आज

चिनो छोड्न असफल

By Masti Entertainment - Sunday, May 15, 2011

काठमाडौ, जेष्ठ २ - चार युवा साथी छन् । उनीहरू मोजमस्ती र घुमफिरमै रमाइरहेका छन् । खास लक्ष्य केही छैन । देशको बिग्रँदो अवस्थाले उनीहरूको बिदेसिने मनस्थितिमा मलजल गरिरहेको छ । संयोगवश उनीहरूको भेट 'जनता पत्रिका'की पत्रकार माण्डवीसँग भएपछि घटनाले नयाँ मोड लिन्छ । 'तिमीहरू असल युवा हौ' भनेर देश भलाइका लागि लाग्न पत्रकारले प्रेरित गरेपछि उनीहरूले आफूलाई चिन्न थाल्छन् । चार युवालाई थप प्रेरित गर्ने काम अर्काे पात्र आकाशले पनि गर्छ । त्यसपछि उनीहरू खराब चरित्रका विरुद्ध संगठितरूपमा लड्छन् र फिल्म 'वीरताको चिनो'ले एउटा निष्कर्ष लिन्छ ।

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको शंकर घिमिरे निर्देशित फिल्म 'वीरताको चिनो'ले संभवतः पस्कन खोजेको कथासार यही हो । पस्कन वा भन्न त सबैले खोज्छन् तर कसरी, कति र कुन विषयमा जोड दिंदा सन्देश प्रापकले प्रभावकारी रूपमा प्राप्त गर्छ, प्रेषकले बुझ्नुपर्छ । निर्देशक घिमिरे त्यसतर्फ अनभिज्ञ भएका छन्, 'वीरताको चिनो'को हकमा । राष्ट्रियताका लागि चिन्तित चार युवाहरू असत्यका विरुद्ध लड्दै गर्दा सहिद बन्न पनि तयार त छन् तर उनीहरूको लडाई स्पष्ट छैन । किड्नी तस्करीको सबुत प्रमाणसहित समाचार छापेपछि पत्रकार माण्डवी खलचरित्र मन्त्रीको नजरमा बिझेकी हुन्छे । मन्त्रीको जालझेलमा मुद्दाको निर्णय पत्रिका र त्यसकी पत्रकारको विपक्षमा सुनाइन्छ । जालसाजी गरी मन्त्रीको मानहानि गरेको अभियोगमा सर्वोच्च अदालतले उनलाई कैद सजाय सुनाएपछि युवाहरू उनकै मुद्दामा केन्दि्रत हुन्छन् ।

प्रहरीले माण्डवीलाई पक्रेर लाँदै गर्दा अर्को पात्र विजय आईपुग्छ उनलाई छुटाउन । प्रहरी कब्जाबाट भगाएपछि भने फिल्म लुकिछिपीमै अघि बढ्ने क्रममा विजयको कथा जोडिन्छ । राष्ट्रभक्त प्राध्यापक विजयले पनि मन्त्रीको अवैध धन्दाबारे थाहा पाएपछि उसलाई कारबाही गर्न लागिपरेको हुन्छ । त्यसो त मन्त्रीले पत्नीको हत्या गरिदिएपछि उसमा बदलाभाव जाग्छ । विजयले लक्ष्य एउटै भएका चार युवालाई संगठित पार्छ र अन्यायका विरुद्धमा जाग्न उत्प्रेरित गर्छ । जंगलमा लुकेर बसेका उनीहरूले राष्ट्रिय प्रसारणको एक टेलिभिजन च्यानलको फ्रिक्वेन्सी ह्याक गरी मन्त्रीका भ्रष्टाचारको पर्दाफास गनेर् गरी समाचार सम्प्रेषण गरिदिन्छन् । तर यसको राष्ट्रिय प्रभाव कस्तो पर्‍यो, फिल्मले खुलाउन सकेको छैन । समग्रमा फिल्मले भन्न खोजेको र देखाउन खोजेको के हो भन्ने कम्तीमा यसको अन्त्यले पनि प्रस्ट्याउँदैन ।

दिनेश न्यौपाने र किशोर ढकालले वर्तमान देशको राजनीतिक, सामाजिक अवस्थालाई चित्रण गर्ने गरी 'वीरताको चिनो'को कथा लेखेको भएपनि त्यसअनुरूप फिल्म अभिव्यक्त हुन नसक्दा फितलो बनेको छ । कतिपय घटनाहरू स्वभाविक बनाउनबाट निर्देशक चुकेका छन् । गीतहरू पनि कथालाई माथि उठाउने खालका बन्न सकेका छैनन् । फिल्ममा सही समयमा पर्न नसके पनि 'वसन्ती हावाले...' गीत गुन्गुनाउने खालको बनेको छ । त्यसबाहेक सुरेश अधिकारीले फिल्ममा स्तरीय संगीत पस्कन सकेका छैनन् । द्वन्द्व र नृत्यका लागि पनि फिल्म 'वीरताको चिनो' सम्झन योग्य छैन । फिल्मको सिनेम्याटोग्राफीमा रत्न ढकालले मेहनत गरिएको देखिँदैन भने सम्पादन पक्ष पनि कमजोर छ । लगभग यही प्रकृतिको हिन्दी फिल्म 'रंग दे वसन्ती' ले जुन हिसाबले दर्शकलाई कथामा डुबाउन सफल बनेको थियो, 'वीरताको चिनो' चुकेको छ ।

फिल्म समीक्षा

वीरताको चिनो

निर्देशकः शंकर घिमिरे

कलाकारः विराज भट्ट, सुमन सिंह, ऋचा घिमिरे, कल्याण घिमिरे, रञ्जना शर्मा, सुशील पोखरेल

साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement