आज

काठमाडौंमा प्रबल

By Masti Entertainment - Thursday, March 31, 2011

स्मिता मगर -
काठमाडौ, चैत्र १८ - अमेरिकाबाट परिवारसँग बिदा मनाउन नेपाल आएका चर्चित फेसन डिजाइनर प्रबल गुरुङ यसपटक काममै व्यस्त भए । 'परिवारसँग कुराकानीको फुर्सदै छैन,' अमेरिकी फस्ट लेडी मिसेल ओबामादेखि नायिका डेमी मुरसम्मका ड्रेस डिजाइन गरेका प्रबलले बिहीबार भने ।

तीन साताअघि आएका प्रबल एकपछि अर्को काममा व्यस्त छन् । यही क्रममा चेलीबेटी बेचविखनविरुद्ध चेतना फैलाउन उनी माइती नेपालको सद्भावना राजदूत बने । 'विश्वबाट जुन एटेन्सन (ध्यान) पाइरहेको छु,' उनले भने, 'त्यसलाई आफैंमा मात्र राख्दा स्वार्थीर्झैं लाग्यो र चेतना फैलाउने अभियानलाई साथ दिएँ ।'

कुराकानी क्रममा उनले आफ्नो जीवनमा महिलाहरू (आमा, दिदी, शिक्षिकालगायत) को ठूलो देन भएको बताउँदै 'उनीहरूलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाए संसार एकदमै राम्रो हुने' विश्वास गरे । यही कारणले पनि चेलीबेटी बेचविखन समस्यासँग जुध्न उत्साहित भएको उनले खुलाए ।

'सीएनएन हिरो अफ द इयर' अवार्ड लिन माइती नेपालकी संस्थापक अनुराधा कोइराला अमेरिका पुग्दा प्रबलसँग भेट भएको थियो । बिहीबार ३७ औं जन्मदिन मनाएका प्रबल नेपाल भ्रमण क्रममा शिक्षा वञ्चित बालिकाहरूलाई सहयोग जुटाउन पनि उत्तिकै सक्रिय छन् । क्यासमेर स्वेटरहरूको बिक्रीबाट आएको रकम उनी बालिकालाई सहयोग गर्दै छन् ।

बिदामा आए पनि 'काम राम्रै भइराखेको' ले प्रबल प्रशन्न नै छन् । त्यसमाथि केही अघि मात्रै फेसन दुनियाँको ओस्कार मानिने 'द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिका'

(सीएफडीए) फेसन अवार्डस्मा दोस्रोपटक मनोनीत भएका छन् । सीएफडीएको 'स्वारोभ्स्की अवार्ड फर वुमेन्सवेर' मा लगातार मनोनीत भएका उनको हातमा साँच्चिकै अवार्ड पर्ला ? 'जित्ने र नजित्नेमा ध्यानै छैन,' हाँस्दै भने, 'सुरुवाती दिनमै छु । धेरै गर्न बाँकी छ ।' उनी यो अवार्डका लागि १७ मार्चमा मनोनीत हँुदा नेपालमै थिए ।

मिसेल ओबामासँगै नायिका डेमी मुर, जो साल्डाना, ओप्रा विन्प|mे, सोनम कपुरजस्ता विश्वका सुन्दर तथा शक्तिशाली महिलालाई आफ्नो डिजाइनमा सजाइसकेका प्रबलले यसपटक काठमाडौंका सम्पदा स्थल र ठमेलतिरको घुमघाममा नेपाली फेसन ट्रेन्ड पनि अवलोकन गरे । 'धेरै प्रेरणादायी लाग्यो,' नेपाली युवाको 'स्टि्रट फेसन' हेरेर रोमाञ्चित उनले भने, 'यहाँका युवा आफ्नै 'युनिक फेसन स्टेटमेन्ट' दिन्छन् ।'

केही दिनपछि नै न्युयोर्क र्फकने प्रबललाई 'स्टि्रट फेसन' ले मात्र प्रेरित गरेन । ठमेलका रंगीन बजार, संस्कृति, परम्परादेखि ठाउँठाउँमा झुन्डाइएका लुङ्दरबाट पनि । 'संधै स्वदेश आउँदा झन् धेरै मिहिनेतका साथ काम गर्ने जोस पाउँछु,' प्रबलले भने । उनको यो जोस र हौसला दिने रंगहरू उनले विश्वभरका आफ्ना पmयानलाई टि्वटरबाट बाँडिरहेका छन्, जसलाई उनी 'प्रेयर अफ लाइफ' अर्थात् बुद्ध धर्मालम्बीहरूले फहराउने 'लुङ्दर'को रूपमा लिन्छन् ।साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement