्वितीयलाई निमावि तृतीय र निमावि द्वितीयलाई मावि तृतीयमा पदस्थापन गर्ने सहमतिका प्रमुख बुँदाहरुलाई पनि तत्काल कार्यान्वयनमा शिक्षक संगठनहरुले माग गरेका छन् ।

नेपाल शिक्षक युनियन, अखिल नेपाल शिक्षक संगठन,  नेपाल राष्ट्रिय शिक्षक परिषद, राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,  राहत शिक्षक जिल्ला संघर्ष समिति, अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्षहरुले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तीमा अस्थायी शिक्षक आन्दोलन समितिले गर्ने विरोधका कार्यक्रम र आन्दोलनहरुप्रति पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गरेका छन् ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement