'फाइट खेल्दा चप्पल फुस्केर हैरान'
By Masti Entertainment - Sunday, May 1, 2011
काठमाडौ, वैशाख १८ - दुई दशक लामो फिल्मी अभिनय यात्राम राजेह हमालले आफूलाई नायक मात्र बनाउनन् महानायकको पगरी पनि गुथे । हे... भन्दै मुडकी कसेर कठोर दृष्टिमा खलपात्रमाथि जाइ लाग्दा सिठी फुक्नेकने अझै कम छैन फिल्म हलमा । अबत यस्तो भइसक्यो राजेशको पात्रको उपस्थितिले फिल्मका नायीका वा छोरी चेलीले मात्र होइन, दर्शक समेत ढुक्क महशुस गर्छन । लामो समय एउटा गतिमा सीधा दिशामा हुँईकिएका राजेशले यतिबेला भने युर्टन गरेका छन्, कमेडी मार्फत । विजयविक्रम बस्नेत निर्देशित 'हात लाग्यो शुन्य'मा फुल कमेडी रोलमा देखिएका राजेशलगत्तै ऋचा घिमिरेको कमेडी फिल्म 'ब्रेक फेल' मा पनि खेलिरहेका छन् ।
कमेडीतर्फ पो लाग्नुभो त ?
म आफूलाई भाग्यमानी ठान्छु किनभने दर्शकले मलाई जुन स्थान दिनुभएको छ, त्यसले मलाई जुनसुकै भूमिकामा खेल्न छुट दिएको छ । सच्चा कलाकारलाई यसरी भिन्दाभिन्दै चरित्रमा खेल्न पाउनु अवसर हो । जुन भूमिकामा चुनौती छ, त्यसमा मजा पनि छ ।
जोखिम लागेन ?
हुन त 'हात लाग्यो शून्य' का निर्देशक नयाँ हुन् । तर पनि उहाँले स्त्रिmप्ट सुनाइसकेपछि मलाई त्यस चरित्रमा खेल्ने कौतुहल जागिहाल्यो र खेल्ने सहमति जनाएँ । फेरि म प्रायः नयाँसँग पनि काम गर्न रुचाउँछु । पुरानो कलाकार भनेर नयाँलाई गन्दै नगन्ने, म त्यस्तो छैन ।
चरित्रमा के रहेछ त्यस्तो ?
ट्याक्कटुक्क जोक्स भनेर वा नाक/मुख खुम्च्याएर त धेरै कलाकारले हँसाइसके । कतिपय फिल्ममा मैले पनि गरें हुँला । तर यो फिल्म अलि फरक लाग्यो । यसमा हसाउनका लागि पात्रहरूले नाक/मुख नै बिगार्नु पर्दैन । यसमा 'सिचुअसनल कमेडी' छ जसमा पात्रको लवाइखवाइ, हाउभाउ, जीवनशैली होस् वा उसको दृष्टिकोणले दर्शकलाई हँसाउँछ ।
तपाइर्ंको गेटअप कस्तो छ ?
धोती-कुर्ता (पाइजामा), जुवारीकोट, काँधमा गलबन्दी सधैं भिर्ने धनाढ्य तर मख्खीचुस चरित्रमा छु । मधेसी पात्रको भूमिकामा भएकाले मुखमा प्रायः पान टुट्दैन, खुट्टामा चप्पल अनि काँधमा छाता र झोला कहिल्यै छुट्दैन । धनी व्यवसायी हो तर कौडीको मोलको थोत्रो स्कुटर चलाउँछ । गेटअपबाहेक उसको स्वभाव सोझो छ । त्यसैले नै दर्शकलाई हसाँउनेछ । उसले जे गरेप नि हाँसो उठ्दो हुन्छ ।
कमेडी रोल गर्दाको अनुभव कस्तो भयो ?
कमेडी फिल्ममा कमेडी रोल गर्ने भएपछि निश्चय पनि सुटिङदेखि नै रमाइलो भयो । पहिलो दिन त लुगा लगाउँदा नै अनौठो लाग्दो भयो । पछि त फाइट पनि धोती र चप्पल लगाएरै गरें । बेलाबेला चप्पल फुस्केर हाँसो उठ्दो हुन्थ्यो । फाइट पनि अरू फिल्ममा जस्तो नभई भान्टा र घिरौंलाले हिर्काउँदै लड्छ । फेरि जतिखेर पनि पान चपाइरहनुपर्ने । कुनै बेला चपाउनै बिर्सेर पनि टेक खानुपर्यो । जुंगाले पनि नौलो अनुभूति भयो ।
एकैचोटि दुई फिल्ममा कमेडियनमा देखिनुभयो नि ?
त्यो संयोग परेको मात्रै हो । फेरि 'हात लाग्यो शून्य' को र 'ब्रेकफेल' को कमेडीमा धेरै फरक छ । 'हात लाग्यो शून्य' मा मेरो विशेष चरित्र छ । यसमा पूरै चरित्र कमेडी छ । तर 'ब्रेकफेल' आधुनिक गेटअपको सहरिया पात्र हो जसको जीवनशैली उच्च वर्गको छ ।
क्याटीलाई चल्यो झोंक ,साभार : इ कान्तिपुर