बुद्धजयन्ती तथा पर्यटन वर्षका अवसरमा हङकङमा र्याली
By Masti Entertainment - Tuesday, May 10, 2011
हङकङ, वैशाख २७ - २५५५ औँ बुद्धजयन्ती तथा नेपाल पर्यटन वर्षका अवसर पारेर मंगलबार हङकङमा र्यालीको आयोजना गरियो । नेपालमा झण्डै एकहप्तापछि मनाइने बुद्ध जयन्ती चिनियाँ क्यालेण्डरमा भने वैशाख २७ गते उल्लेख छ ।
र्यालीमा सहभागी अधिकांशले 'बुद्ध वाज वर्न इन नेपाल-बुद्ध नेपालमा जन्मिएका हुन्' लगायत 'नेपाल टुरिज्म इयर-२०११' अंकित ब्यानर, पोष्टर र प्लेकार्ड बोकेका थिए । झण्डै तीनसय नेपालीहरु सहभागी र्याली चिम सा चोयस्थित काउलुन पार्कबाट सुरु भई याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा पुगी टुंगिएको थियो । र्यालीपछि आयोजित कार्यक्रममा बुद्ध दर्शनबारे जानकारी गराइनु लगायत स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
'स्थानीय अधिकांश चिनियाँहरुमा बुद्धको जन्मथलोबारे भ्रम छ,' आयोजक संस्था तमु ट्हो हयूल हङकङका अध्यक्ष अर्जुन गुरुङले भने, 'चिनियाँ बुद्ध जयन्तीका दिन स्थानीयहरुको ध्यानाआकर्षण गराउन समेत र्याली आयोजना गरेका हौँ ।' नेपाल सरकारले राष्ट्रिय अभियानका रुपमा अघि सारेको पर्यटन वर्षलाई सक्दो सघाउ पुर्याउन र्यालीमा प्रर्वद्धनात्मक प्लेकार्डहरु प्रर्दशित गरिएको समेत उनले जनाए ।
'अब पालो आर्थिक क्रान्तिको' भन्ने मूल नाराका साथ दस लाख पर्यटक भित्रयाउने लक्ष्यसहित २०६७ पुस ३० गते 'पर्यटन वर्ष २०११' को औंपचारिक सुभारम्भ भएको हो । तर देश राजनीतिक अन्यौल र संविधान निर्माणकै रोमलोमा फसिरहेकाले पर्यटन वर्षले सोचेअनुरुप गति पाउन नसकेको सहभागी कतिपयको गुनासो थियो । पर्यटन वर्षमा सरकारले एक लाख चिनियाँ पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । 'यो वर्ष गतवर्षको तुलनामा ४२ प्रतिशतसम्मका दरले चिनियाँ पर्यटक बढेका छन्,' चीनका लागि नेपाली राजदूत टंक कार्कीले कान्तिपुरलाई भने, 'लगभग शुन्य प्रर्वद्धनात्मक खर्चमा समेत तोकिएको लक्ष्य पुरा हुने सम्भावना देखिएको छ ।' सन् २००१ मा चीनले नेपाललाई आउटबाउण्ड टुरिज्मका लागि खुल्ला गरेको हो ।
पर्यटन प्रर्वद्धनका लागि सरकारी पक्ष उदासिन भइरहेका बेला निजी क्षेत्रबाट गरिएको प्रयास निकै सह्रानीय भएको र्यालीमा सहभागीहरुको धारणा थियो । केहीहप्ता अघिसमेत स्थानीय फिसटेल टुर्स एण्ड ट्राभलले पर्यटन प्रर्वद्धनात्मक मोटर र्यालीको आयोजना गरेको थियो । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ उल्लेख्य चिनियँा पर्यटक भित्रयाउन सकिने सम्भावना रहेको सहर हो । साभार : इ कान्तिपुर