आज

एक सैनिक, एक डलर

By Masti Entertainment - Wednesday, March 30, 2011

होम कार्की -

काठमाडौ, चैत्र १७ - शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सेनाले घरेलु कामका लागि त्यहाँ गई अलपत्र परेका नेपाली महिलाको उद्धारमा सघाइरहेको छ ।

मिसनमा त्यहाँ जाने सबै नेपाली सैनिकले गैरआवासीय नेपाली संघ लेबनानले स्थापना गरेको 'घरेलु महिला उद्धार कोष' मा सहयोग गर्दै आएका छन् । 'मिसनमा आएका हाम्रा सबै सैनिक दाजुभाइबाट सहयोग हुन्छ,' एनआरएन लेबनानका संस्थापक अध्यक्षसमेत रहेका नेपाली अवैतनिक दूतावासमा कार्यरत स्वयंसेवी दीपेन्द्र उप्रेतीले भने, 'कोषमा प्रत्येक सेनाले एक डलर दिँदै आएका छन् ।' उप्रेतीका अनुसार कोषमा झन्डै चार हजार आठ सय डलर जम्मा भएको छ ।

 'सुरुमा गएको मिसनले बसालेको परम्परालाई पछि जाने टोलीले निरन्तरता दिँदै आइरहेको हो,' सैनिक प्रवक्ता रमिन्द्र छेत्रीले कान्तिपुरलाई भने । घरेलु काममा जाने महिलाका निम्ति लेबनान आकर्षक गन्तव्य हो । लेबलानमा करिब १४ हजार नेपाली महिला कार्यरत छन् । 'आपतविपत परेका को उद्धार गर्न अरू बलियो कोष छैन । अरू क्षेत्रबाट जुटाउने अवस्था पनि छैन,' एनआरएन लेबनानका अध्यक्ष डिल्लीराम पौडेलले भने, 'कोषलाई बलियो बनाउन सेनाको ठूलो सहयोग पाएका छौं ।' तलब नपाएर घर जान नपाएका महिलालाई घरफिर्तीको टिकट, उपचार, खानपान र बाटोखर्च कोषबाट दिने गरिएको जानकारी उनले दिए । साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement