आज

एक लाख राशिको पुरस्कार विरहीलाई

By Masti Entertainment - Thursday, March 31, 2011

काठमाडौं, चैत्र १७ - बरिष्ठ पत्रकार हरिहर विरही गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रिपोर्टर्स क्लव नेपालले स्थापना गरेको पुरस्कार क्लवको १३ औं वार्षिकोत्सवका पत्रकार विरहीलाई अवसरमा बिहीबार राजधानीमा प्रदान गरिएको छ । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको उक्त पुरस्कार प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाले संयुक्तरुपमा प्रदान गरे । पुरस्कारको राशि १ लाख १ हजार १ सय १ रुपैयाँ र ताम्रपत्र छ ।

विरही नेपाल पत्रकार महासंघको अध्यक्ष र प्रेस काउन्सिको अध्यक्ष भइसकेका छन् । राष्ट्रियता, लोकतन्त्र र मानवअधिकार तथा व्यवसायिक पत्रकारिताको विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कार प्रदान गरिएको क्लवले जनाएको छ ।

यसैगरी क्लवले नै स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार जनादेश साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धिताललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार एक रुपियाँ र ताम्रपत्र छ ।

यस्तै, बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिककी श्रुति श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार एक रुपियाँ र ताम्रपत्र छ । श्रेष्ठले पुरस्कार बापत पाएको रकम बृद्धाहरुको सेवा गर्दै आएकी दिलशोभा श्रेष्ठलाई प्रदान गरिन् ।

यस्तै वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट जनकपुरमा कार्यरत पत्रकार वृजकुमार यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १५ हजार एक रुपियाँ र ताम्रपत्र छ । साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement