आज

सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको सातौं जिल्ला सम्मेलन सम्पन्न

By कृष्णपक्ष - Sunday, February 6, 2011


माघ २३ काठमाडौं।
सिन्धुलीबाट काठमाडौं आई विभिन्न पेसा र व्यवसाय गरी बस्ने एमाले समर्थित सिन्धुलीवासीहरुको संगठन सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको सातौं जिल्ला सम्मेलन एमालेका पोलिट्ब्युरो सदस्य रामचन्द्र झाको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ ।

सिन्धुली काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तारानिधि पोखरेलले सभापतित्व गर्नुभएको सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव देवकोटा, विषमलाल अधिकारी, एमाले सिन्धुली जिल्ला कमिटीका अध्यक्ष कमलजंग राई, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य गणेश पाहाडी, भोजराज ढुंगेल, केन्द्रीय सल्लाहकार गोमा देवकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । मञ्चको आगामी दुई वर्षका लागि नेतृत्व चयन  गर्न भएको निर्वाचनमा अध्यक्षमा तारानिधि पोखरेल, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, सचिवमा धनबहादुर पुलामी, सहसचिवमा संगीता ठकुरी र कोषाध्यक्षमा केदार अधिकारी निर्वाचित हुनु भएको छ ।

कार्यसमिती सदस्यहरुमा  उदय सुनुवार, नारायण सुनुवार, शान्ति दाहाल, मन्जु थापा, नारायण पोखरेल, राजु बराल, सरोज पुलामी, अमर थापा, वेद राना, माधव देवकोटा, भवानी काफ्ले, वसन्त न्यौपाने, ध्रुव घिमिरे, मीन थापा, पुष्कर आचार्य, प्रेम दाहाल, ललित सुनुवार, अप्सरा दाहाल, हरि श्रेष्ठ, गंगाराम नेपाली सहित २५ सदस्यीय कमिटी गरिएको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement