'बलात्कार'को बबन्डर
By Masti Entertainment - Wednesday, May 18, 2011
यौन दुराचारको अभियोगमा अमेरिकामा गिरफ्तार भएपछि अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)का प्रमुख डोमिनिक स्ट्राउस-कहानको हाइ प्रोफाइल स्ट्याटस धरापमा परेको छ । उनको अभियोग पुष्टि हुन बाँकी छ तर केही अमेरिकी आलोचकहरुले अब उनले आईएमफएको नेतृत्व गर्ने हैसियत गुमाएको प्रतिक्रिया दिएका छन् । के स्ट्राउस-कहानले बलात्कारको प्रयास गरेकै हुन् ? अभियोगमा कति सत्यता छ, त्यो त भविष्यले नै बताउला तर घटनाको केही न केही आधार नभइकन अमेरिकी प्रसासनले यति उच्च प्रोफाइल व्यक्तिलाई किन पक्राउ गथ्र्यो भन्ने प्रश्न पनि जन्मेका छन् ।
स्ट्राउस २००७ मा आईएमएफका प्रमुख भएका थिए । फ्रान्सको राजनीतिमा प्रभाव रहेका यिनी सन् १९९७ देखि १९९९ सम्म अर्थमन्त्रीसमेत भएका थिए । राष्ट्रपति पदका लागि सोसोलिस्ट पार्टीबाट सन् २००७ को प्रारम्भिक चुनावका उम्मेदवारसमेत रहेका स्ट्राउस भावी राष्ट्रपति हुनसक्ने हैसियत राख्थे । तर, फ्रान्सका लागि विमानमा चढ्नु १० मिनेटअगाडि न्युयोर्कमा सुरक्षा अधिकारीहरुले बलात्कार प्रयासको अभियोगमा गिरफ्तार गरेपछि उनको राजनीतिक भविष्य चौपट भएको छ । उनको अभियोगको छिनोछाफानो संसारभरि कौतुहलपूर्वक प्रतीक्षा गरिएको छ ।
बलात्कार नै भएको हो ?
घटनाको बारेमा थप सूचना प्राप्त भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । स्ट्राउसबाट बलात्कार प्रयास भएकी भनिएकी महिला न्युयोर्क टाइम्स स्क्वायरनजिक रहेको सोफी होटलकी ३२ वर्षीया मेड हुन् । गोपनीयताको हकको सम्मान गर्दै उनको नाम अहिलेसम्म खुलाइएको छैन । उनका वकिलका अनुसार ती महिला अहिले 'अधिकतम पीडा'मा छिन् । उनी एकान्तमा लुकेर बसिरहेकी छन् र 'एक्लो महसुस' गरिरहेकी छन् ।
उनी पश्चिम अफ्रिकी देश गुयनाबाट ७ वर्षअघि अमेरिका बसाइसराइ गरी आफ्नी टिनएजर छोरीसँग बसिरहेकी थिइन् । "उनीमाथि शारीरिक र यौनजन्य आक्रमण भएको हो," उनका वकिले भने, "उनी अत्यन्त सोझी छन् ।" त्यसो त न्युयोर्क पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)समेत ती महिला सीधासादा हुन् र स्ट्राउसलाई आरोप लगाउनुमा उनको कुनै एजेन्डा छैन भन्ने निष्कर्षमा पुगिसकेको छ ।
डिपार्टमेन्टलाई ती महिलाले दिएको बयानमा भनेकी छन्, "गएको आइतबार मध्यान्ह स्ट्राउस-कहान बाथरुमबाट निर्वस्त्र निस्किए र मलाई खेदे अनि यौन आक्रमणमा ओर्लिए । तर, उनको आक्रमणलाई छल्न म भागें र सुरक्षा निकायलाई घटनाबारे बताएँ ।" आफ्नै मेसोमा रहेका स्ट्राउस-कहान त्यतिबेला झस्किए, जतिबेला सुरक्षाअधिकारीहरुले उनलाई गिरफ्तार गरिएको भन्दै पक्राउ गरे ।
'सुसाइड वाच'मा स्ट्राउस
अहिले स्ट्राउसलाई 'सुसाइड वाच'मा राखिएको छ । 'सुसाइड वाच' अत्यन्त संवेदनशील अवस्थामा बन्दीलाई गरिने निगरानी हो । बन्दीले आत्महत्या नगरोस् भन्ने सुनिश्चित गर्न 'सुसाइड वाच' गरिन्छ । अधिकारीहरुका अनुसार प्रत्येक १५ देखि ३० मिनेटको बीचमा उनको अवस्थाबारे जाँच भइरहेको छ । उनलाई आगामी शुक्रबार अदालतमा पेस गरिनेछ ।
आईएमएफमा विकल्पको खोजी
स्ट्राउस गिरफ्तार भइसकेपछि आईएमएफमा रिक्तता सिर्जना भएको भन्दै नेतृत्वको आवश्यकता पूर्ति गर्नुपर्ने प्रतिक्रिया आउन थालेका छन् । अमेरिकी अर्थमन्त्री टिमोथी गेइथनरले स्ट्राउस अभियोग लागिसकेपछि 'काम गर्नसक्ने स्थितिमा नरहेको' बताएका छन् । आईएमएफ सञ्चालक समितिले तुरुन्त अन्तरिम प्रमुख नियुक्त गर्नुपर्ने उनको धारणा छ । न्युयोर्कको हार्भर्ड क्लबमा सम्बोधन गर्दै उनले भने, "उनी पदलाई धान्नसक्ने परिस्थितिमा छैनन्, त्यसैले सञ्चालक समितिले उनको ठाउँमा अन्तरिम कालका लागि प्रबन्ध निर्देशकको काम गर्ने कुनै व्यक्ति नियुक्त गर्नसक्छ ।"
ओबामा प्रसासनका उच्चअधिकारीले स्ट्राउसको आरोपित यौन आक्रमणको प्रभावबारे बोलेको यो पहिलो घटना हो । आरोप पुष्टि भएमा ६२ वर्षीय स्ट्राउसले अधिकतम २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ । घटनाबारे उनी केही बोल्न चाहेका छैनन् । (एजेन्सीको सहयोगमा)
तस्बिरहरूः एजेन्सी