बिफोर टुमरो उत्कृष्ट
By Masti Entertainment - Wednesday, April 27, 2011
काठमाडौ, वैशाख १४ - परिवारका दुई पुस्ताबीचमा आएको वैचारिक मतभेदलाई कथानक रूपमा प्रस्तुत गरिएको क्यानाडेली फिल्म 'बिफोर टुमरो' ले उत्कृष्ट हुँदै पाँचौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवको गोल्डेन ड्रम अवार्ड जितेको छ ।
मरिया हेलेन कजिनोउ र मडेलिन इभालुद्वयको निर्देशन रहेको फिल्मले महोत्सवमा भिडेका ४१ फिल्मलाई पछि पारेको थियो । इन्डिजिनियस फिल्म आर्काइभद्वारा आयोजित महोत्सवमा २० देशका सिनेकर्मी सहभागी थिए । सोमबार अबेर समापन महोत्सवमा दोस्रो र तेस्रो हुँदै इटालियन फिल्म 'मी, माई जिप्सी फेमिली एन्ड उडी एलेन' र अमेरिकी 'चिल्ड्रेन अफ एमेजोन' ले क्रमशः सिल्भर र ब्रोन्ज ड्रम जिते । अनाइस हुयर्टा र राउल कोयस्टा निर्देशित मेक्सिकन फिल्म 'रेहजे' ले भने जुरी अवार्ड पायो ।
लाउरा हेलिलोभिक निर्देशित 'मी, माई जिप्सी फेमिली एन्ड उडी एलेन' मा आदिवासी समुदाय जिप्सीकी १९ वषर्ीया युवतीले पुख्र्यौली घुमन्ते जीवनलाई रोक्दै आधुनिक भवनमा सुरु गरेको बसोबासलाई देखाइएको छ । 'चिल्ड्रेन अफ एमेजोन' मा भने निर्देशक डेनिस म्यखोलले जंगललाई नै बासस्थान बनाइरहेका आदिवासीमा सरकारले निर्माण गरेको विकासे बाटोले पुर्याएको अस्तव्यस्ततालाई देखाएकी छन् ।
महोत्सवमै सहभागी आठ स्वदेशी फिल्ममध्ये लुनिभा तुलाधर निर्देशित नेवारी फिल्म 'बुयगु मानतुना' ले प्रोत्साहन पुरस्कारस्वरूप २५ हजार रुपैयाँ पाएको छ । दर्शक मतका आधारमा 'पब्लिक च्वाइस' अवार्ड मगर संस्कृतिमा आधारित फिल्म 'मोड्याल्नी' ले जित्यो । यसको निर्देशन धु्रव पुनमगर र विवेश बुढामगरले संयुक्त रूपमा गरेका हुन् । पूर्वघोषित नेपालीतर्फको उत्कृष्ट फिल्म अवार्ड पाउन लायक भने कुनै पाइएनन् ।
फिनल्यान्डको एक फिल्म महोत्सवकी निर्देशक तथा फिल्मकर्मीसमेत रहेकी सुभी बेस्ट, क्यानडेली एक फिल्म महोत्सवकै कार्यकारी निर्देशक जेसन राइल र नेपाली फिल्मकर्मी छिरिङरितार शेर्पा महोत्सवको निणर्ायकमा थिए ।साभार : इ कान्तिपुर