आज

तीन हजार वर्ष पुरानो मुस्ताङे गुफामा 'आधुनिक बंगला'

By कृष्णपक्ष - Thursday, March 3, 2011


ज्ञान न्यौपाने,
मुस्ताङका प्राचीन गुफाहरूमा आधुनिक जीवनशैलीका अवशेष फेला परेका छन्। तीन हजार वर्ष पुरानो मानिएको मानवनिर्मित एक गुफाको बनोट बंगलाजस्तै छ। अनुसन्धानका क्रममा अहिलेकै जीवनशैलीसँग मेल खाने किसिमका विभिन्न चिह्न भेटिएको पुरातत्व विभागले जनाएको हो। विभागका अनुसार २० कोठे गुफामा भेटिएका पूजाकक्ष, ध्यानकक्ष, भान्सा र शयनकक्ष तथा चर्पीका अवशेष अहिलेकै सभ्यतासँग मेल खाने खालका छन्।


भिरालो र जोखिमयुक्त पहाडमा बनाइएका गुफाको अध्ययनका क्रममा भेटिएका मानव कंकाल १५ सय वर्ष पुराना र तिब्बती बोन धर्मको ८ हजार पृष्ठको ग्रन्थ १४औँ शताब्दीको रहेको पुष्टि भएको अनुसन्धान प्रतिवेदन विभागले शुक्रबार सार्वजनिक गरेको थियो।
गुफामा दैनिक जीवनमा आवश्यक कक्षहरूसँगै शव राख्ने कोठासमेत छुट्टै भेटिएको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले बताए।


अहिलेका आधुनिक बंगलामा झैं गुफाभित्र प्रत्येक कोठामा हावा र प्रकाश छिर्ने व्यवस्था मिलाइएको छ।


अमेरिकी पुरातत्वविद्को समेत संलग्नतामा सन् २००८ बाट सुरु मुस्ताङका प्राचीन गुफाको जारी अनुसन्धान २०१३ सम्म गरिने विभागले जनाएको छ।


स्थलगत अध्ययनले तत्कालीन मानवीय जीवनयापन शैली पत्ता लागेको अनुसन्धाताले जनाएका छन्। 'एउटै गुफाभित्र धेरै कोठा भेटिए, एउटैमा २० कोठासम्म,' लामाले भने। २० कोठे गुफालाई पुरातŒवविद्ले 'झोङ क्योरे नर्थ' नाम दिएका छन्।


पूजा कोठामा विभिन्न धार्मिक चित्र र खाना पकाउने ठाउँमा भाँडाका टुक्रा भेटिएको उनले जानकारी दिए। 'गुफाभित्र पनि अहिले बाहिर बस्तीमा रहेका जस्तै ढाँचाका चर्पी भेटिए,' लामाले भने।


रेखदेख अभावले गुफाहरू भत्किँदै गएको र माटोले पुरिएर कतिपय गुफामा जानसमेत नसकिने अवस्था रहेको विभागले जनाएको छ।


अध्ययनमा विभागका अनुसन्धान अधिकृतसँगै अमेरिकी मानवशास्त्री तथा पुरातत्वविद् मार्क एलेर्न्डफर र पाँचपटक सगरमाथा आरोहण गरेका पिटर एथेन्स संलग्न छन्।
nagariknews

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement