आज

सेरिललाई चिन्दिनन् जेनिफर

By Masti Entertainment - Monday, April 4, 2011

एजेन्सी -
लस एन्जल्स, चैत्र २२ - 'फाइट फर दिस लभ' गायिका सेरिल कोलबारे नसुन्ने कमै होलान् । ब्रिटिस रियालिटी टीभी शो 'एक्स फ्याक्टर' का निर्णायकमध्ये एक यी स्टाइल आइकनलाई पूर्वपति फुटबलर एस्ले कोलसँगको सम्बन्धले पनि विश्वभर चर्चामा ल्यायो । गायन, फेसन र सुन्दरताका लागि चर्चित उनलाई ल्याटिन-अमेरिकी गायिका जेनिफर लोपेजले भने 'चिन्दी रहिनछिन्' ।

अमेरिकामा सुरु हुन लागेको म्युजिकल ट्यालेन्ट हन्ट शो 'एक्स फ्याक्टर यूएसए' मा पनि निर्णायक रहने २७ वर्षीया सेरिल र उनको म्युजिकबारे आफूलाई केही थाहा नभएको जेनिफरले बताएकी छन् । हलिउड र अमेरिकी दर्शकसँग सम्बन्ध गाँस्न डान्स पार्टनर तथा अनमानित ब्वाइफ्रेन्ड डेरेक ह्युको सहयोग लिएर लस एन्जल्स जीवनशैलीमा भिज्न प्रयासरत सेरिलको 'इफ यू ह्याड माई लभ' स्टार जेनिफरसँग भेटघाट भएको छैन ।

'केही दिनअघि कसैले मलाई सेरिलबारे बताएको थियो,' ४१ वर्षीया जेनिफरले भनिन्, 'उनी गायिका हुन्, हैन ?' आफूलाई सेरिलबारे त्यति थाहा नभएको दाबी गर्दै उनले थपिन्, 'मैले उनको म्युजिक सुनेकी छैन । उनी र उनको म्युजिकबारे जान्न चाहन्छु ।' बि्रटिस ब्यान्ड 'गल्र्स अलाउड' की गायिकाबारे नसुन्नु उनको घमण्ड भने होइन । केही समययता जेनिफरलाई 'सास फेर्ने फुर्सत छैन' ।

'एक्स फ्याक्टर' को प्रतिस्पर्धी कार्यक्रम 'अमेरिकन आइडल' मा निर्णायक रहेकी जेनिफरले भर्खर मात्र 'अन द फ्लोर' सिंगल रिलिज गरेकी छन् । यसको प्रचारप्रसार र आफ्नो परफ्युमको कार्यमा व्यस्त दुई सन्तानकी आमा उनले सार्वजनिक समारोहहरूमा समय बिताउन पाइरहेकी छैनन् । यही व्यस्तताले मन मिल्ने साथी भिक्टोरिया बेखमलाई छोरीकी आमा बन्न लागेकामा बधाईसमेत दिन नपाएको जेनिफरले बताइन् ।

'भिक्टोरियालाई नभेटेको एक जुग भयो,' जेनिफरले भनिन् । जे होस्, बि्रटिस सेलिब्रिटी जोडी भिक्टोरिया र डेभिडकी निकट मित्र रहेकी जेनिफरलाई सेरिललाई राम्ररी चिन्ने मौका भने अवश्यै मिल्नेछ । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement