राहुल गान्धी पक्राउ
By Masti Entertainment - Friday, May 13, 2011
नयाँदिल्ली (एजेन्सी), वैशाख ३० - उत्तर प्रदेशको किसान आन्दोलनमा सहभागी भएपछि भारतीय प्रभावशाली नेता राहुल गान्धी पक्राउ परेका छन् ।
राजमार्ग निर्माणका लागि आफ्नो जमिन छाड्न बाध्य बनाएको भन्दै झन्डै एक सातादेखि किसानहरूले प्रदर्शन गर्दै आएका छन् । थुप्रै किसान पक्राउ परेका छन् । प्रदर्शनपछि भएको झडपमा दुई प्रहरी र एक किसानको मृत्यु भएको छ । सत्तारूढ कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीका छोरा राहुल भावी प्रधानमन्त्रीको रूपमा देखिएका छन् । उनी कंग्रेसका सांसद हुन् । 'यहाँको घटना देखेर आफैंलाई भारतीय भन्न लाज लागेको छ, राज्य सरकारले जनतामाथि बर्बरतापूर्वक दमन गरेको छ,' आन्दोलनमा राहुलले सम्बोधन गर्दै भनेका थिए ।
उनको गिरफ्तारीपछि बिहीबार उत्तर प्रदेशका सहरहरूमा प्रदर्शन भएको छ । सडक र रेलमार्ग अवरुद्ध भएका छन् । दिल्लीदेखि आग्राको ताजमहल जोड्ने राजमार्ग निर्माण गर्न उत्तर प्रदेश सरकारले जग्गा अधिग्रहण गरेको हो । किसानलाई क्षतिपूर्ति दिइएको बहुजन समाज पार्टीकी मुख्य मन्त्री मायावती नेतृत्वको राज्य सरकारले जनाएको छ । तर क्षतिपूर्ति अपर्याप्त भएको किसानको भनाइ छ । उनीहरूले चल्तीको मूल्यभन्दा एक चौथाइ मात्र क्षतिपूर्ति पाएका छन् ।
उद्योग र पूर्वाधार विकासका लागि जमिन अधिग्रहणविरुद्ध प्रदर्शनमध्ये उत्तर प्रदेशको ग्रेटर नोइडा क्षेत्रमा यो पछिल्लो हो । भारतको जनसंख्यामध्ये करिब ६५ प्रतिशत खेतीमा निर्भर छ ।