आज

म उसको ‘कान्छु'

By Masti Entertainment - Thursday, April 28, 2011

स्मृति ढुंगाना, काठमाडौं, वैशाख १५- नेपाली फिल्म क्षेत्रमा विभिन्न विवादमा कलाकारहरू परिरहेका हुन्छन्। यस्तै हल्लामा परेकी छिन्, अभिनेत्री सुष्मा कार्की। फिल्म क्षेत्रमा स्थापित हुने क्रममा रहेकी सुष्मा पछिल्लो समय आफ्नो निजी सम्बन्धका कारण चर्चामा छिन्। फिल्म क्षेत्रकै चर्चित व्यक्तिसँगको अफेयरले उनलाई चर्चामा तानेको हो।

यही क्षेत्रको युवापुस्ताका एक व्यक्तिसँग आफ्नो सम्बन्ध रहेको सुष्मा स्विकार्छिन्। ‘हाम्रो सम्बन्ध फिल्ममा लाग्नुभन्दा अगाडिकै हो,' यसो भन्न उनी हिच्किचाइनन्। ती व्यक्तिसँग चार वर्षदेखि सम्बन्ध रहेको बताउँदै उनले भनिन्, ‘हाम्रो सम्बन्धबारे फिल्म क्षेत्रका धेरै जानकार छन्। यो सझौता र समझदारीमा अघि बढेको छ।'
कामको सिलसिलामा कसैसँग नजिकिँदा गरिने नानाथरीको टिप्पणीले भने उनलाई हैरान बनाएको छ। ‘के यो माया हो'को सुटिङ चल्दै गर्दा सोही फिल्ममा काम गर्ने एक कलाकारसँगको हिमचिमलाई लिएर गरिएको नाकारात्मक टिप्पणीले दुःखी तुल्याएको उनले बताइन्।

उनलाई चकित बनाएको छ आफ्नो बिहे भइसकेको भन्ने चर्चाले। ‘मेरो पुर्खौली घर बर्दिया हो। घरमा बिहेको लागि धेरै प्रस्ताव आए पनि मैले रुचि देखाएको छैन,' उनले प्रश्न गरिन्, ‘यो हल्ला चलाउनेलाई केटा खोजिदिन अनुरोध गर्छु।'

पाँच वर्ष बिहे नगर्ने सोच उनको छ। आफ्नो प्रेमीबारे नजिकका मित्र र परिवारलाई थाहा भएको उनले जनाइन्। तर, उनी नाम सार्वजनिक गर्न भने मान्दिनन्। प्रेमीको नाम गुपचुपमा राख्न खोजे पनि सम्बन्ध बारे खुलिन् उनी। ‘मलाई पनि ऊ राम्रो लाग्ने। उसले पनि मलाई मन पराएको रहेछ। तर, प्रस्ताव राख्न आठ महिना लगायो। मैले फस्ट टेकमै स्वीकार गरेँ।'

प्रेमीले आफूलाई राखिदिएको नाम भने लुकाउँदिनन्, ‘मलाई उसले कान्छु भनेर बोलाउँछ। त्यसो भन्दा मलाई एकदमै रमाइलो लाग्छ।'

कामकै प्रकृतिले पनि प्रेमीसँग बारम्बार भेट भइरहने उनले खुलाइन्। ‘भेट नहुँदा फोनमा धेरै बेर कुरा हुन्छ। तीन घन्टासम्म लगातार गफ गरेका छौं,' आफ्नो बारेमा चल्ने हल्लाले सम्बन्धमा उतारचढाव आए पनि तुरुन्तै समाधान हुने गरेको उनको अनुभव छ।
‘दुवैजना फिल्म क्षेत्रमै लागेर केही गर्ने सोच छ,' उनले भविष्यको योजना खुलाइन्, ‘मलाई अभिनयसँगै संगीतमा पनि रुचि छ। उसलाई निर्देशन विधामा सफल भएको हेर्ने मन छ।'
सुष्माको फिल्म ‘तिमी मेरो म तिम्रो','नेपाल एक्सप्रेम', ‘के यो माया हो' र ‘भीष्मराज' रिलिज हुँदैछ। साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement