हात्तीपाइले औषधिले धमाधम बिरामी
By Masti Entertainment - Thursday, March 31, 2011
जनक नेपाल -
नेपालगन्ज, चैत्र १८ - हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत वितरित औषधिको असरले सर्वसाधारणहरू धमाधम बिरामी पर्न थालेका छन् । औषधिकै प्रतिअसरका कारण बिहीबार अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ भने ५ सय जनाभन्दा बढी बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा यसअघि नै एक जनाको मृत्यु भइसकेको छ । दुई जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले बिहीबार चिकित्सकसहितको टोली पठाएको छ ।
राजधानीबाट आएको डा. सुमल थापा र डा. प्रकाश घिमिरेसहितको अनुसन्धान टोलीले औषधिको प्रतिअसर बढी हुनुको कारण पत्ता लगाउने जनस्वास्थ्य प्रमुख धिरजंग शाहले बताए ।
'प्रतिअसरबाट दुई जनाको मृत्यु र ५ सयभन्दा बढी बिरामी भएको खबर छ,' शाहले भने, टोलीले औषधिकै कारण हो/होइन भन्ने अनुसन्धान गर्नेछ ।' जनस्वास्थ्यले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा प्रतिअसरका बिरामीको निःशुल्क उपचार व्यवस्था मिलाएको छ ।
हात्तीपाइले रोगविरुद्ध चैत १२ र १३ गते डाइथायल कार्बामाजिल र अबलेन्डाजोल औषधि वितरण गरिएको थियो । औषधि खाएलगत्तै बिरामी परेका नेपालगन्जका ५ वषर्ीय सल्मान शेष र हवल्दारपुरका ८० वर्षीय तिल्कु चौधरीको मृत्यु भएको हो । बेलभारका ११ वर्षीय बालक र ६५ वर्षीय वृद्धको समेत मृत्युको खबर आए पनि पुष्टि नभएको जनस्वास्थ्यले जनाएको छ ।
वितरित औषधि जुका र हाइड्रोसीलका बिरामीलाई वर्षौदेखि खुवाइँदै आएको चिकित्सक संघका भेरी अध्यक्ष डा. सुरेशकुमार कनौडियाले बताए । 'मात्रा फरक भए पनि वषौर्ंदेखि प्रयोगमा रहेका औषधि हुन् । कहिल्यै यस्तो असर देखिएको थिएन,' डा. कनौडियाले भने । औषधिको मात्रा र गुणस्तर पुनः परीक्षण गर्नुपर्ने उनले बताए ।
अदक्ष स्वयंसेवक खटाएर जथाभावी औषधि वितरण गरिएकाले पनि प्रतिअसर बढी भएको आशंका छ । औषधि खुवाउन एक हजार सात सय स्वयंसेवक खटाइएका थिए । महिला स्वयंसेविका अपुग भएपछि सामान्य तालिम दिएर उनीहरूलाई खटाइएको हो । महिला स्वयंसेविकाले काम गरेका ठाउँमा कममात्र प्रतिअसर पाइएको छ । 'धेरै ठाउँमा नयाँ स्वयंसेवीको कमजोरी पाएका छौं,' शाहले भने ।
उक्त औषधि खाएका अधिकांशमा पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र बिरामी सिकिस्त हुने लक्षण देखिएको छ । सबैभन्दा बढी बिरामी नेपालगन्ज नगरभित्रका छन् । जयसपुर, वनकटवा, नौबस्ता, बिनौना र फत्तेपुरमा पनि धेरै बिरामी परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी हुनेमा अधिकांश बालबालिका र वृद्ध छन् ।
पुनरावेदन बार, हिमराइट र इन्सेकले अनुगमनपछि सरकारको गम्भीर हेलचेक्र्याइँले धेरै प्रतिअसर देखिएको बताएका छन् ।साभार : इ कान्तिपुर