सत्य साइबाबाको ८६ वर्षको उमेरमा निधन
By Masti Entertainment - Sunday, April 24, 2011
काठमाडौ, बैशाख ११ । भारतीय धमृ गुरु सत्य साइबाबाको आज विहान निधन भएको छ ।साइबाबाको ८६ वर्षको उमेरमा पुट्टापर्थीमा निधन भएको हो ।उनलाई लामो समयदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार विहान ७ बजेर ४० मिनेटमा अस्पतालमै निधन भएको हो ।उनको पार्थिव शरीरलाई कुलवन्त हलमा राखिँदैछ। आइतबार साँझ ६ बजेदेखि दुई दिनसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई राखिने बताइएको छ।
साइबाबाले आँफू ९६ वर्षसम्म बाँच्ने घोषणा गरेका थिए । साई बाबाको स्वास्थ्य स्थितिबारे पूर्ण विवरण र उनको फोटो, भिडियो उनलाई अस्पतालमा भर्ना गरिएदेखि नै खिच्न दिइएको थिएन। चिकित्सकहरुले आइसीयुका बिरामीको त्यस्तो भिडियो र फोटो देखाउनु मानवअधिकारविपरीत हुने बताएका थिए।
स्वास्थ्य स्थिति अन्यौलमा राखेको भन्दै उनकै भक्तले उजुरी दर्ता गरेपछि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन दिएको थियो।
साई बाबाको स्वास्थ्य बारे सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीच विवाद भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो । तर उपचारमा संलग्न श्री सत्य साई बाबा इन्स्टिच्युट अफ हाइअर मेडिकल साइन्सेजका निर्देशक ए एन सफायाले भने त्यस्तो वक्तव्य निकाल्नुअघि ट्रस्टले आफूसित सल्लाह नगरेको बताएका थिए।
साई बाबाको जन्म सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा सत्यनारायण राजुका रुपमा भएको थियो। १४ वर्षको उमेरमा उनले आफूलाई शिरडी साई बाबाको अवतार भएको घोषणा गरेका थिए। त्यतिबेलादेखि उनका विश्वभर लाखौँ भक्तहरु छन्।