आज

पूर्वराजा वीरेन्द्रको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा

By Masti Entertainment - Thursday, March 31, 2011

रासस -

काठमाडौं, चैत्र १७ - नेपाल ट्रस्टको कार्यालयले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा खाता खोलेर राखेको छ ।

पूर्वराजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टको कार्यालयले प्रधानमन्त्री झलनाथ खनालसमक्ष बुधबार पेश गरेको वार्षिक प्रतिवेदनमा वीरेन्द्र शाहको नाममा रहेको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा खाता खोलेर राखेको उल्लेख छ । प्रधानमन्त्री खनाल सो ट्रस्टको संरक्षक हुन् ।

हालसम्म वीरेन्द्रको नाममा रहेको नबिल बैंक, होटल डेला अन्नपूर्ण र औद्योगिक विकास निगमबाट एकलाख ४२ हजार ५०३ कित्ता सेयर ट्रस्टको स्वामित्वमा आएको, लिज/भाडामा दिइएका विभिन्न सम्पत्तिबाट रु नौ करोड २७ लाख रकम प्राप्त भएको ट्रस्टले जनाएको छ ।

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री खनालले ट्रस्टलाई योजना तथा कार्यक्रमका साथ अघि बढाउने, स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएका तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि बढी ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले ट्रस्टको सम्पत्तिबाट दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने बताए । प्रतिवेदन प्रस्तुत गर्दै ट्रस्टका उपाध्यक्ष एवम् मुख्यसचिव माधवप्रसाद घिमिरेले प्राप्त भएको सम्पत्तिको संरक्षण तथा सदुपयोगका लागि ध्यान दिनुपर्ने बताए ।

नेपाल ट्रस्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा पाँच हजार ६४ रोपनी क्षेत्रफलको घरजग्गा प्राप्त भएको तथा चालु आर्थिक वर्षमा पोखराको रत्नमन्दिर र भरतपुरको दियालो बङ्गलाजस्ता महत्वपूर्ण भवन तथा जग्गासमेत नेपाल ट्रस्टमा आएको ट्रस्टका कार्यकारी सचिव शङ्करप्रसाद कोइरालाले जानकारी गराए । साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement