आज

हाउजिङको जागिर छोडी फेसन शोरूम

By Masti Entertainment - Thursday, April 7, 2011

स्मृति ढुंगाना, काठमाडौं, चैत २४- पूर्व मिसनेपाल माल्भिका सुब्बा सांग्रिला हाउजिङको जागिर छोडी फेसन शोरूम सञ्चालन गर्दैछिन्। आफूले वैशाखदेखि हाउस अफ अल्टरनेटिभ एपरेल शोरुम खोल्न लागेको उनी जानकारी दिन्छिन्। आफूले पर्यावरणमैत्री कपडाको मात्र प्रवर्द्धन गर्ने उनले दाबी गरिन्।

उनले नागरिकसँग भनिन्, ‘फेसन सम्बन्धी काम गर्ने सोचमा थिएँ। साथी मनीष पण्डितसँग मिलेर शोरुम खोल्न लागेकी हुँ,' उनले भनिन्, ‘म पर्यावरणप्रति सचेत छु। त्यसैले यसलाई दुषित नगर्ने कपडा प्रयोगमा ल्याउन लागेकी हुँ।' डेढ वर्षको तयारीपछि शोरुम सञ्चालन गर्न लागेको उनको भनाइ छ।


यो कामका लागि सात जनाको समूह बनाइएको उनले बताइन्। ‘जस्ट टिएस' नामक गर्मीका टिसर्ट बजारमा ल्याउने उनको योजना छ। ‘टिसर्टमा विभिन्न वाणी, ग्राफिक्स र प्रिन्ट गरेकी छु,' उनले भनिन्।

पुरुषका लागि पोलो टिसर्ट तयार गरिएको उनले बताइन्। ‘एरा' नामक अर्को कलेक्सनमा महिलाको टप्स, स्कर्ट, टिसर्ट र इभिनिङ डे्रसहरू तयार पारिएको माल्भिकाले जानकारी दिइन्। केही समयपछि जुत्ता र ब्यागसमेत बजारमा ल्याउने उनको योजना छ।

डिजाइनरले आफ्नो सोच अनुसार स्केच तयार पारेपछि डे्रसलाई फाइनल गर्ने उनले बताइन्। उनको कलेक्सनमा फाइबरको समेत प्रयोग गरिएको छ। दुई महिनामा शोरुमको औपचारिक सञ्चालन गर्ने उनले बताइन्।

चैत ३० मा ठमेलस्थित मल्ल होटलमा आयोजना हुने ‘स्पेन्डोस अन दि ग्रास' नामक कार्यक्रमबाट शोरुम उद्‌घाटन गर्न लागेको उनले बताइन्, ‘त्यस दिन अभिनेत्री नम्रता श्रेष्ठ र म र्‍याम्पमा देखिनेछौं। काठमाडौंका साथै धरान र पोखरामा पनि शोरुम खोल्ने योजना छ।'साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement