आज

पोखरामा रेस्लिङको रौनक

By कृष्णपक्ष - Thursday, March 10, 2011

शिव शर्मा
पोखरा रंगशालामा दर्शकहरूको कौतूहलबीच प्रारम्भ भएको रेस्लिङमा जापानी रेस्लर फुगो फुगो यामुची तथा नेपाली रेस्लर मिस्टर याक रिङमा देखिए । अघिल्लो वर्ष पनि पोखरा आएका जापानी रेस्लर यामुचीले दोस्रो पटक फेरी नेपाल आएको भन्दै दर्शकलाई हात हल्लाएर अभिवादन गरे ।

यस पटक रेस्लिङको विशेष आकर्षण महिला रेस्लर बने । क्यानाडाकी मलिसा तथा बेलायतकी वेथलेनीको घम्साघम्सीले रंगशालाको वातावरण तात्यो । नेपाल खेलाडी तथा प्रशिक्षक संघ कास्की, गोल्डेन सिने इन्टर ट्रेनर्स प्रालि तथा प्रोफेशनल रेस्लिङ संघको संयुक्त आयोजनामा सम्पन्न खेलमा तीन ने पाली रेस्लर अजिंगर, हिक्मत, माट्वी तथा लिजरकिङको भिडन्त खेलको उत्कर्ष थियो भने अस्टे्रलियाकी आट्ली ज्याक्सन रिङ बाहिर आक्रामक रूपमा प्रस्तुत भएकी थिइन् ।

अघिल्लो वर्षको चैतमा पोखरेलीहरूको मन जितेका अमेरिकन रेस्लर बिग भिटो तथा नेपाली रेस्लर हिमालयन टाइगरको भिडन्त हेर्न व्यग्र प्रतीक्षमा बसेका दर्शकलाई उनीहरूले पर्याप्त मनोरञ्जन प्रदान गरे ।

काठमाडौंमा भएको खेलमा बिग भिटोबाट पराजित भएका हिमालयन टाइगरले पोखरामा त्यसको बदला लिए । हिमालयन टाइगरको जितमा उनकी श्रीमतीले नेपालको झन्डा फहराएकी थिइन् । प्रतियोगिता सकिएपछि विदेशी रेस्लरसँग हात मिलाउन र उनीहरूलाई छुन दर्शकहरूले हानथाप गरेका थिए । खेलमा ६ राष्ट्रका ८ जना अन्तर्राष्ट्रिय रेस्लर तथा ६ जना नेपाली रेस्लरले तीन घण्टा मनोरञ्जन प्रदान गरे ।
ekantipur

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement