आज

भद्र अवज्ञा आन्दोलनमा सरिक पूर्व साँसदहरुलाई पक्राउ

By Masti Entertainment - Wednesday, May 25, 2011

काठमाडौ, जेष्ठ ११ - पूर्व सांसदहरूले शान्ति र संविधानका लागि दबाब सिर्जना गर्न बुधबारबाट भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन् । अबज्ञामा सहभागी पूर्व सांसदहरुलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व साँसद मञ्चले बानेश्वरस्थित संविधानसभा भवन अगाडि ७ दिनदेखि जारी राखेको रिले अनशनमा प्रहरीले मंगलबार बिथोलेपछि भद्र अवज्ञा आन्दोलन थालेका हुन् ।

सरकारले सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी संविधानसभा भवन वरपरका सडकमा जुलुस, र्याली, धर्नालगायतका कार्यक्रम गर्न नपाउने गरी गत सोमबारदेखि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।संविधान प्रदत्त शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई नै समाप्त गरेर सरकारले आफूहरूको शान्तिपूर्ण रिले अनशनलाई बिथोल्ने काम गरेकाले सोही ठाउँमा भद्र अवज्ञा आन्दोलन सुरु गरिएको पूर्व सभामुख तारानाथ रानाभाटले जानकारी दिए ।

बिहान ७ बजेबाट प्रारम्भ गरिएको सो भद्र अवज्ञा आन्दोलन सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
नेपालको अन्तरिम संविधानमा समेत स्पष्ट व्यवस्था गरिएको शान्तिपूर्ण ढङ्गले सभा, जुलुस र धर्ना बस्न पाउने अधिकारलाई सरकारले बेवास्ता गरेर कानुनी राज्यको उपहास गरेको मञ्चका सदस्य होमराज दाहालले बताए । मानवअधिकारकर्मी र नागरिक समाजका अगुवा भद्र अवज्ञास्थल पुगेर धर्नामा बसेका पूर्वसभासद्हरूको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग र भनाइलाई सरकारसमक्ष पुर्याउने बचन दिएका थिए ।

प्रहरीले भद्र अवज्ञा आन्दोलनमा सहभागी भएका पूर्व सभामुख रानाभाटलगायत १५ भन्दा बढी सभासद्लाई पक्राउ गरेको मञ्चले जनाएको छ । साभार : इ कान्तिपुर


चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement