आज

खन्नाको तपोवन यात्रा

By Masti Entertainment - Tuesday, May 3, 2011

सन्तोष रिमाल, काठमाडौं, वैशाख २१- बलिउड अभिनेता विनोद खन्ना सोमबार काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा झुल्किए। करिब आधा घन्टाको अवधिमा खन्नाले ध्यान कक्ष हेरे र 'समाधि स्थल'निर उभिएर एकछिन आँखा चिम्लिए। र, रमणीय वातावरणको तारिफ गर्दै अब आउँदा होटल होइन तपोवनमै बस्ने वाचा गरे।

खन्ना तपोवन आएको पहिलोपटक होइन। ओशोका शिष्य खन्नाले 'गुरुभाइ' आनन्द अरुणलाई आफू १० वर्षअघि आउँदाभन्दा अहिले तपोवनमा निकै सुधार आएको प्रतिक्रिया दिए। '१० वर्षमा निकै परिवर्तन भएछ। अझै राम्रो गर्र्दै जानुस्,' अर्को कार्यक्रममा पुग्न हतारिएका खन्नालाई अरुणले निम्तो दिए, 'केही दिन फुर्सद मिलाएर बस्ने गरी आउनु होला।'
शनिबार रविशंकरको प्रवचन 'आर्ट अफ लिभिङ' भाग लिन आएका खन्नाले पनि तपोवनमै बस्ने योजनाका साथ छिट्टै काठमाडौं आउने आश्वासन दिए।

करिव ३५ वर्षअघि ओशोको शिष्य बनेका खन्ना उनीसँगै अमेरिका गएका थिए। 'त्यत्रो नाम चलेको कलाकार पाँच वर्ष ओशोको बगैंचे भएर बसे। म्युजिक डिपार्टमा रहेर ड्रमरको रूपमा काम गरेँ,' आनन्द अरुणले यसो भन्दा उकालो हिँड्दाको थकाइले चूर भएका खन्नाले मुन्टो हल्लाउँदै सहमति जनाए। ६४ वर्ष कटेका यी अभिनेता गाडीमै थकाइ मेटाउँछु भन्दै ओशोमार्गीबाट बिदा भए।

'अभिनय र अध्यात्ममा कस्तो सम्बन्ध छ?' नागरिकसँगको कुराकानीमा उनले भने, 'यस्तै छ भनेर व्याख्या गर्न समय लाग्छ। यो अनुभव गर्ने कुरा हो। एउटा कुरा निश्चित छ अध्यात्मले केहीमा पनि हानी पुर्‍याउँदैन।'

खन्नासँग लामो समयदेखि परिचित आनन्द अरुणले भने अध्यात्मको लत बसेपछि खन्नाले अभिनयको वाहवाही समेत चटक्क छोडेको प्रसंग उप्काए। 'ओशोसँग नजिकिएपछि ८० को दशकमा उहाँले सम्झौता गरेका सबै फिल्म छोड्नुभयो। त्यसवापत एडभान्स लिएको ५० लाख पनि फर्काउनु भयो।'

९० को दशकमा फिल्म क्षेत्रमा पुनरागमन गरेर पनि उनले सफलता हात पारेको सम्भि्कए उनले। 'यसरी बाँच कि जीवन अभिनय हो। यसरी अभिनय गर कि यो वास्तविक हो,' ओशोको यो भनाइ आत्मसात गरेपछि मनोजकुमारको अभिनयले सफल मोड लिएको चर्चा गर्नसमेत भ्याए आनन्द अरुणले।

भारतीय जनता पार्टीमा रहेर राजनीति समेत गर्दै आएका खन्नाले यो यात्राको बिट मार्ने सोच सुनाए। पछिल्लो पटक 'दबंग' फिल्ममा देखिएका अभिनेताले फिल्मी करियरबारे भने, 'फिल्म खेलेँ भने दर्शकले थाहा पाइहाल्नेछन्। अहिले बताइहाल्ने कुनै काम भएको छैन।' उनी मंगलबार मुम्बई फर्किएका छन्।साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement