जेठ १५ गते आकाशै खस्दैन : प्रधानमन्त्री
By Masti Entertainment - Tuesday, April 26, 2011
धुन्चे (रसुवा), वैशाख १३ - प्रधानमन्त्री झलनाथ खनालले समयमै संविधान नबने आकाशै खस्छ भनेर प्रचारवाजी नगर्न आग्रह गरेका छन् । समयमै संविधान नबने मुलुक दुर्घटनामा फस्ने नेताहरुको चेतावनीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो भनेका हुन् ।
'अहिले पनि जेठ १४ गते नै संविधान बनाउने कोसिस भइरहेको छ,' रसुवा सदरमुकाम धुन्चेमा गोसाइकुण्ड-लाङ्टाङ-रसुवा महोत्सवको मंगलबार उदघाटन गर्दै प्रधानमन्त्री खनालले भने, 'तर जेठ १४ गते संविधान बनेन भने १५ गते आकाशै खस्छ भन्ने प्रचार भइरहेको छ, त्यो गलत हो ।'
प्रधानमन्त्री खनालले काम गर्दै जाँदा कहिलेकाँही समय अपुग हुने जिकिर गर्दै त्यसलाई सहमतिमा थप गर्न सकिने बताए । 'शान्ति र संविधान पूरा गर्ने गरी सरकारले काम गरिरहेको छ,' उनले भने, 'तर पुगने, समस्या भयो भने राष्ट्रिय सहमतिमा निर्णय गर्नुपर्छ ।'
प्रधानमन्त्री खनालले कांग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी गराएर आफै नेतृत्वको सरकारलाई बृहत् एकताको सरकार बनाउने तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्रीले जारी परिवर्तनको प्रक्रिया १२ बुँदे समझदारीपछि राजनीतिक दलहरूले सहमतिकासाथ अघि बढाएको शान्तिपूर्ण जनसंघर्षको परिणाम भएको उल्लेख गरे । 'यो परिवर्तन हतियारको बलमा मात्रै सम्भव भएको होइन,' उनले भने । साभार : इ कान्तिपुर