उत्साहित लिली
By Masti Entertainment - Monday, April 4, 2011
लस एन्जल्स , चैत्र २२ - ब्रिटिस-अमेरिकन अभिनेत्री लिली कोलिन्स दन्त्यकथाकी राजकुमारी 'स्नो ह्वाइट' को भूमिका पाएपछि निकै उत्साहित छिन् । थ्रिडीमा छायांकन गरिने यो फिल्म सन् १९३७ को कार्टुन शो 'स्नो ह्वाइट एन्ड द सेभेन ड्वार्फस्' मा आधारित हुनेछ ।
'सानी छँदा स्नो ह्वाइट सबैभन्दा मन पर्ने परिकथाकी राजकुमारीमा पर्थिन्,' २२ वर्षीया लिलीले उत्साहित स्वरमा भनिन्, 'त्यसैले यो प्रोजेक्टको अफर पाउनासाथ म खुसीले उफ्रेकी थिएँ ।' स्नो ह्वाइट 'आइकनिक' पात्र रहेकाले अफर आउनासाथ यो फिल्मका लागि मन्जुरी दिएको उनले बताइन् ।
भारतीय मूलका निर्देशक टर्सेम सिंहले बनाउन लागेको फिल्म 'द ब्रदर्स गि्रमः स्नो ह्वाइट' मा लिलीले प्रमुख भूमिका खेल्ने यही साता घोषणा भएको हो । सिंहले फ्रिडा पिन्टोसँगको ऐतिहासिक फ्यान्टासी फिल्म 'इमोर्टल्स' को छायांकन सिध्दिएपछि उक्त फिल्म सुरु गर्नेछिन् ।
'द ब्लाइन्ड साइड' स्टार लिलीले आफू हलिउड जीवनशैलीका कारण ट्याबलोइडको हेडलाइनमा हुनुभन्दा यादगार फिल्महरू खेल्नमा आकषिर्त रहेको पनि बताइन् । 'व्यक्तिगत जीवन गोप्य नै राख्नेछु,' उनले भनिन्, 'यो क्षेत्रमा म कला र रुचिका कारण भित्रेकी हुँ ।' त्यसैले पनि होला, उनले 'ट्वाइलाइट' स्टार टेलर लौटनरसँगको रोमान्सबारे जति हल्ला चले पनि केही प्रतिक्रिया दिएकी छैनन् । नायकसँग 'किडन्याप्ड' फिल्मको छायांकनका बेला भेट भएदेखि प्रेम सम्बन्धमा रहेको अड्कलबाजी महिनौंयता चलिरहेको छ ।
लिलीलाई 'स्नो ह्वाइट' का रूपमा पहिलोपटक हेर्नासाथ लिएको निर्देशक सिंहले बताए । 'उनका आँखीभौं हेर्नेबित्तिकै उनलाई मैले रोजिसकेको थिएँ,' अडिसनका लागि स्टेजमा उत्रेकी नायिकालाई रोज्नुको कारण खोल्दै उनले भने, 'उनी त्यो भूमिका पाउन कोसिस पनि गरिरहेकी थिइन् । मैले भनिदिएँ- कोसिस गर्नैपर्दैन, तिमीले भूमिका पायौ ।'
उक्त फिल्मका लागि 'द सोसियल नेटवर्क' का अर्मी ह्यामरलाई पि्रन्स अल्कट र जुलिया रोबर्टस्लाई इभिल क्विनको भूमिकामा अनुबन्ध गरिसकिएको छ ।साभार : इ कान्तिपुर