आज

ममी-डयाडीले खोजेकीलाई भित्र्याउँछु

By कृष्णपक्ष - Tuesday, March 15, 2011


उनी गायक र अभिनेताका रूपमा बराबरी चिनिन्छन् । 'सान्नानी तिमीलाई, हिर्काउँला लौरीले ठयाक्क ठयाक्क ठयाक्क...,' 'तल्लामा घरकी साइँली माइली, हामी दाजुभाइलाई देऊ न जमुना...' जस्ता गीतबाट चर्चित बाबु -बाबुराम) बोगटीले 'पुलचोक पाटन,' 'रिक्वेस्ट' र 'रिजल्ट' गरी तीन एल्बम निकालेका छन् । म्युजिक भिडियो र विज्ञापनहरूमार्फत अभिनय यात्रा थालेका यी २९ वर्षेले 'सम्भव असम्भव,' 'क्याटमान्डु,' 'संस्कार' जस्ता टेली सिरियलहरूमा खेलेका छन् । 'बाटोमुनिको फूल' मार्फत उनी ठूलो पर्दामा देखिन थालेका हुन् । 'न बिसर्ंे तिमीलाई न पाएँ तिमीलाई' र 'सायद' फिल्मको सुटिङ सकेका उनी चाँडै 'गन्धर्व' मा व्यस्त हुनेछन् ।

ल पारस नेपाल

बाबुराम के कारणले बाबु मात्रै भएको हो ?

त्यति बेला 'पुलचोक पाटन' भर्खर निक्लेको थियो । त्यसमा नाम बाबुराम बोगटी नै छ । खानीखोलामा कन्सर्ट हुने भएछ, साथीभाइले 'जाउ“m, गीत गाउन पाइन्छ' भने । पैसा नपाइने भए पनि चिनिने लोभमा म गएँ । पहिलेदेखि डान्स गर्ने भएकाले मैले त्यो एल्बमको शीर्ष गीतमा यस्तो राम्रो परफर्मेन्स गरेछु, तीन चोटिसम्म गाउनुपर्‍यो । कन्सर्ट सकिएपछि श्रोताहरूबीच मेरो नामले बूढो मान्छेको छनक दिएको गाइँगुइँ भइरहेको सुनें । म मोरङको लेटाङबाट एसएलसी सकेर काठमाडौं आएपछि मोहन निरौला सर, गायक/संगीतकार जेम्स प्रधानहरूसँग अभिनय र संगीतका कारण नजिक भइरहेको थिएँ । उहाँहरूले मलाई बाबु या बाबुराजा भनी सम्बोधन गर्दै आउनुभएको

थियो । मलाई नाम चेन्ज गर्नैपर्छ भन्ने लाग्यो, तर साथीहरूले 'पूरै बाबुराम चैं नहटाउनू' भन्ने सुझाव दिए । त्यसैले 'राम' मात्रै हटाएँ ।

लाहुरेको छोरो संगीततिर कसरी लाग्नुभयो ?

म भोजपुरको कोतडाँडा, टक्सारमा जन्मेको

हुँ । ममीले भने अनुसार म सानैदेखि नाच्न गाउन मन पराउँथें रे । भोजपुरबाट मोरङको लेटाङमा आएपछि कक्षा दससम्म स्टेज र गाउँघरमा निकै गीत गाइयो, नाचियो । स्टेजमा पहिलो चोटि गीत गाउँदा म चौध वर्षको थिएँ, नाच्न थाल्दा तेर्‍ह वर्षको । नेपाली र हिन्दी गीत गाउँथें । नाच्दा पनि स्याबासी पाइयो, गाउँदा पनि स्याबासी पाइयो । उर्लाबारी, सुरुंगा सबतिरका क्लबहरूले मलाई नाच्नगाउन बोलाउँथे । देउसी-भैलोमा मेरो सहभागिता हँुदैनथ्यो । सरहरूले 'बाबुराम, एसएलसी सकेपछि काठमाडौं जानू, त्यहीं संगीत र नृत्य सिक्नू' भन्ने गर्नुभएको थियो । त्यही भएर एसएलसी पास भएपछि काठमाडौं आएँ । क्याम्पस पढ्दै राष्ट्रिय नाचघरमा संगीत र मोहन निरौला सरको परिवर्तन नेपाल संस्थामा अभिनय सिक्न थालें ।

पहिलो एल्बममा पैसा डुबेपछि विदेश जाने दाउमा लाग्नुभएको थियो रे ।

म्युजिक, डान्स र एक्टिङको चस्काले मलाई पढाइमा राम्ररी लाग्न दिएको थिएन । सडक नाटक गर्न पनि हिंडिन्थ्यो । आर्यन सिग्देल र म सँगसँगै हिंँड्थ्यौं, सडक नाटक देखाउन । त्यहीताका निकालेको 'पुलचोक पाटन' ले हावा खायो, घरको पैसा डुब्यो । घरको एक्लो छोरो, ममी-डयाडीलाई चिन्ता लाग्न थाल्यो । उहाँहरूले 'काठमाडौं बसेको यत्रो वर्ष भैसक्यो, कुनै दिगो काम पनि गरेको छैन, पढाइ पनि छुटाइरहेको छ' भन्न थाल्नुभयो । मलाई पनि अब विदेशतिर लाग्नुपर्छ कि क्या हो भन्ने

भयो । बेल्जियम जाने तयारी गर्दै थिएँ, त्यो थाहा पाएपछि ममीले 'अब अर्को एल्बम निकालिहेर न त, चल्छ कि ?' भन्नुभयो । यसरी २०६१ सालमा 'रिक्वेस्ट' एल्बम निकालें । त्यसको 'सान्नानी तिमीलाई...' मज्जाले चल्यो । ममीको भविष्यवाणी सही साबित भयो ।

तपाईं बढी गायक कि अभिनेता ?

दुइटै हँु । मेरो सुरुआत मोडलिङबाट भएको हो । काठमाडौं आउनेबित्तिकै २०५६ सालमा कुमार कान्छाको गीत 'मैले खोजेको...' मा मोडलिङ गर्न पाएँ । त्यसपछि भ्रष्टाचारका विज्ञापनहरू खेलें । २०५७/५८ सालतिर 'सम्भव-असम्भव' टेली सिरियलमा काम गर्न

पाएँ । लय संग्रौला दाजुले आपmनो निर्देशनको 'क्याटमान्डु' मा मौका दिनुभयो । 'संस्कार' मा पनि खेलें । यति टेलिफिल्म खेलिसकेपछि एक्टरका रूपमा पनि राम्रो इमेज बन्यो ।

ँबाटोमुनिको फूल’ कसरी पाउनुभयो ?

एस कुमार र राजेश घतानी मेरा पहिलेदेखिका साथी हुन् । हामीबीच कुनै व्यवसायमा हात हाल्ने कुरो भइरहने गथ्र्यो । त्यही क्रममा दरबार मार्गमा गजल रेस्टुराँ खोल्यौं, रिदम प्यालेस । त्यो एक वर्ष चलाएपछि 'लौ, यो जाँड बेच्ने काम ठीक छैन' भनेर रेस्टुराँ अर्कैलाई बेच्यौं । फिल्म बनाउने कुरो पहिलेदेखि चलिरहेको थियो । एस कुमारले कथा लेखिसकेका थिए, राजेशले पनि मान्छे जुटाए । मैले पनि सहयोग गर्ने भएँ । मेरो जिउडाल राम्रै भएकाले हिरो बनाइएँ ।

फोकटमा खेल्नुभयो कि पारिश्रमिक लिनुभयो ?

'बाटोमुनिको फूल' लाई मैले दुई वर्षको समय लगानी गरेको छु । तर मैले अहिलेसम्म एक पैसाको आस गरेको छैन । मलाई ठूलो पर्दामा ब्रेक चाहिएको थियो, साथीहरूले प्लेटर्फम दिए । मैले राम्रो एक्सपोजर पाएँ । 'बाटोमुनिको फूल' मा नखेलेको भए दोस्रो फिल्म 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' नपाउने सम्भावना पनि हुन्थ्यो ।

अचेल बुवाआमाले के भन्नुहुन्छ ?

उहाँहरूलाई दुई वर्षअघिसम्म टेन्सन थियो । फिल्ममा संगीत गर्न र खेल्न थालेपछि नाम बढी कमिइरहेको छ । छरछिमेकीले 'तपाईंहरूको छोराले त गर्‍यो, नाम कमायो, हाम्रा बिगि्रए' आदि इत्यादि भन्दा रैछन््, ममी र डयाडी मक्ख । अचेल चाहिं 'ठीकै छ, म्युजिक वा फिल्म लाइनमा अझै दुई-तीन वर्ष काम गर, अनि मज्जाले पैसा कमाउने उपायमा लाग' भन्नुहुन्छ ।

बुहारी चाहियो भन्नुहुन्न ?

मार्न आँटिसक्नुभयो । करा'को करायै गरिरहनुभा'को छ, बिहे गर भनेर । तर म अझै दुई वर्ष नगर्ने सुरमा छु ।

खोजिसक्नुभएको छ ?

अहिलेसम्म छैन । ममी- डयाडीले खोजेकीलाई नै भित्र्याउँछु ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement