मेलवर्नमा ‘सोइ ढोले सोइ….’
By Masti Entertainment - Friday, May 27, 2011
अष्ट्रेलिया (मेलवर्न), जेष्ठ १३ - नेपाल पर्यटन वर्ष २०११ लाइ सहयोग पुर्याउदै यस वर्ष भिक्टोरियाका किराँतहरुले साकेला चण्डी नाच मनाउने भएका छन् । उर्वान गार्डेन एम्फिथिएटर फेडरेसन स्क्वाएरमा २९ मे आइतबार बिहान १२ देखि ५ बजेसम्म सो कार्यक्रमको आयोजना हुने छ ।
किराँत जातीहरुले बितेका वर्षहरुमा उक्त पर्व मेलवर्नको कोबर्ग पार्कमा आयोजना गर्दै आएका थिए । यसपटक भने जातीय संस्कृति मार्फत नेपाल परिचित गराउने र पर्यटक बढाइ नेपाल पर्यटन वर्ष सफल बनाउने उदेश्य भिक्टोरियामा बसोबास गर्ने किराँतहरुले राखेका छन् । आयोजक मध्येका किशोर राइका अनुसार कार्यक्रममा किराँत भेषभुषाको प्रदर्शन नाचगानका साथमा नेपाल परिचित गराउने बिभिन्न प्रस्तुति पस्किनेछ ।
कार्यक्रममा नेपालको पर्यटकिय स्थानको परिचय संस्कृति र कलाहरुपनि प्रस्तुत गरिने जनाइएको छ । साथै नेपालका परंपरागत घर तथा गाउँले जीवनका हरेक पक्षहरु समेटेर सानो नेपाली राइ गाँउ समेत बनाइने राइले बताए । मेलवर्नको मुटुमा रहेको फेडरेसन स्क्वायरमा अत्याधिक बिदेशीहरुको चाप रहने हुनाले पनि पर्यटक बढाउने यो सुनौलो अवसर हुने छ । जसका लागि चण्डी नाच आयोजक समितिले सबै नेपाली समुदायलाइ यस कार्यक्रममा सहभागि हुन अनुरोध गरेको छ ।
हामी किराँतहरु मात्र नभइ सबै नेपाली समुदायको सहभागितामा यस कार्यक्रम भव्य बनाउन चाहन्छौं किनकि चाड बिषेश हाम्रो हो तर पर्यटक नेपाल पठाउन प्रचार प्रसार गर्ने अवसर सबै नेपालीका लागि हो सास्कृतिक कार्यक्रम संहालिरहेका संजय राइले भने । किराँत जातीहरुको महत्वपूर्ण मानिने चण्डीनाच अष्ट्रेलियामा बसोबास गर्ने किराँतहरुले भव्यरुपमा मनाउने गर्दछन् । यसपटक मेलवर्नमा हुने कार्यक्रमलाइ अझ रौनकता थप्न सिड्नीबाट पनि कलाकारहरु आउने राइले बताए । यसपटक कार्यक्रमहुने स्थलमा नेपाली खाना भने खान पाइने छैन ।
नेपाली समुदायका सबै जातजाती सहभागी हुने उक्त कार्यक्रममा राइजातीहरुले घरमा बनाएको जाँड तथा बिभिन्न नेपाली परिकारहरु खुवाउने गर्दथे । - पेशल लुइटेल