आज

'बोक्सी' हेर्न सीडीओ र एसपी

By कृष्णपक्ष - Monday, February 21, 2011

सशस्त्र प्रहरी उपरीक्षक -एसपी) मदनसिंह विष्ट शनिबार अचानक सदरमुकामस्थित सिद्धेश्वर चलचित्र मन्दिरमा देखा परे । अंगरक्षकसहित विष्टलाई कुनै अपराध घटनाले होइन, फिल्मले त्यता तानेको थियो ।
'२२ वर्षपछि सिनेमा हेर्ने मौका पाइयो,' नाट्य सम्राट बालकृष्ण समको एकांकीमा आधारित 'बोक्सी' फिल्म हेरेपछि उनले भने, 'ठेट गाउँले पाराको रहनसहन देख्न पाएँ । साँच्चै राम्रै रहेछ ।'

सायद त्यसैले प्रमुख जिल्ला अधिकारी -सीडिओ) वेदबहादुर कार्की पनि १५ वर्षपछि सिनेमा हलसम्म पुगेका थिए । 'नेपाली फिल्ममा संधै एउटै कथा बस्तु दोहोरीने गर्छन्,' 'बोक्सी' हेरेपछि उनले भने, 'तर यो फिल्ममा नयांँ खालको गाउँलेपन रहेछ, नेपालमा यस्ता फिल्म पनि बन्नुपर्छ ।'

बालमनोविज्ञानको सेरोफेरोमा रहेको उक्त फिल्मको च्यारिटी सोमा सिद्धेश्वरमा उल्लेख्य भीड जुटेको थियो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्म २०६५ मा बनेको हो । 'यो फिल्म विशेष गरी अभिभावक र बालबालिकामा लक्षित छ,' उनले भने, 'बाल मनोविज्ञानको प्रश्न र उत्तर 'बोक्सी' ले दिएको छ ।' बालबालिकाको मस्तिकमा असर पर्ने कुरा उनीहरूसामु गर्न/भन्न नहुने सन्देश उक्त फिल्मले दिएको छ ।

'बालबालिका काँचो माटो बराबर हुन्,' उक्त फिल्मका निर्माता शक्तिबल्लभ घोरासैनीले भने, 'त्यही भएर उनीहरुको मस्तिष्कमा असर पर्ने कुरा सुनाउँदा मानसिक रोगी बन्छन् भन्ने सन्देश यो फिल्मको खुराक हो ।' उनका अनुसार करिब डेढ घन्टा लामो यो फिल्मको च्यारिटी सो अमेरिका र अस्ट्रेलियामा गरिसकिएको छ । विभिन्न पाँच अवार्ड पाइसकेको 'बोक्सी' मा शुभेच्छा थापा, शंकर लामिछाने, राज आचार्य, शक्तिबल्लभ, सरु बराल, रामकृष्ण बजगाईंले अभिनय गरेका छन् ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement