आज

पुनमको नांगिने प्रण

By Masti Entertainment - Thursday, March 31, 2011

मुम्बई (एजेन्सी), चैत्र १८ - गत वर्ष विश्वकप फुटबल चलिरहेको समय प्याराग्वेकी मोडल लरिसा रिकेल्मीले आफ्नो देशले ट्रफी जितेपछि नांगै दौडिने प्रण गरेकी थिइन् । त्यसपछि 'मोर्डन फ्यामिली' नायिका सोफिया भर्गाराले आफ्नो ड्रामाले एमी जितेमा नांगै सहरका गल्ली घुम्ने कसम खाइन् । तर दुवैको सर्त पूरा नभएपछि उनीहरूको नांगिने चाहना पूरा हुन सकेन ।

पछिल्लोपटक नांगिने प्रण गर्नेमा भारतकी बिकिनी मोडल पुनम पाण्डे परेकी छन् । उनको पनि सर्त छ- भारतले चलिरहेको क्रिकेट विश्वकपमा ट्रफी उचाल्नुपर्नेछ । यदि भारतले वल्र्डकप जित्यो भने १९ वर्षीया यी मोडलले नग्न रूपमा खेल मैदानमा खुसी मनाउन दौडिने बताएकी छन् ।

भारतमा इन्टरनेटबाट सबैभन्दा बढी अपलोड गरिएकी मोडल पुनम क्रिकेट क्रेजी सेलिबि्रटी हुन् । उनले नांगिने निर्णय भारतीय क्रिकेट टिमको हौसला बढाउनका लागि समेत बताइन् । फेसबुकमा पनि उनले फ्यानपेज खोलेर भारतीय टिमको लागि हौसला बढाइरहेकी छन् ।

क्रिकेट विश्वकपले लिएको रौनकतामा यी मोडल मात्र नभई बलिउड पनि तातिएको छ । बुधबार मोहालीमा भारत र पाकिस्तानबीच भएको सेमी-फाइनल हेर्न थुप्रै सेलिबि्रटी कामलाई रोकेर खेल हेरेका थिए । 'चक दे इन्डिया' स्टार शाहरूख खानले आफ्नै घरमा साथीभाईसँग भेटघाट कार्यक्रम राखेर खेलको मजा लिए ।

आमिर खानले मोहाली स्टुडियममै पत्नी किरन रावसँग क्रिकेटको मजा लिए । नायिका प्रीति जिन्टा पनि साथीहरूसँग स्टुडियम पुगेकी थिइन् । सुनील सेट्टी, राहुल बोस, मिका सिङ, अक्षय कुमार, बबी देवल 'थ्यांक यू' टिमसँग पुगेको बताइयो ।साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement