सुन्दर दीपिका : जिनट
By Masti Entertainment - Thursday, April 14, 2011
मुम्बई , वैशाख २ - सत्तरीको दशकमा काठमाडौं उपत्यकामा छायांकन गरिएको सफल फिल्म 'हरे राम हरे कृष्ण' को चर्चित गीत 'दम मारो दम' ले नायिका जिनट अमानलाई करिअरको उचाइमा पुर्याएको थियो । त्यसैले पनि 'सत्यम् शिवम् सुन्दरम्' स्टारलाई सो गीतको रिमिक्सलाई फिल्म 'दम मारो दम' मा छायांकन गरिएको तरिका मन नपरेको हुन सक्छ । तर, शब्द भद्दा लागे पनि रिमिक्समा आइटम डान्स गरेकी नायिका दीपिका पादुकोण भने सुन्दर देखिएको भन्दै प्रशंसा गरेकी छन् ।
केही साताअघि रिलिज भएदेखि 'दम मारो दम' आइटम गीत र 'लभ आज कल' नायिका दीपिकाको कामुक नृत्यले बलिउड तातेको त छ नै, विवादमा पनि परेको छ । अश्लील शब्दको प्रयोग भन्दै चारैतिरबाट आलोचना भइरहेको समय ५९ वषर्ीया जिनटले आफ्नो असन्तुष्टि व्यक्त गरेकी थिइन् । तर, उनको सो कुरालाई बंग्याएर ट्याबलोइडले दीपिकासँग उनको गुनासो रहेको लेखिदिएको भन्दै नायिकाले गलत बुझाइलाई प्रस्ट्याउँदा कनिष्ठ नायिकाको प्रशंसा गरेकी हुन् ।
'मैले 'दम मारो दम' हेरेको छैन त्यसैले दीपिकाको परर्फमेन्समा प्रतिक्रिया दिने कुरा भएन,' जिनटले भनिन्, 'तर, उनी एकदमै राम्री अभिनेत्री हुन् । आइटम डान्समा अवश्यै राम्रो गरेकी हुनुपर्छ ।' शाहरूख खानको फिल्म 'बिल्लु' मा पहिले पनि आइटम डान्स गरेकी दीपिकाको प्रशंसा गर्दै उनले थपिन्, 'दीपिका असाध्यै राम्री पनि छिन् । उनको नृत्य हेर्न लालायित छु ।' उनले गीतको शब्दमा गुनासो गरेकी भए पनि 'सायद फिल्मको सन्दर्भमा मिलेको होला,' अभिव्यक्ति थपेर अरू बोलिनन् ।
हलिउडका विभिन्न म्युजिक चार्टमा तहल्का मच्चाइरहेको यो पछिल्लो आइटम गीतले निम्त्याएको विवादबारे स्पष्ट हुन जिनट आफंैले दीपिकालाई फोन गरेको स्रोतले भन्यो ।(एजेन्सी)