आज

कम्बोडियामा नेपालीलाई आतंकवादी आरोपमा जेल

By कृष्णपक्ष - Saturday, March 5, 2011



न्होमपेन्ह , फाल्गुन ५ - कम्बोडियाको न्होमपेन्हस्थित अदालतले दुई बंगलादेशीसँगै एक नेपालीलाई आतंकवादी आरोपमा दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय सुनाएको छ ।

४४ वर्षीय डीपी पौडेलले यस्तो सजाय पाएका हुन् । बंगलादेशी नागरिकहरू ४२ वर्षीय रफिकुल एस्लामी तथा ६२ वर्षीय मिया मुहम्मद हुमायु कविरले पनि उक्त सजाय पाएका छन् । अमेरिकी, अस्ट्रेलियाली र बेलायती दूतावासमा आक्रमण गर्न धम्की दिने पत्रमा हस्ताक्षर गरेको आरोपमा गत वर्ष अप्रिलमा तीनैजना पक्राउ परेका थिए । उनीहरू अल कायदाका सदस्य भएको आरोप लगाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरे प्रमाण निर्दोष भएको प्रमाण पुर्‍याउन सकेका थिएनन् ।

न्यायाधीश सिन विसालले भने उनीहरूले पठाएको पत्रले 'राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षामा खतरा' र आतंकवादविरुद्ध षड्यन्त्र पुष्टि भएको बताए । अभियोग अस्वीकार गरेका छन् । उक्त सजायको पुष्टि गरेका छन् । पौडेल कम्बोडियामा अनधिकृत रूपमा बसेकाले कैदपछि सुपुर्दगी गरिनेछ । फैसलाविरुद्ध कविरले पुनरावेदन गर्ने समाचार संस्था सिन्ह्वाले बताएको छ ।

बंगलादेशी अधिकारीले पनि यो अभियोगको विरोध जनाएका छन् । बैंककस्थित बंगलादेशी दूतावासका अधिकारी साहेदुल हेकले फैसलाप्रति चासो देखाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले ३० दिनभित्रमा पुनरावेदन गनुपर्नेछ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement