आज

बेलायती राजकुमारको बिहे आज, दुई अर्ब दर्शकले हेर्ने

By Masti Entertainment - Thursday, April 28, 2011

लन्डन, वैशाख १६ (एजेन्सी)- बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच आज हुने विवाह समारोह विश्वका एक तिहाइ मानिसले हेर्ने अनुमान बेलायती सञ्चार माध्यमहरूले गरेका छन्। दुई अर्बभन्दा बढीले बिहेको प्रत्यक्ष प्रसारण हेर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
बेलायतको राजगद्दीका उत्तराधिकारी विलियम्सले सहपाठी तथा प्रेमिका मिडलटनसँग बिहे गर्न लागेका हुन्। उनको बिहेसम्बन्धी समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकतासाथ प्रसारण गरेका छन्। दुवैबीच सन् २००० मा स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयु विश्वविद्यालयमा भेट भएको थियो।

वैवाहिक समारोह वेस्ट मिनिस्टर एबी गिर्जाघरमा हुनेछ जहाँ १ हजार ९ सयलाई आमन्त्रण गरिएको छ। निमन्त्रणा गरिएकामा अधिकांश राजपरिवारका सदस्य, विलियम्स तथा मिडलटनका साथी, विभिन्न देशका राजदूत तथा सेलिब्रेटी छन्। त्यस्तै गभर्नर जनरललाई पनि निम्ता गरिएको छ। उनी राजतन्त्रका प्रतिनिधिका रूपमा गर्छन्। महारानीको कार्यालयले विश्वका ४४ वटा राजपरिवारका सदस्यलाई पनि बिहेमा निम्ता गरेको छ।

निम्ताका विषयमा विवादमा परेका बेलायतमा पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनलाई भने बिहेमा बोलाइएको छैन। विपक्षी लेबर पार्टीका नेताहरूले यसमा असन्तुष्टि व्यक्त गरेका छन्। बेलायतका लागि सिरियाली राजदूत डा. सामी खियामीको निम्ता पनि रद्द गरिएको छ। सिरियाको प्रजातान्त्रिक आन्दोलनमा सरकारले दमन गर्दा ४ सय ५० प्रदर्शनकारी मारिएको भन्दै उनको उपस्थिति अस्वीकार्य रहेको बताइएपछि राजदरबारले निम्ता रघ गरेको हो।

बहराइनका युवराज हमाद अल खलिफा र स्वाजिल्यान्डका राजा एमस्वाती तेस्रोलाई गरिएको निम्ता पनि विवादमा परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई दमन गरेको भन्दै बहराइनका राजकुमार बिहेमा संलग्न रहे मानवअधिकारवादी समूहले त्यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएपछि उनले वैवाहिक समारोहमा संलग्न हुने योजना स्थगन गरेका छन्।

स्थानीय समयअनुसार बिहान सवा दस बजे राजकुमार ह्यारी र राजकुमार विलियम्स वेस्टमिनिस्टर एबी पुग्ने छन्। यही स्थानमा उनीहरूका आमाबुबा राजकुमार चार्ल्स र राजकुमारी डायना विवाहबन्धनमा बाँधिएका थिए। राजकुमार विलियम्स तथा मिडलटनले कुरा छिनिएयता मानिसहरूले देखाएको स्नेहले धेरै उत्प्रेरित भएको बताएका छन्। बिहेसम्बन्धी जानकारी दिने औपचारिक वेबसाइटमा उनीहरूको सन्देश राखिएको छ।

वैवाहिक कार्यक्रम हेर्न राजधानी लन्डनको सडकमा ६ लाखभन्दा बढी मानिस सडकमा भेला हुने अनुमान गरिएको छ। धेरै मानिसहरू बिहीबार रातिदेखि नै विवाहस्थल र दरबारअगाडि बस्न थालिसकेका छन्। सरकारले बिदाको घोषणा गरेको छ। समारोहमा ४८ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। मनी सुपर मार्केट डट कमले गरेको गणनाअनुसार प्रत्येक बेलायतीको भागमा बिहेको २९ डलर खर्च पर्ने छ।

विवाहको प्रत्यक्ष प्रसारण इन्टरनेटमा पनि भइरहेको छ।

Free video streaming by Ustream

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement