आज

कांग्रेसका लागि गृहमन्त्रालय त्याग गर्न तयार छौः शर्मा

By Masti Entertainment - Tuesday, April 19, 2011

काठमाडौ, वैशाख ६ - माओवादी प्रवक्ता दिनानाथ शर्माले राष्ट्रिय सहमतिको सरकार विना शान्ति र संविधान सुनिश्चित हन नसक्ने बताएका छन् । उनले राजनीतिक दलहरु एक ठाउँमा आएर नेपाली जनताले आत्मासाथ गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउन संविधान लेख्नुपर्ने बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका हुन् । शर्माले भने, ‘कांग्रेस पनि सरकारमा आउनुपर्छ । हामीलाई थाहा छ, कांग्रेसलाई 'बाईपास' गरेर संविधान जारी हुनै सक्दैन ।’ उनले राष्ट्रिय सहमतिको सरकारका लागि काग्रेसलाई पनि सरकारमा सामेल गराउनुपर्ने भन्दै गृहमन्त्रालय समेत कांग्रेसको लागि त्याग्न माओवादी तयार रहेको स्पष्ट पारे ।

माओवादी शान्ति र संविधानको पक्षमा रहेको स्पष्ट पार्दै शर्माले जनसंविधान भन्दा पनि सहमतिको संविधान बनाउने पक्षमा आफूहरु रहेको बताए । उनले भने,‘ हामीले भनेको जस्तो संविधान लागू हुँदैन भन्ने हामीलाई थाहा छ । भने जस्तो संविधान बन्ने भए हामी अहिले सम्म सत्ता कब्जा गरिसक्थ्यौ ।’

प्रधानमन्त्री झलनाथ खनालले सहमतिको सरकार बनाउँछौं भनेकोले आफूहरुले समर्थन गरेको भन्दै शर्माले कांग्रेस सरकारमा नआए पनि शान्ति र संविधानका लागि कांग्रेससँग छुट्टै ‘जेण्टलम्यान’ सहमति गर्न माओवादी तयार रहेको खुलासा गरे । शर्माले संविधानसभा बाटै संविधान जारी गर्नु पर्ने धारणा राख्दै संविधान सभा विघठन गर्नु पर्छ भन्ने अभिव्यक्ति लोकतन्त्र समाप्त पारेर अधिनायकबाद लाद्ने षडयन्त्र भएको दावी गरे ।साभार : इ कान्तिपुर



चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement