आज

ब्रायनको टि्वटरबाट

By कृष्णपक्ष - Sunday, February 20, 2011

ब्रायनको क्यामराबाट उतारिएका तस्वीरसहित




काठमाडौं । प्रख्यात अमेरिकी रक गायक ब्रायन एडम्सलाई काठमाडौंले राम्रैसँग छोएको छ, त्यसैले त उनले काठमाडौं आउनासाथ टि्वटरबाट दुई तस्वीर र थुप्रै टि्वट गरेका छन् । शनिवार काठमाडौं ओर्लनासाथ ब्रायनले टि्वट गरेका थिए, भर्खरै सगरमाथा हुँदै नेपालको काठमाडौं पुग्यौं । काठमाडौंमा हामी पहिलो पश्चिमा व्याण्ड हौं, यौ सबै सम्भव संगीतका कारण भएको छ, नभए यो कसरी सम्भव हुन्थ्यो ?

ब्रायनले लगत्तै अस्थालालाई फेरी अर्को टि्वट गरेका छन्, हो मलाई थाहा छ, यो यात्रा निक्कै शाहसिक थियो । त्यसपछि ब्रायनले विमानस्थलमा आफूले खिचेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘नेपालको कन्सर्टमा सहभागी हुन
आउँदा विमानस्थलमा भब्य स्वागत ।’ ब्रायन काठमाडौंमा तिम्रा तस्वीरहरु भन्दै उज्जवल आचार्यले रजनिश भण्डारीबाट खिचिएका तस्वीर देखाउँदै गरेको टि्वटमा ब्रायन फेरी लेख्छन्, धन्यवाद, ती तस्वीरहरु एकपछि अर्को गर्दै राख्नुहोला ।
ब्रायनले काठमाडौं दशरथ रंगशालाबाट आफूले खिचेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, आजको राती स्टेजबाट…काठमाडौं नेपाल, तिम्रीहरु आश्चर्यजनक छौ । ब्रायनको यही तस्वीरमा क्या गजब तस्वीर, काठमाडौं मलाई इष्र्या लाग्यो भनेर टि्वट गरेकी रोशनीकाशलाई जवाफ फर्काउँदै ब्रायन फेरी टि्वट गर्छन्, ‘हामी का का का का काठमाण्डुका साथ सुरु भयौं, धन्यवाद बब, हामीले तिमीलाई गर्व गरेका छौं ।’

ब्रायनले बब सेगरले काठमाडौंलाई सर्मपित गरेर धेरै पहिले गाएको यही गीत, आइ थिंक आइएम गोइङ टु क्याटमाण्डुबाट आफ्नो दशरथ रंगशालाको स्टेज तताएका थिए । ब्रायनका टि्वटमा नेपाली र विदेशी दर्जनौं फ्यानले रिटि्वट गरेर जवाफ फर्काएका छन् ।
http://twitter.com/#!/bryanadams(ब्रायनको टि्वटरसम्म पुग्नका लागि)
source:-onlinekhabar

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement