आज

नायिकाको बिहे खर्च सामाजिक काममा

By Masti Entertainment - Tuesday, May 24, 2011

काठमाडौ, जेष्ठ ११ - वैशाख अन्तिम हप्ता कोर्ट म्यारिज गरेकी नायिका सोभिता सिम्खडाले बिहे खर्च दुर्गमका अनाथ, गरिब र दलित विद्यार्थीको पढाइमा खर्च गरेकी छन् । बिहेलगत्तै पति निराजन भण्डारीसँग पुरानो माइतीगाउँ धादिङको गुम्दी पुगेकी उनले त्यहाँका दुई स्कुलका सात विद्यार्थीको आजीवन खर्च बेहोर्ने सम्झौता गरेर फर्केकी छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गर्दा उनले 'तामझामपूर्ण बिहेमा खर्च गर्नुभन्दा त्यसबापतको रकम सामाजिक सेवामा खर्चिने' बताएकी थिइन् ।

उनले गुम्दी-६ स्थित कालिकादेवी प्राविका राधिका मिजार (कक्षा ३), विराज सुनार -कक्षा १) र सोही गाविस- ८ स्थित तामाङखर्क उमाविका सुनबहादुर गुरुङ (कक्षा १०), सुनिता बस्नेत, शोभा नेपाली (कक्षा ९), टीकामाया मिजार(-कक्षा ८) र रोशन श्रेष्ठ (कक्षा ४) को सम्पूर्ण पढाइ खर्च बेहोर्ने भएकी हुन् । 'उच्च शिक्षा सम्मका सबै रकम बेहोछौं,' मंगलबार सोभिताले भनिन्, 'वाषिर्क ५० हजार खर्च हुनेरहेछ ।'

प्लस टु पढ्दै गरेका दुईजना समेतलाई सर्पोट गर्ने मन बनाइरहेकी उनले विद्यार्थीको भर्ना, परीक्षा शुल्क, किताब तथा सम्पूर्ण शैक्षिक सामग्री र वर्षमा दुई जोर कपडा दिने सम्झौता गरेकी छन् । 'रोजगारको प्रयाससमेत गर्नेछौं,' पति निराजनले भने, 'उनीहरूको पढाइ सकेपछि फेरि अरू विद्यार्थी आउनेछन् ।'

ओशोमार्गी सोभिताले गुम्दी-६ मै रहेको ओशो तपोवन आश्रमलाई पनि सहयोग गरेकी छन् । उनले आश्रमको दुइटा कोठा बनाउने खर्च बेहोर्ने भएकी हुन् । कतारमा कन्स्ट्रक्सन कम्पनी चलाइरहेका निराजनसँग बिहे गरेकी सोभिताले 'कसम', 'गंगाजल' लगायत एक दर्जन फिल्म खेलेकी छन् । 'वीरताको चिनो', 'मार्‍यो नि मायाले मार्‍यो' प्रदर्शन भइरहेका छन् । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement