आज

हरिवंशले 'उसलाई यसपालि बिहे गर्ने'

By कृष्णपक्ष - Friday, February 25, 2011



काठमाडौं, फागुन १३ – कलाकार हरिवंश आचार्यको रसिलो अभिनय हेर्दै आएका दर्शकले उनको रमाइलो गीत सुन्न पाउने भएका छन्। अभिनयका उनका जोडी मदनकृष्ण श्रेष्ठले गीतमा उनलाई साथ दिएका छन्।

'कोही भन्छन् गोरी राम्री
कोही भन्छन् काली

म त बिहे गर्छु उसलाई यसपालि'


बुधबार राजधानीको थापागाउँस्थित प्रज्ञा साउन्डस्मा मह जोडीले रमाइलो मान्दै यो गीत गाए। 'बिहे–बटुलमा गाउने जस्तो गीत रहेछ। गाउँदाखेरि नाचुँ–नाचुँ जस्तो लागेको छ,' हरिवंशले भने। फिल्म 'तँ त साह्रै बिग्रिस नि बद्री'मा गाउन उक्साउने संगीतकार शम्भुजित बासकोटासँगको सहकार्य यसमा निकै प्रभावकारी रहेको उनले बताए।

मदनकृष्णले करिब २५ वर्षपछि शम्भुजितसँग काम गरेको उल्लेख गरे। फिल्म 'के घर के डेरा'मा शम्भुजितको संगीतमा उनले 'हे भगवान मेरो खल्तीको घाउ' बोलको गीत गाएका थिए। 'मलाई एल्बम निकाल्न र गीत गाउन उक्साउने एकजना शम्भुजित पनि हुन्,' पछिल्लोपटक यादव खरेलको एल्बम 'टुहुरो ईश्वर'मा स्वर दिएका मदनकृष्णले भने, 'यादव दाइ पनि मैले गाउने काम जारी राखोस् भन्ने व्यक्ति हुन्।'

उत्तम सञ्जेलको गीत र शम्भुजितको संगीतमा तयार हुन लागेको एल्बममा आनी छोइङ डोल्मा, रामकृष्ण ढकाल, अञ्जु पन्तलगायतले स्वर दिएका छन्। एल्बमका तीन गीत मदनकृष्णले गाउने र केही गायक/गायिकाको छनोट हुन बाँकी रहेको शम्भुजितले जानकारी दिए।

'सुगम संगीतलाई प्रवर्द्धन गर्ने खालका गीत राख्ने कोसिस भइरहेको छ। शब्दमा विविधता देखेकाले त्यसलाई सुहाउने संगीत सिर्जना गरेको छु,' शम्भुजितले भने। श्रोताको रुचिलाई ध्यान दिएर गीत तयार पारेको उनले दाबी गरे।

गीत रचना र लगानी समेत गरेका सञ्जेलले एल्बम बिक्रीबाट उठेको पैसा अनाथ आश्रम सञ्चालक दिलशोभा श्रेष्ठ र समाजसेवी चमेली वाइबालाई दिइने बताए। 'एल्बम बेचेर भन्दा निकाल्ने पैसा नै दिए हुँदैन?' संगीत बजारको बिग्रदो अवस्थाबारे सजग गराउँदै नागरिकले गरेको प्रश्नमा सञ्जेलले भने, 'राम्रो गीतको बजार राम्रै होला। सीआरबीटी र गैर आवासीय नेपालीका कारण राम्रै कमाइ होला भन्ने आश गरेको छु।'

source:-ekantipur

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement