आज

कोरियाली फिल्म उत्सव हुँदै

By Masti Entertainment - Saturday, April 2, 2011

काठमाडौ, चैत्र २० - दक्षिण कोरियाली फिल्म मन पराउने दर्शकहरूका लागि खुसीको खबर । आउँदो सोमबार राजधानीमा छैटौं कोरियाली फिल्म फेस्टिभल सुरु हुँदै छ । दक्षिण कोरियाली दूतावासद्वारा आयोजित उत्सव रुसी सांस्कृतिक केन्द्रमा शुक्रबारसम्म चल्नेछ ।
पाँचदिने फेस्टिभलका लागि दूतावासले विगतमा झैं विधा अनुसार उत्कृष्ट फिल्महरू रोजेको छ । जम्मा चार फिल्म देखाइनेछन्, जसमध्ये नेपाली दर्शकहरूबीच 'माई स्यासी गर्ल' बढी
रुचाइनेमा पर्छ । यो रोमान्टिक कमेडी फिल्मलाई हलिउडले 'माई स्यासी गर्ल' र बलिउडले 'अगली और पगली' नाम दिएर अंग्रेजी र हिन्दी भर्सनमा ल्याइसकेका छन् ।
यो चर्चित फिल्मका साथै उत्सवमा पारिवारिक ड्रामा 'द वे होम' ले वृद्ध हजुरआमा र सातवर्षे नातिबीचको सम्बन्ध देखाउनेछ । ऐतिहासिक रोमान्स/ड्रामा 'द स्वर्ड विद नो नेम' ले पौराणिककालको कोरियाली स्वाद दिनेछ भने एड्भेन्चर/ड्रामा 'ह्युन्डाय' (सुनामी) ले प्राकृतिक प्रकोपको चेपमा परेको मानवजीवनलाई देखाउनेछ । उत्सवभर यी फिल्म बिहान र बेलुकी गरी दुई-दुईपटकसम्म देखाइनेछन् ।
नेपाली दर्शकबीच कोरियाली फिल्मको क्रेज बढ्दो देखेर दूतावासले गत वर्षदेखि वाषिर्क रूपमा 'कोरियन फिल्म फेस्टिभल' दुईपटक गरिने घोषणा गरेको थियो । योचाहिँ स्पि्रङ फेस्टिभल हो । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement