आज

'मिस्टर मंगले' राजधानीमा

By कृष्णपक्ष - Wednesday, March 2, 2011


तीन वर्षअघि नै मोफसलमा प्रदर्शनमा आएर राम्रै चर्चा कमाएको फिल्म 'मिस्टर मंगले' शुक्रबार मात्रै राजधानी छिर्ने भएको छ ।
मिराकल फिल्मस्को ब्यानरमा बनेको उक्त फिल्मले २०६६ को नेफ्टा केटीभी अवार्डमा सर्वाधिक २१ विधामा मनोनीत हुँदै उत्कृष्ट निर्देशनसहित ६ विधामा अवार्ड जितेको थियो । सोही वर्षको राष्ट्रिय फिल्म अवार्डमा समेत चरित्र अभिनेत्रीको उपाधि जितिसकेको 'मिस्टर मंगले' टेम्पोमा दूध बेच्दै हिँड्ने एक गरिब गाउँले युवकको कथा हो ।
किशोर रानाको निर्देशनमा बनेको उक्त फिल्म आउँदो शुक्रबारदेखि विश्वज्योतिलगायतका १४ हलमा लाग्नेछ । शुक्रबार नै लाग्ने भनिएको फिल्म 'ब्याच नं. १६' एक सातापछि सरेपछि 'मिस्टर मंगले'लाई राहत भएको छ । 'पालो कुर्नुपर्ने भएकाले राजधानीमा चल्न ढिलो भएको हो,' फिल्मका निर्माता तथा नायकसमेत रहेका वीरेन श्रेष्ठले भने, 'तर विषयवस्तुका कारण पनि फिल्म हेर्दा पुरानो लाग्दैन ।' पारिवारिक प्रेमकथा बताइएको फिल्ममा पात्र चरित्रलाई सजीव उतार्न उखान, टुक्का मिश्रति पृथक् संवादमा जोड दिइएको फिल्म पक्ष को दाबी छ । स्त्रिmप्ट र संवाद युगेश रायमाझीले लेखेका हुन् ।
वसन्त श्रेष्ठको नृत्य र हिमाल केसीको द्वन्द्वनिर्देशन रहेको फिल्ममा प्रमोद खरेल र राम कार्कीले संयुक्त रूपमा संगीत दिएका हुन् । फिल्ममा वीरेनसहित रेखा थापा, अरुणिमा लम्साल, मिथिला शर्मा, दिवस उप्रेती, राकेश लामालगायतको मुख्य अभिनय छ ।
source:-ekantipur

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement