आज

नेपाल गार्डेन सियान एक्स्पोकै आकर्षण

By Masti Entertainment - Wednesday, June 1, 2011

हङकङ , जेष्ठ १९ - मध्य चीनको प्राचीन सहर सियानमा आयोजित अन्तर्राष्ट्रिय बागबानी प्रदर्शनीमा 'नेपाल गार्डेन' एक्स्पोकै आकर्षण बनेको छ । 'शाश्वत शान्ति र मेलमिलाप' विषयमा आयोजित एक्स्पोमा नेपालले पार्टी, स्तुपा, ढुंगेधारासहितको आकर्षक फुलबारी माझमा कलात्मक अष्टमण्डला तयार पारेको हो ।

१ हजार ८७ वर्गफिटमा निर्मित प्राचीन संस्कृति झल्कने बगैंचामा प्रत्येक शनिबार र आइतबार नेपाली साँस्कृतिक प्रस्तुतिसमेत हुने गरेका छन् । महोत्सवलाई चीनले बेइजिङ ओलम्पिक र सांघाई एक्स्पोपछिको भव्य बताएको छ । छ महिनासम्म चल्ने एक्स्पोलाई अ-आफ्ना मुलुकका सभ्यता र छवि प्रदर्शन गर्ने थलोका रूपमा चित्रण गरिएको छ । ३२ राष्ट्र सहभागी एक्स्पो वैशाख १५ बाट सुरु भएको हो ।

'संघाईजस्तै सियान एक्स्पोलाई समेत हामीले स्वदेश चिनाउने अर्को महत्त्वपूर्ण अवसरका रूपमा लिएका छौं,' नमस्ते नेपालका निर्देशक जीवन शाक्यले भने, 'पर्यटन वर्षका अवसरमा छिमेकी मुलुकमा आयोजित एक्स्पोबाट नेपालले ठूलो फाइदा लिन सक्छ ।' करिब २ करोड ५० लाख रुपैयाँको लागतमा सात महिनामा निर्माण गरिएको 'नेपाल गार्डेन' नमस्ते नेपालकै परिकल्पना हो । 'कलात्मक नेपाली शैलीमा निर्मित बगैंचाबारे धेरैले अभिरुचिपूर्वक जिज्ञासा राख्ने गरेका छन्,' निर्देशक शाक्यले भने, 'एक्स्पोमा राखिएका विभिन्न जानकारी चिनियाँहरूमा बुद्धको जन्मथलो बारेको भ्रम हटाउन सहयोगी भएको छ ।'

एक्स्पोमा विभिन्न नेपाली सामग्रीहरूको बिक्रीकक्षसमेत छ । सुरु भएयता एकैदिन तीन लाखसम्मले एक्स्पो अवलोकन गरेको निर्देशक शाक्यले जनाए । 'कम्तीमा २० हजार अवलोकनकर्ताले दैनिक 'नेपाल गार्डेन' भ्रमण गर्छन्,' उनले भने । करिब छ महिनाअघि सांघाई विश्व एक्स्पोको सफल आयोजना भएको चीनकै अर्को सहर सियानमा गत वैशाख १५ बाट अन्तर्राष्ट्रिय बागबानी एक्स्पो सुरु भएको हो । मेलाअवधिभर १ करोड २० लाखले भ्रमण गर्ने आयोजकको अनुमान छ । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement